रिठाखोला लघु जलविद्युत सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा ः जेष्ठ नागारिक देखी विद्यार्थीलाई सम्मान

विनोद विश्वकर्मा ,बुर्तिवाङ ,

रिठाखोला लघु जलविद्युत सहकारी संस्था ढोरपाटन नगरपालिका ३ रिठाखोला बागलुङको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेको अध्यक्षतामा अयोजित कार्यक्रमको अवसरमा संस्थाका शेयर सदस्य तथा जेष्ठ सदस्य लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष गौरिश्वर पाण्डे द्धारा २०७८ ÷७९ को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा २०६७ साल माघ ७ गतेका दिन रिठाखोला लघु जलविद्युत आयोजनाले वत्ति वालेर योजना सम्पन्न गरेको र यस अवधिमा संस्थाले बिभिन्न खालका चुनौतिको सामाना गदै अहिले १३ वर्षको अवधिमा सहकारीको रुपमा रुपान्तरण गर्नमा आवद्ध सञ्चलक समिति,शेयर सदस्य,कर्मचारी,तथा निमार्ण कम्पिनि बीचको सुमधुर सम्बन्धले सम्भव भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जलविद्युत आयोजना २०७६ साल बाट नेपाल सरकारको सहकारी ऐन अनुसार दर्ता भई वचत तथा ऋणको कारोवार गदै आएको छ ।

त्यस्तै संस्थाका सचिव गंग बहादुर घर्ती द्धारा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो । सचिव घर्तिले संस्थाले गदै आएका कार्यहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । सथै सचिव घर्तिले आर्थिक वर्ष २०७९÷८०को लागि संचालक समिति,लेखा समिति,सल्लाहकार समिति, ऋण असुली समिति बाट सर्वसम्वतका साथ परित गरिएको सहकारी संचालन निति सभामा पेष गर्नु भएको थियो र सभाले पेस गरेको निति पारित गरेको थियो । लेखा संम्योजक गंगा बहादुर कार्कीले लेखा समितिको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खिमलाल भुषालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्था सहकारीबाट सञ्चालित भएको पहिलो वर्ष २ सय ४१ शेयर सदस्य र यस वर्ष सम्म आई पुग्दा २ सय ८३ सदस्य रहेका छन् । सहकारी मार्फत सञ्चालित विद्युतले ढोरपाटन नगरपालिकाको वडा नं १,२,३, तथा तमानखोला गाउँपालिकाको वडा नं २ को सिल्घुम गाउँमा समेत बत्तिको सुविधा पु¥याएको छ ।

कार्यक्रममो अवसरमा संस्थाका क्षेत्र भित्र रहेका ३ विद्यालयका अध्यनरत ३ जना जेहेन्दार तथा अनुसासित विद्यार्थी लाई स्टेशनरी सामग्री सहित सम्मान गरेको छ । जनकल्यान आधारभुत विद्यालय ढोरपाटन ३ सामाँका ३ विद्यार्थी,घोसाखानी माध्यामिक विद्यालयका ३ जना,सिल्घुम प्रथमिक विद्यालय तमानखोला गाउँपालिका २ का २ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।


यस्तै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै पुर्व शिक्षक धन बहादुर कुवँर,गंगा बहादुर कार्की,खुम बहादुर छन्त्याल,डम्बर बहादुर वि.क,अमर जंग पुन लाई दोसल्ला तथा मायाँको चिनो सहित सम्मान गरेको छ । शेयर जेष्ठ सदस्य सहित १३ वर्ष अपरेटर गरेका डिल बहादुर कार्कीलाई समेत नगद तथा दोसल्ला तथा मायाँको चिनोले सम्मान गरिएको हो । साथै उत्कृष्ट वचत कर्ता ५ जना र असल ऋणी ५ जनालाई समेत सम्मान गरेको छ ।

कार्यक्रममो अवसरमा बोल्दै संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेले बिजुली निमार्ण गर्ने समयमा विभिन्न समस्या झेल्दै आएको भए पनि बस्तीलाई उज्याले बनाउने सपना पुरा भएको बताउनु भयो । कार्यक्रम संस्थाका म्यानेजर नारायण घर्तीको स्वागत मन्तव्य र सचिव गंगाबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित