सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाद्धारा बीमा सचेतना र अन्र्तकृया कार्यक्रम

पौष २४ गते

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाको आयोजनामा बीमा सचेतना संगै जनप्रतिनिधी, पत्रकार र बौद्धिक वर्गका व्यक्तिसंग अन्र्तकृया कार्यक्रम बुर्तिबाङमा शनिवार सम्पन्न भएको छ ।
जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत (सिइयो) पोषकराज पौडेलको विशेष उपश्थितीमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधी, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुखको विचमा जिवन बीमा र नेपालमा त्यसको अवस्था, बीमाको महत्व र आवस्यकता लगाएतका विषयमा छलफल संगै अन्र्तकृया गरिएको हो ।
आयोजीत कार्यक्रममा पोषकराज पौडेलले वोल्दै नेपालमा धनी र गरिव विचको खाडलको अन्त्य गर्न तथा व्यक्तिको सुरक्षा र वचतका निम्ती बीमा अपरिहार्य रहेको बताउँदै आर्थिक रुपमा सम्पन्नसिल व्यक्तिले भन्दा आर्थिक रुपमा कमजोर रहेका व्यक्तिलाई बीमा आवस्यक रहेको प्रस्ट पार्नुभयो
उहाँले थप वोल्दै पछिल्लो समय नयां कम्पनी स्थापना पछि दुर दराजसम्म बीमाको पहुँच पुग्दै गएका कारण न्युन आय भएका नागरिक समेत बीमाको पहुँचमा आइरहेको बताउनु भयो । नेपालमा ४१.२० प्रतिशत नागरिक बीमाको पहुँचमा छन यो सँख्या क्रमिक स्पमा बढाउँदै जानुपर्ने भएका कारण आफुहरु दुर दराजका नागरिक संग पुगेर बीमा सचेतना र अन्र्तकृया गरिरहेको बताउनु भयो राज्यले समेत यसलाई साथ दिएका कारण पनी नेपालमा अव बीमाको पहुँच बद्दै जाने बताउनु भयो ।
उहाँले थप वोल्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नागरिकलाई जिवनमा आइपर्ने विभिन्न समस्यामा आर्थिक रुपले सहजिकरण गर्ने गरि विभिन्न सेवा सुविधा लिएर कम्पनी अगाडी बढेको बताउनु भयो । २०७४ कात्तिक २ गतेदखि बजारमा आएको कम्पनी स्थापनाको ४ बर्ष पुग्दै गर्दा १५० शाखाबाट सेवा विस्तार गरेको, २२ लाख बढि नागरिकलाई बीमाको दायरामा ल्याउँदै बीमितलाई घातकरोग लाग्दा औषधि उपचार, स्थाई अशक्त हुँदा उपचार खर्च व्यवस्था, बीमा किस्तामा छुट , मासिक आय सुविधा, लगाएत धेरै सेवा र सुविधा लिएर नागरीक संग पुगेको बताउनु भयो ।
बीमामा मृत्यु पछि मात्र आर्थिक रकम पाइन्छ भन्ने मान्यतालाई अन्त्य गर्दे नागरीकका माग अनुसारको सेवा लिएर बजारमा आएको बताउँदै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी केवल नाफामुखि मात्र नभई सेवा मुखि अभियानबाट समेत अगाडी बढेको बताउँदै विभिन्न सामाजिक कार्यक्रम बीमा सचेतना कार्यक्रम जस्ता कार्य गर्दे आइरहेको स्मरण गर्दे ३५ हजार बढि विद्यार्थिलाई बीमा सचेतना कार्यक्रममा सहभागि बनाएको समेत प्रस्ट पार्नुभयो अझैपनी ग्रामिण क्षेत्रमा बीमा सचेतना नभएका कारण नागरिक बीमाको पहुँचमा पुग्न नसकेको बताउँदै त्यसलाई चिर्नका निम्ती बीमा ग्रामिण क्षेत्रसम्म पुग्नुपर्ने गरि कम्पनीहरु लागिरहेको बताउनु भयो ।
आयोजित कार्यक्रमका अवसरमा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सुर्य प्रसाद सर्मा, ढोरपाटन नगरपालिका वडा नंं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नंं. २ का अध्यक्ष भेक बहादुर खत्री, ढोरपाटन नगरपालिका ७ का निवर्तमान वडा अध्यक्ष दिपक थापा, ढोरपाटन नगरपालिका न्यायिक समिती सदस्य गोपाल महत लगाएतले वोल्दै जीवन बीमाको पहुँच ग्रामिण क्षेत्रसम्म पुग्दै गर्दा धेरै नागरीकले वचत र सुरक्षा मार्फत सेवा लिइरहेको बताउँदै ग्रामिण क्षेत्रसम्म अझैपनी पहुँच बृद्धि गर्न आवस्यक रहेको बताउनु भयो । बीमा कम्पनीमा समयमा भुक्तानी पाउन हुने झनझ्ट, बीमा अभिकर्तामा देखिएको अस्वस्थ प्रतिस्प्रर्धा जस्ता कारणले नागरिक अझै विस्वस्निय बन्न नसकेका कारण बीमितको मन जित्ने गरि काम गर्न बीमा कम्पनीले भुमिका खेल्नुपर्ने सुझाव व्यक्त गर्दे जिवन बीमक संघको अध्यक्षको नाताले बीमामा देखिएका नकारात्मक गतिविधीको अन्त्य गर्नका निम्ती भुमिका निर्वाह गर्न पौडेल समक्ष आग्रह गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख पोषकराज पौडेलले बोल्दै बीमामा पहिलेको तुलनामा निकै सुधार भइसकेको बताउँदै नियामक निकायले समेत उत्तिकै जिम्मेवारी निर्वाह गरेका कारण नागरिकलाई सास्ति हुने गरी काम नहुने र नकारात्मक भ्रमलाई चिर्नका निम्ती सक्षम र योग्य अभिकर्ताले मात्रै काम गर्ने गरि बीमा प्राधिकणले प्रकृया अगाडी बढाइसकेका कारण कम्पनीहरु समेत त्यसमा जिम्मेवारी पूर्वक लाग्ने बताउँदै सचेत वर्गले बीमा सचेतना अभियानलाई साथ दिनुपर्ने बताउनु भयो । कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी प्रमुख बजार अधिकृत भुषण रिमाल, क्षेत्रीय प्रवन्धक सुनिल पोख्रेल, तालिम विभाग प्रमुख कुवेर पाठक, धवलागिरी एरिया प्रमुख दिपेन्द्र लम्साल, कम्पनीका एजेन्सी म्यानेजर, समाजसेवी, बुद्धिजिवी लगाएतको उपश्थिती रहेको थियो कार्यक्रम सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रमुख छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img