तमान बाल गृहमा न्यानो कपडा वितरण

विनोद विश्वकर्मा बुर्तिबाङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले सञ्चालन गरेको तमान बाल गृहमा रहेका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

श्री राधा माधव समिति नेपाल र डिभाईन युथ क्लव नेपालको सहयोगमा वालगृहमा रहेका ३१ छात्र ÷छात्रा लाई चिसो मौसमबाट वच्न न्यानो कपडा अन्र्तत सुइटर र टोपी तथा स्टेशनरीका सामाग्रि वितरण गरिएको छ । आईतबार बालगृहमा एक कार्यक्रमसहित हस्तान्त्रण गरिएको कार्यक्रममा राधा माधव समिति नेपाल बागलुङका सचिव दिपक प्रसाद शर्मा कंडेलको अध्यक्षतामा तमानखोला गउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख अतित्थ्यता, वडा नं ३ का कार्यवाहक वडा अध्यक्ष गोर्ख बहादुर घर्ती ,धनगौज्योति माध्यामिक विद्यालय तमानका प्रध्यानध्यापक रविन्द्र बुढाथोकी,वालगृह सञ्चालक समितिका सचिव अनिल थापा,तमानखोला गाउँपालिका कार्यपालिका सदस्य मनकुमारी बुढाथोकी शिक्षक,विद्यार्थी स्थानिय लगायतको उपस्थितिमा न्यानो कपडा र स्टेशनरी हस्तन्त्रण गरिएको हो ।

प्रमुख अतिथी तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै पालिका भित्रका अभिभावक बिहिन बालबालिकालाई अभिभावको रुपमा तमानखोला गाउँपालिकाले अभिभावकत्व ग्रहण गर्दे शिक्षा दिक्षामा सहज पहुँच पु¥याउने प्रयास गरेको बताउनु भयो ।
उहाँलेथप बोल्दै बालवालिकालाई जस्तो संस्कार सिकाउन सक्यो त्यस्तै हुने भएको हुँदा स्वतन्त्र छोडेमा अपराधिक गतिविधिमा फस्ने तथा कुलतमा फस्न सक्ने भएकाले संस्कार सिकाउने र उनिहरुको भविस्य उज्वल बनाउने अभियानमा पालिकाले भुमिका खेलिरहेको बताउँदै बालगृह सञ्चालनमा पालिकाको मात्र अभ्यासले नपुग्ने भएका कारण यस्ता सहयोगी दाताको आर्थिक, भौतिक, नैतिक सहयोग र सम्मोन्य भएमा थप सहज रुपबाट वालगुह सञ्चालन र व्यवस्थित हुने बताउँदै वालगृहमा अभाव हुने सामग्री पहिले पनि २ संस्थाले उपलब्ध बनाएको र अहिले तेस्रो सहयोगको लागि श्री राधा माधव समिति नेपाल र डिभाईन युथ क्लव परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

राधा माधव समिति नेपाल बागलुङका सचिव दिपक शर्मा कंडेलले निस्वार्थ भावले आफुहरुले यहाँका वालवालिकालाई सहयोग गरिएको बताउँदै वर्षको एक पटक यस बालगृहका वालवालिकाका निम्ती कार्यक्रम र सहयोग लिएर आउने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा धनगौज्योति माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक रविन्द्र कुमार बुढाथोकीले सहयोग गर्ने संस्था प्रति धन्यावाद दिदै आगामि दिनमा समेत सहयोगको अपेक्ष गरिएको बताउनु भएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहितका विभिन्न जनप्रतिनिधिले पहिलो कार्यकालमा तलवको ५ प्रतिशत तमानखोला विकास कोषमा जम्मा गरिएको रु १० लाख र गाउँपालिकाको रु७ लाख गरी जम्मा १७ लाखमा गत असार १३ गते बाट बाल गृह सञ्चालनमा लिएको छ ।

बाल गृहमा तमानखोला गाउँपालिका भित्रका अभिभावक विहिन ३१ जना बालवालिका बसोबास संगै अध्ययन गर्दे आइरहेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित