spot_img

सिवाईसी साकोसको १३ औँ बार्षिक साधारण सभा: सेवा प्रवाहलाई उत्कृष्ट बनाउँदै ३० हजार सेयर सदस्य ४५ करोड सेयर पुँजी पु¥याउने लक्ष्य

बुर्तिबाङ्ग पौष १
सिवाईसी वचत तथा ऋण सहकारी सँस्थाको १३ औँ वार्षिक साधारण सभा शुक्रबारदेखि सुरु भएको छ । आगामीपौष ५ गतेसम्म शाखा स्तरमा कार्यक्रम सम्पन्न गर्ने उदेश्य सहित शुक्रबार बुर्तिबाङ्ग सेवा केन्द्र लगाएत विभिन्न सात सेवा केन्द्रको एकै समयमा उद्धघाटन गर्दे साधारण सभा सम्पन्न गरीएको हो ।
बुर्तिबाङ्गमा आयोजित साधारण सभालाई सिवाईसी वचत तथा ऋण सहकारी सँस्थाका केन्द्रिय अध्यक्ष एवं नेफ्सकुनका केन्द्रिय सदस्य चण्डी प्रसाद सर्माले उद्धघाटन गर्नुभयो सर्माले कार्यक्रममा वोल्दै सहकारी हुने खाने र हुँदा खाने वर्ग विचको खाडल पुर्ने र पुँजिको बृद्धि गर्दे आर्थिक उर्पाजनमा टेवा पु¥याउने माध्यम भएको बताउनु भयो सहकारी संस्थाको माध्यमबाट सेयर सदस्यको हितहुने गरी रचनात्मक काम गर्ने सदस्यलाई आई पर्ने शुख दुःख मा सहकार्य गर्ने माध्यम सहकारी रहेको बताउनु भयो ।
देशभर ३४ हजार ७ सय बढि सहकारी सँस्था हुँदै गर्दा सिवाईसी वचत तथा ऋण सहकारी सँस्थाले १२ बर्षसम्म सेयर सदस्यको सेवाभाव संग रहेर विभिन्न योजना र रचनात्मक कार्यक्रम गर्दे देशकै उत्कृष्ट सहकारीको रुपमा स्थापित भइसकेको बताउँदै देशमा आर्थिक संकट आउँदा होस वा सेवाग्राही लाई छिटो र सहज रुपमा सिवाईसी सहकारीले सेयर धनीको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
सहकारीम ाहाल २४ हजार ३ सय ४२ सयेर सदस्य, बाल वचतकर्ता ४ हजार १ सय ४० शेयर पुँजी ३९ करोड ६३ लाख७हजार ५ सय रुपैयाँ, वचत रकम १ अर्व ४७ करोड, ८६ लाख, १९ हजार ९७५ रुपैयाँ ऋण लगानी १ अर्व ५४ करोड ५३ लाख, ९४ हजार ४८६ रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरीएको छ ।
त्यस्तै १० करोड ९१ लाख, ७१ ह्जार ५४६ रुपैयाँ कोषहरु र दायित्व रहित कोष ७ करोड ६० लाख, ५८ हजार ६४४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ । कुल २६ शाखाबाट सेवाप्रवाह गरेको सँस्थाले आर्थिक वर्ष २०७९÷०८० मा पोखरा सम्म आफनो सेवा विस्तार गर्ने, ३० हजार सेयर सदस्य, शेयर पुँजी ४५ करोड पु¥याउने लक्ष्यका साथ सहकारी अगाडी बढेको अध्यक्ष चण्डी प्रसाद सर्माले बताउनु भयो । हाल सहकारीको २५ शाखाबाट सेवा प्रवाह भइरहेको हो
आयोजित कार्यक्रमका अवसरमा त्रिवेणी वचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष उत्तम बहादुर महतले वोल्दै बागलुङ्गमा सहकारी क्षेत्रको विकास र विस्तार गर्ने सिवाईसी सहकारी रहेको बताउँदै सिवाईसीका अध्यक्ष चण्डीप्रसाद सर्माले सहकारी क्षेत्रमा खेलेको भुमिका अतुलनिय रहेको बताउनु भयो । पछिल्लो समय देशमा आर्थिक सँकट हुँदै गर्दा बैँकले सहकारीलाई विभेद गर्ने गरेको बताउनु भयो बैँकहरु धनी व्यक्तिको मा पुग्ने, बढि पुँजी भएका व्यक्तिलाई मात्र लगानी गर्ने जस्ता परिपाटिका कारण आर्थिक रुपमा पछि परेका व्यक्तिका निम्ती सहकारी सँस्थाले सहजिकरणको रुपमा महत्वपूर्ण भुमिका खेलिरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा बुर्तिबाङ्ग सेवा केन्द्र सञ्चालन समिती कोषाध्यक्ष केशकुमारी बुढा द्धारा आर्थिक प्रतिवेदन,सँस्थाका प्रमुख गंगा देवी थापा द्धारा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ कार्यक्रमका अवसरमा उत्कृष्ट ऋणी र उत्कृष्ट वचतकर्ता सम्मान समेत गरीएको हो ।
कार्यक्रममा सँस्थाका परामर्सदाता हिरालाल पौडेल, पत्रकार छविलाल पाण्डे, शेयर सदस्य निल बहादुर पुन लगाएतको सुभकामना मन्तव्य रहेको कार्यक्रम बुर्तिबाङ्ग सेवाकेन्द्र सञ्चालन समिती अध्यक्ष कृष्ण के.सीको अध्यक्षता, सञ्चालन समिती सदस्य शान्ता घर्ति थापाको स्वागत सचिव चुणमणी भुषालको सञ्चालनमा सम्पन्नभएको हो । शुक्रबार बुर्तिबाङ सेवाकेन्द्र, भिमगिठे सेवाकेन्द्र, निसीखोला सेवा केन्द्र, हटिया केन्द्र, खर्वाङ केन्द्र , तमानखोला केन्द्र काँडेवास सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी निसीखोला सेवा केन्द्रमा गण्डकी प्रदेशका निवर्तमान सांसद खिम विक्रम बाहीले प्रमुख अतिथीको रुपमा उद्धघाटन गनुभएको हो । आयोजित कार्यक्रममा सँस्थाका केन्द्रिय उपाध्यक्ष एवं वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित