पिकअप जिपले किच्दा निसीखोलामा ३ बर्षीय बालकको मृत्यु

बिनोद विश्वकर्मा ,बुर्तिवाङ,

जिल्लाको निसीखोला गाउँपालिका २ मा पिकअप जिपको चक्काले किच्दा एक बालकको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका २ बायखोलाका ३ बर्षका सुभम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता गंगा बहादुर थापाले जानकारी दिनु भएको छ ।

सनिबार बिहान ८ बजेको समयमा लु १ ज ४५२० नम्बरको पिकअप जिपले मृतक कार्कीको घर अगाडी गाडी रोकी सामान लोड गरिराखेको समयमा बच्चा अचानक गाडीको पछाडीको चक्कामा भएको थाहाँ नभै गाडी अगाडी बढाउदा आचानक पछाडीको चक्काले किच्दा घटना स्थलमै मृत्यु भएको निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।

घटना पश्चात् सवारी चालक निसीखोला २ का ३९ बर्षिय हुम बहादुर भन्डारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रबक्ता गंग बहादुर थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित