spot_img

जनताको सेवक हुँ जनभावना अनुसार काम गर्छु : प्रदेश सभा उमेद्वार कुवंर

बुर्तिबाङ कात्तिक २५
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफु पाँच वर्षसम्म सारथी वनेर उभिने प्रतिबद्धता जनाएका छन ।
शुक्रबार बुर्तिबाङ बजारमा आयोजित चुनावी घरदैलो पश्चात कोण सभालाई सम्बोधन गर्दे जनताको आवस्यकता र समस्यामा संधै हातेमालो गरेर अगाडी बढ्ने बताए ।
आफुले यस क्षेत्रको विकास र समृद्धिका निम्ती धेरै सपना देखेका कारण ति सपना पुरा गर्नका निम्ती आफनो र गठवन्धनका उमेद्वारको जित आवस्यक रहेको बताए ।
“कुवंरले वोल्दै भने म सरकारको कुनै पदमा नहरँदा पनी यहाँका नागरीक संग सहकार्य गरेर धेरै विकास निर्माणका काम गरेको छु अवको पाँच बर्षमा जनतालाई दिएका प्रतिबद्धता पुरा गरेर छोड्ने छु ”
प्रर्यटकिय सम्भावना वोकेको ढोरपाटन क्षेत्रको विकास गर्न, ढोरपाट उत्तरगंगा जालशय आयोजना स्थानीय समुदाय संग सम्मोन्य गरेर प्रकृया अगाडी बढाउन, सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत बुर्तिबाङ–ढोरपाटन सडक कालोपत्रे गर्न, निसीखोला मध्यपहाडी लोकमार्ग बैकल्पीक सडक मार्ग कालोपत्रे गर्न ,बुर्तिबाङ–तमान– म्याग्दी सडक कालोपत्रे गर्न, झलुङगे पुल निर्माण, मोटरेवल पुल निर्माण लगाएत यहाँको कृर्षि, प्रर्यटन, शिक्षा र भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकता दिएर प्रदेश र संघ सरकार मार्फत काम गरीने बताए ।
स्वास्थ्य तर्फ जनताको आवस्यकताको रुपमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १०० शैयाको अस्पत्ताल बनाउने, निसीभुजी जनता क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्तरउन्नती गर्ने, सबै गाउँ वस्तिमा केन्द्रिय विधुतको पहुँच पु¥याउने बताउँदै जनताको हक अधिकार स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । प्रशासनिक समस्याको समाधान गर्न पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनका निम्ती आफनो महत्वपूर्ण उदेश्य रहने प्रतिबद्धता जनाउनु भयो । अर्नाकोट एर्यरपोर्ट निर्माण लगाएत यहाँका तमान समस्या र आवस्यकता र सम्भावना पनी छन जनताको आशालाई नमर्ने गरी आफुले काम गर्ने बताए ।
आफुले गरेको कर्म र लक्ष्यमा जनताले समेत साथ दिने बताउँदै निर्वाचनमा आफनो र प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेलको जित सुनिश्चत भइसकेका कारण भारी मतान्तरले प्रति पक्षलाई पराजय गर्ने गरी निर्वाचनमा खटिन नेता कार्यक्रतालाई अपिल समेत गरे ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यावाहक सभापती सागर छन्त्याल, जिल्ला उपसभापती तारानाथ पौडेल, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, नेकपा माओबादी केन्द्र प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, नेपाल समाजवादी पार्टीका चित्र सापकोटा, राजमो जिल्ला सचिव भिमलाल पोख्रेल, नेकपा समाजवादी पार्टी जिल्ला उपाध्यक्ष तथा समानुपातीक उमेद्वार केशर छन्त्याल लगाएतले वोल्दै गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्नका निम्ती गठवन्धन भएको बताए ।
राजालाई व्युताउने राजाबादी तत्वसंग साँठगाठँ गर्ने प्रतिगमनकारी तत्व नेकपा एमालेका विरुद्धमा गठवन्धन भएको बताउँदै गठवन्धनका साझा उमेद्वारलाई भारी मतले विजयी गराउने अभियानमा सबै नेता कार्यक्रता खटिनुपर्ने बताए । कार्यक्रम नेकपा माओबादी केन्द्र जिल्ला अध्यक्ष राजिव घिमिरेको अध्यक्षता, नेपाली कांग्रेस प्रदेश सभापती जोकलाल बुढाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित