बागलुङ कात्तिक २४ गते
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई सफल पार्न बागलुङ जिल्लामा निर्वाचन कार्यालयले आवस्यक तयारी पुरा गर्दे आएको छ ।
निर्वाचन आउन १० दिन बाँकी रहँदा कर्मचारी व्यवस्थापन , सुरक्षा व्यवस्था, मतपत्र ढुवानी लगाएतका गतिविधी जारी रहेको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
विहिबार ढोरपाटन नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम र नमुना मतदान गरीएको छ अन्य पालिकामा समेत नमुना मतदान कार्यक्रम सुरु गरीएको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
बागलुङ १० वटै पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरीएको छ त्यसैगरी नमुना मतदान कार्यक्रम समेत सुरु गरीएको निर्वाचन कार्यालय बागलुङका निर्वाचन गोकुल सर्माले बताउनु भयो ।
ढोरपाटन नगरपालिकामा आयोजित नमुना मतदान कार्यक्रम निर्वाचन अधिकृत बावुराम पाण्डेको अध्यक्षता ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा भएको हो ।
१० पालिका रहेको बागलुङमा यसपटकको निर्वाचनमा पाँच दलिय वाम÷लोकतान्त्रीक गठवन्धन र नेकपा एमाले विच प्रतिस्प्रर्धा हुने भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधी सभा तर्फ क्षेत्र नंं १ मा गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी . र नेकपा एमालेका सुर्य पाठक विच बढि प्रतिस्प्रर्धा हुने देखिएको छ । क्षेत्र नं. २ तर्फ नेकपा माओबादी केन्द्रका सचिव शिक्षा ,विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेका मन्जु सर्मा चालिसे वीच प्रतिस्वप्रर्धा हुने देखिएको हो ।