ढोरपाटनमा गठवन्धनको बैठक ः निर्वाचनलाई प्रभावकारी बनाउन सक्रिय पूवर्क जुटन आग्रह ।

सँयूक्त वाम÷लोकतान्त्रीक गठवन्धनका उमेदवारलाई जिताउन ढोरपाटनमा निर्वाचन परिचालन समितीलाई प्रशिक्षण दिइएको छ ।
आगामी मंसिर ४ गतेको निर्वाचनमा पाँचदलीय गठवन्धनका उमेद्वारलाई शानदार सहित विजयी गराउन सबै तह तप्काबाट नेता कार्यक्रता परिचालित हुने र आ–आफनो जिम्मेवारीमा सक्रिय पूर्वक लाग्ने निर्णय भएको निर्वाचन परिचालन समितीले जनाएको छ । जनताले ल्याएको संविधान र गणतन्त्रलाई लत्याउन , लोकतन्त्रलाई परास्त पार्न र पुनह देशमा राजा ल्याउन खोज्ने प्रतिगमनकारी नेकपा एमालेलाई परास्त नगरे सम्म देशले विकास र समृद्धिको दिशामा गति लिन नसक्ने र संविधान र लोकतन्त्रको रक्षा हुन नसक्ने बताउँदै राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले यस पटकको निर्वाचनमा हार्ने छुट गठवन्धनलाई नरहेको बताउनु भयो ।
हुँदा खाँदाको दुई तिहाई सरकारलाई भताभुङ्ग पारेर सडकमा ओर्लिएका केपि ओलीलाई फेरी पनी सत्ता दिए देशलाई कंगालको दिशामा लैजाने पाण्डेको ओरोप थियो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा (ख) सभापती मेशलाल सर्माले वोल्दै निर्वाचनलाई परिणाम मुखि बनाउन सबै नेता कार्यक्रता जनताको घरदैलोमा जाने, गठवन्धन र उमेद्वारका विषयमा जानकारी गराउने र मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने अभियानमा जुट्न नेता कार्यक्रतालाई अपिल गर्नुभयो ।
नेपाली कांग्रेस ढोरपाटन नगर सभापती धनबहादुर कायतले वोल्दै गठवन्धनका नेता कार्यक्रता कोही निश्कृय भएर वस्ने छुट यसपटकको निर्वाचनमा नरहेको बताउँदै गठवन्धनका प्रदेश सभा र प्रतिनिधी सभाका दुबै उमेद्वारलाई भारी मत सहित जिताउने अभियानमा लाग्न सबै जना खटिनुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा नेपाल समाजबादी पार्टीको तर्फदेखि संकर कुवंर, नेकपा समाजवादीको तर्फदेखि हरि बहादुर घर्ति लगाएतले आफनो धारणा राख्नु भएको हो ।
नगर समिती, वडा समिती तथा सक्रिय कार्यक्रताको उपश्थितीमा भएको बैठकले तत्काल वडा निर्वाचन परिचालन समितीको बैठक राखी जिम्मेवारी वाँडफाँड गर्ने, प्रत्यक टोलमा मतपत्र सहित मतदाता शिक्षा कार्यक्रम अगाडी बढाउने, आ–आफनो पार्टीको मत संरक्षण गर्न सबै पार्टी जिम्मेवार बन्ने, वडा र टोल स्तरीय प्रचार प्रसार अभियानलाई थप सशक्त बनाउने लगाएतका निर्णय गरीएको सचिवालय सदस्य गोपाल महतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित