चाचल घाट मोटरेवल पुल निमार्ण गरेरै छोड्छु उमेदवार कुवँर

ढोरपाटन नगरपालिकाको वडा नं ३ को घोसाखानी ,सामा तथा कालापोल सम्म पुग्नको लागि मोटरेवल पुन निमार्ण अझै नभएको भन्दै चाचल घाटको पुन निमार्ण गरेर नै छोड्ने बताउनु भएको छ ।

जनजिवीकाका सवाललाई पुरा गर्नका निम्ती लोकतान्त्रीक ÷वाम गठवन्धनको जित आवस्यक रहेको नेपाली काँग्रेसका नेता तथा प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले बताउनु भयो । बुधबार ढोरपाटन नगरपालिका ३ मा चुनावी सम्पर्क कार्यलयको उद्घाटन गर्दे नेता कुवंरले यस्तो बताउनु भयो ।

हाम्रो क्षेत्रमा जनताका समस्या र आवस्यकतालाई पुरा गर्नका निम्ती र यहाँको विकासका निम्ती गठवन्धनका उमेद्वारको जित आवस्यक रहेको बताउनु भयो ।
“मैले धेरै सपना बाँडेर जनतालाई झुठो आश्वाशन दिँदैन पदमा नरहँदा पनी तपाईँको सुख दुशमा घरदैलामा आउने र धेरै विकास निर्माणका काम गरेको छु भोली सरकारमा रहेर यसक्षेत्रको विकास र समृद्धि ल्याउनु छ” । यहाँका नागरीकको मुल समस्या खानेपानी, सडक, मोटरेवल पुल, कृर्षि , प्रर्यटन, स्वास्थ्य र शिक्षा रहेको बताउँदै जनताको महत्वपूर्ण आवस्कता र समस्यालाई सम्वोधन गर्न आफुले प्रदेश सभा र देवेन्द्र पौडेलले प्रतिनिधीसभाबाट नेतृत्व गर्दे जनताका गुनासो समस्या पुरा गर्ने अभियानमा लाग्ने बताउनु भयो ।

उमेद्वार कुवंरले थप वोल्दै देशको संविधान र जनताको हक अधिकारलाई परास्त पार्ने प्रतिगमनका मतियारलाई हटाई प्रतिगमनकारी लाई खवरदारी गरी सधाका लागी ट्रयाकमा ल्याउन पाँचदलिय गठवन्धनको जित आवस्यक रहेको बताउनु भयो ।
नेकपा एमालेले नेकपा पार्टी गठन गरेर करिव दुई तिहाइको सरकार रहँदापनी देशलाई प्रतिगमनको दिशामा लगेकै कारण देशलाई बचाउन, लोकतन्त्र र संविधानको रक्षार्थ गठवन्धन बनेको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित