spot_img

विकास र परिवतर्नका निम्ती दोर्ण कुवँरको विकल्प छैन :बक्ता

बुर्तिबाङ कात्तिक १७
पश्चिम बागलुङको विकास र समृद्धिका निम्ती गठवन्धनका साझा उमेद्वार दोर्ण कुमार कुवंरको विकल्प नभएको वक्ताहरुले बताएका छन ।
तमानखोला गाउँपालिका ४ तमानमा विहिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दे वक्ताहरुले निसी, भुजी, तमान, ढोरपाटनको विकास समृद्धि र यहाँका जनताको समस्याको सम्वोधन गर्नका निम्ती प्रदेश र केन्द्र सम्म राम्रो पहुँच भएको र जनतासंग हातेमालो गर्ने प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरलाई यसपटकको निर्वाचनमा जिताउनुको विकल्प नरहेको बताए ।
कुवंरसंग प्रतिस्प्रर्धा गर्न लायक उमेद्वार नरहेका कारण पनी दोर्ण कुमार कुवंरलाई भारि मत सहितविजयी गराएर यस क्षेत्रको विकास र समृद्धिमा मुहार फेर्नुपर्ने बक्ताहरुले जोड दिएकाहुन ।
उनिहरुले थप वोल्दै गाउँमा आएर जनतालाई भ्रमको खेति गर्ने, झुठो आश्वासन देखाउने, आर्थिक प्रलोभनमा सोझा साझा जनतालाई ठग्ने, झुक्याउनेको कमि नभएका कारण समयमै सचेत वनेर आगामी निर्वाचनमा पाँचदलीय गठवन्धनका साझा उमेद्वार प्रदेश सभामा दोर्ण कुमार कुवंर र प्रतिनिधी सभामा देवेन्द्र पौडेललाई भारि मत सहित विजयी गराउनु पर्नेमा उनिहरुले जोड दिएका हुन ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याल, नेपाली कांग्रेस जिल्ला सदस्य शैलेश घर्तिमगर, महादिवेशन प्रतिनिधी सोम बहादुर पौवी, नेकपाको तर्फदेखि संकर कुवंर, राष्ट्रिय जनमोर्चाको तर्फदेखि तुलबहादुर छन्त्याल नेकपामाओबादी केन्द्र समाुनपातीकउमेद्वार प्रेम बहादुर रोका मगर, नेपालीकांग्रेस तमानखोला गाउँपालिका उपसभापती खिमबहादुर छन्त्याल, नेकपा माओबादी केन्द्रका छ बहादुर श्रीपाली लगाएतले वोल्दै गठवन्धनले भारि मत सहित निर्वाचनमा परिणाम ल्याउने बताउँदै गठवन्धनका दुबै उमेद्वारलाई शानदारको जित निकाल्न सबै नेता कार्यक्रता सक्रिय पूर्वक लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएका प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले वोल्दै आफुले यस क्षेत्रमापुल, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम गरीसकेको बताउँदै जनताका समस्या वुलन्ध गर्दे जनताको समस्यामा मल्हम लगाउनआफु र प्रतिनिधी सभाका उमेद्वार देवेन्द्र पौडेललाई विजयी गराउन मतदातालाई अपिल गर्नुभयो । कुवंरले थप वोल्दै भन्नुभयो म झुठो आश्वासन बाँडेर जनतालाई भ्रमित पार्दिन, जे वोल्छु काम गरेर छोड्छु । जनताका मुद्धालाई संसदमा पु¥याउनका निम्ती आफनो जित आवस्यक रहेको औँल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित