तमानखोला गाउँपालिकाले ल्यायो एम्वुलेन्स

बुर्तिबाङ कात्तिक १८ गते
बागलुङको तमानखोला गाउँपालिकाले एम्वुलेन्स ल्याएको छ । पालिकाको गत बर्षको स्विकृत कार्यक्रम अन्र्तगत पालिकाका नागरीकलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्य सहित एमवुलेन्स खरिद गरीएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो । हामीले २०७८÷०७९ को कार्यक्रममा बजेट स्विकृत गरेर गत बैशाख महिनामा रकम पठाएपनी हालैमात्र एम्वुलेन्स प्राप्त भएको गाउँपालिका स्वास्थ्य सम्योजक तिलक छन्त्यालले बताउनु भयो ।
एम्वुलेन्स सञ्चालनका लागी स्विकृत प्राप्त भएपनी स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमती लिएर मात्र सञ्चालन गर्नुपर्ने भएका कारण केहि दिनबाटै गाउँपालिकाको सेवामा एम्वुलेन्स सञ्चालनमा आउने छन्त्यालको भनाई छ । कुल १९ लाख लागतमा एम्वुलेन्स खरिद गरीएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित