गुमनाम जस्तै बन्यो ढोरपाटन उद्योग वाणिज्य संघ : असन्तुष्ट व्यवसाही

बुर्तिबाङ कात्तिक १९ गते
ढोरपाटन उद्योण वाणिज्य संघ लामो समयदेखि गुमनाम बन्दै गएपछि यहाँका व्यवसाही असन्तुष्ट बन्दै गएका छन ।
ढोरपाटन नगरपालिकाका व्यवसाहीको छाता संगठनको रुपमा २०७७ साल मंसिर महिनामा दर्ता भएको ढोरपाटन उद्योग वाणिज्य संघ सँस्था स्थापना भएको ३ बर्ष वितिसक्दा समेत व्यवहारिसे जस्तै वन्दै गएको छ ।
उद्योण वाणिज्य संघ बागलुङ मातहत रहेको वाणिज्य संघ २०७७ मा यहाँका व्यवसाहीको पहलमा ढोरपाटन उद्योण वाणिज्य संघको रुपमा दर्ता भएको थियो । दर्ता भएको ३ बर्षसम्म पनी समितीले साधारण सभा र अधिवेशन नगरेकै कारण आर्थिक आय व्याय देखि उद्योण वाणिज्यका गतिविधी सुस्त रहेको भन्दै समय समयमा व्यवसाहीबाट त्यसको विरोध र बहस हुँदै आएको छ ।
उद्योग वाणिज्य संघ इकाई रहँदा त्यस वखत गठित समितीको सक्रियतामा ढोरपाटन उद्योग वाणिन्य संघ गठन गरीएको थियो नयां संघ गठन संगै समितीको कार्यकाल सकिएपछि नयाँ कार्यसमिती गठन गर्ने तयारी पनी भयो तर कोभिडको कारण देखाउँदै सरेको अधिवेशन अन्तत तिनबर्ष पुरा हुँदा समेत समितीका जिम्मेवार व्याक्ति गैर जिम्मेवार बन्दै गएपछि हालसम्म कुनै गतिविधी नभएर ३ बर्ष वितिसकेको पाइएको छ ।
यहाँका ६ सय बढि व्यवासाही संघमा दर्ता भएर सँघको खातामा लाखौँ आर्थिक रकम पनी छ तर जिम्मेवार व्याक्ति गैर जिम्मेवार भएका कारण यहाँका व्यवसाहीले तत्काल कात्तिक २६ गतेसम्म सम्पूर्ण पदादिकारीको उपश्थितीमा बैठक आयोजना गरी सम्पूर्ण आय–व्याय प्रस्ट पार्न लगाउने र निती कार्यक्रम अगाडी बढाउन लगाउने निर्णय भएको सदस्य सरन पाण्डेले बताए ।
समितीका अध्यक्ष चिन्तामणी कंडेल र महासचिव रामनारायण सुवेदीलाई बैठकमा सहभागि गराएर संघको आर्थिक कारोवार र निती कार्यक्रम तय गर्ने निर्णय गरीएको बताइएको छ । बैठकले निमलाल पाण्डे, ढालेन्द्र छन्त्याल, भिम भण्डारीलाई सहजिकरणका निम्ती जिम्मेवारी दिइएको निर्णयमा उल्लेख छ । उद्योग वाणीज्य संघ नितीगत रुपमा सञ्चालन नहुँदा वस्तुगत संघको सक्रियतामा शनिवार बजार बन्द गर्ने निर्णय कार्यान्यनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित