निसीमा अझै पुख्यौली पेशा, प्रतिघरमा ३० वटा सम्म गाइभैँसी पाल्दै

बुर्तिबाङ कात्तिक १२ गते
बागलुङको निसीखोला गाउँपालिका ५ र ६ नम्वर वडाका कृषकले पुर्खाेली पेशा अंगाल्दै आएका छन । स्थानीय करिव १२ सय बढि घरधुरीले आफना बाबु बाजेले पाल्दै आएको स्थानिय जातका गाई भैँसि र भेँडा पालन गर्दे आएका हुन ।
प्रति घरमा २०÷२५ वटा सम्म गाई भैँसी पाल्ने गरीएको स्थानीय तेजेन्द्र पुनले बताउनु भयो । विशेषगरी खेत बारी धेरै रहेको र मल उत्पादनको रुपमा स्थानिय जातको गाई भैँसी पाल्ने गरीएको पुनको भनाई छ । पशुचौपाया बर्षातको समयमा लेकमा लैजाने र कात्तिक लागेसंगै गाउँ झारिने गरीन्छ ।
निसीखोला ६ भल्कोटका तुल बहादुर बुढा अहिले ८८ बर्ष पुग्नुभयो आफुले १५ बर्ष हुँदा देखि बाबु बाजेसंग गाई भैँसी पाल्न सुरु गर्नुभएका उहाँको उर्जाशिल जिवन पशु चौपायाँ हेर्देमा गयो ।
घरमा २२ वटा गाई र भैँसी छन उहाँको उदेश्य पनी खेतबारीमा प्रशस्त मलजल राख्ने र राम्रो अन्न वाली उत्पादन गर्ने हो । धेरै संख्यामा गाई भैँसी भएपनी घरमा प्रयोग गर्ने बाहेक अन्यत्र दुध दही र घ्यूको विक्री नगर्ने उनिहरुले खेतवारीमा मललाईनै बढि प्राथमिकता दिने गरेका हुन ।
अर्का चन्द्रमणी बुढाको १८ वटा गाई छन १६ बर्षदेखि गाई पाल्दै आउनु भएका उहाँको भनाई पनी मल उत्पादन गर्ने र गोरु उत्पादन गरी खेतबारी जोत्नमा प्रयोग हुने बताउनु भयो । उहाँका अनुसार बर्षातको समयमा हाँचे भन्ने लेकमा गाईवस्तु लैजाने र हिँउदको समयमा गाउँ ल्याउने गर्नुहुन्छ । त्यहाँका कृषकहरु बर्षातको दुई देखि तिन महिना लेकमा र हिँउदका औल (निसी) झरेर खेती पाती लगाउने, वारिमा मल बढाउने काम गर्दे आउने गरेका छन । राज्यले वास्तविक किसानलाई चिन्न नसकेका कारण यसलाई थप व्यवसाहीकरण र स्थानिय उत्पादनलाई जोगाउन कठिन वन्दै गइरहेको समाजसेवी तेजेन्द्र पु्नको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित