तमानखोलामा बाम ÷लोकतान्त्रीक गठवन्धनको निर्वाचन परिचालन समिती गठन

बुर्तिबाङ्ग कात्तिक १५ गते
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई सानदारका साथ उमेद्वारलाई विजयी गराउन तमानखोला गाउँपालिकामा पाँच दलीय लोकतान्त्रीक÷बाम गठवन्धनको निर्वाचन परिचालन समिती गठन गरीएको हो । मंगलबार त्यहाँ स्थित नेता कार्यक्रताको उपश्थितीमा पालिका स्तरीय र वडा स्तरीय निर्वाचन परिचालन समितीको गठन गरीएको छ प्रसाद श्रीपालीले बताउनु भयो ।

बैठकले लिला कुमार छन्त्यालको सम्योजक र छ प्रसाद श्रीपाली उपसम्योजक रहेको २३ सदस्य पालिका स्तरीय निर्वाचन परिचालन समितीको गठन गरीएको हो । त्यसैगरी झक बहादुर बुढा सम्योजक र नारायण सुनार उपसम्योजक रहेको १७ सदस्य उच्च स्तरीय निर्वाचन सम्मोन्य समितीको गठन गरीएको हो ।

मंसिर ४ गतेहुने निर्वाचनमा साझा गठवन्धनका उमेद्वारलाई भारी मतका साथ विजयी गराउने उदेश्य सहित गठन गरीएको उक्त समितीले सक्रिय पूर्वक निर्वाचलाई लक्षित गतिविधी अगाडी बढाउने गाउँगाउँमा गई कार्यक्रता तथा जनतालाई गठवन्धन हुनुका कारण त्यसको आवस्यकता संगै गठवन्धनलाई जिताउने अभियानमा जुट्ने बताइएको छ । विजय बुढाको सम्योजक दिलेन्द्र घर्ती सहसम्योजक रहेको ९ सदस्य पालिका स्तरीय र वडा स्तरीय युवा परिचालन समिती निर्वाचन परिचालन कमिटीको सम्योजक र सहसम्योजक चयन गरीएको छ
वडा स्तरीय निर्वाचन परिचालन समिती तर्फ वडा नं. १ मा नरकुमार गोतामे सम्योजक दलप्रसाद पुन सहसम्योजक, वडा नं. २ मा लिल प्रसाद वि.क सम्योजक जित बहादुर घर्ति सहसम्योजक, वडा नं. ३ मा प्रकाश घर्ति सम्योजक भिम बुढा सहसम्योजक, वडा नं. ४ मा मनोज वि.क. सम्योजक , विकल छन्त्याल सह सम्योजक, वडा नं. ५ मा तेजेन्द्र रामजाली सम्योजक दिपक सुन्चौरी सहसम्योजक, वडा नं. ६ मा चित्र बहादुर छन्त्याल सम्योजक, टोप बहादुर श्रीपाली सहसम्योजक रहेको वडा स्तरीय समितीको गठन गरीएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित