तपाइँहरुकै सेवक हुँ, विकास र समृद्धि मार्फत जनताको सेवा गर्ने अवसर दिनुहोस नेता दोर्ण कुवँर

बुर्तिबाङ कात्तिक ६ गते
नेपाली काँग्रेसका युवा नेता तथा क्षेत्र नं. २ बागलुङ प्रदेश सभा (ख) का उमेद्वार दोर्ण कुमार कुवंरले आगामी मंसिर ४ गतेको निर्वाचनमा यस क्षेत्रको विकास र समृद्धिका निम्ती पाँचदलिय साझा गठवन्धनको जित आवस्यक रहेको बताउनु भयो ।
चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम संगै निर्वाचन सम्पर्क कार्यालय उद्घाटन निसीखोला गाउँपालिका ७ राजकुटमा सम्पन्न गर्दे नेता कुवंरले आफु कुनै पदमा रहँदा वा नरहँदा पनी यस क्षेत्रको विकास र समृद्धिका निम्ती जनतासंग हातेमालो गर्दे आइरहेको बताउँदै आफुले यस क्षेत्रको विकास जनताको हक अधिकार तथा यहाँको आवस्यकता र विकासलाई राम्रोसंग नियाली सकेका कारण यकपटक सत्तामा रहेर काम गर्ने अवसर दिन जनतालाई अपिल गर्नुभयो ।

यतिवेला आफनो र सँयूक्त गठवन्धनको जित आवस्यक रहेको बताउँदै देशको समृद्धि, विकास निर्माण तथा प्रतिगमनकारी तत्ववाट जोगाउन पनी गठवन्धनको जीत आवस्यक रहेको प्रस्ट्याउनु भयो ।

म तपाइँहरुकै सेवक हुँ सेवा गर्ने अवसर दिनुहोस मैले देखेका जनताको समस्या र विकास निर्माणमा देखेका सपना पुरा गरेर छोड्छु नेता कुवंरले भन्नु भयो ।
नेकपा एमालेले करिव दुई तिहाई सरकार पाउँदा पनी देशलाई बर्वादी तर्फ धकेलेको बताउँदै संविधानको रक्षा गर्न, हालसम्म प्राप्त उपवल्धीलाई जोगाउन पनी गठवन्धनको जीत आवस्यक रहेको प्रस्ट्याउनु भयो । कार्यक्रममा पाँचदलीय साझा गठवन्धनका नेता कार्यक्रताको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित