काँग्रेसले सार्वजनिक ग¥यो घोषणापत्र ।।

नेपाली काँग्रेसले आउँदो निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काँग्रेसको मुख्य कार्यालय ललितपुरको सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा तथा पदाधिकारी र घोषणापत्र लेखन समितिका सदस्यहरूले आज घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा काँग्रेसले प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिवद्धता जनाएको छ । यस्तै, काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ । वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो । व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गर्दछ, काँग्रेसको घोषणापत्रमा भनिएको छ ।

५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने काँग्रेसले जनाएको छ। यस्तै ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने तथा बीमा रकमको दायरा बढाई १० लाख पु¥याइने र अति विपन्न, एकल महिला लगायतको बीमाबापतको प्रिमियम पनि सरकारले नै तिरिदिने सङ्कल्पपत्रमा उल्लेख छ । यस्तै सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने र गर्न पनि नदिने, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने, कानुनको सीमा बाहिर गएर आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय र काम नगर्नेलगायत सङ्कल्प पनि काँग्रेसले गरेको छ । यस्तै, राष्ट्रिय गौरबका सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने, कृषि मल कारखानाको स्थापना गर्ने, आधा घण्टाभित्र पक्की सडकमा पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने, सुरक्षित घरमा बस्ने परिवार सङ्ख्या ५५ प्रतिशत पु¥याउने, विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेगावाट पु¥याउने, ४ सय केभीएको पूर्वपश्चिम प्रसारण लाइन सम्पन्न गर्ने, वार्षिक २० लाख पर्यटक भित्र्याउने र दैनिक पर्यटक खर्च १ सय डलर पु¥याउने, तरकारी, फलफूल, माछा मासु, दूध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर बनाउने,सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पहुँच पु¥याउने जस्ता महत्त्वकांक्षी घोषणा पनि काँग्रेसले गरेको छ । सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदमा विषयगत योग्यता र निश्चित मापदण्डका आधारमा गर्ने, सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले वर्षेनी सम्पत्ति विवरण सार्वजनिक गर्ने, नागरिकलाई झन्झटरहित सार्वजनिक सेवा उपलब्ध गराउने लगायत कुरा घोषणाापत्रमा उल्लेख गरिएको छ ।महामन्त्री तथा घोषणापत्र लेखन समितिका संयोजक विश्वप्रकाश शर्माले सार्वजनिक गरेको घोषणा पत्रको मूल सार निरन्तरतामा नवीनता भएको बताउनुभयो । महामन्त्री शर्मा नेतृत्वमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.स्वर्णिम वाग्ले,डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत ४१ सदस्यीय समितिले एक महिना लगाएर घोषणापत्र तयार पारेको हो । यस्तै, नेपाली काँग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने सङ्कल्प पनि गरेको छ । विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेत्र मुक्त बनाउने, विद्यार्थीलाई शैक्षिक ऋण, सामुदायिक स्कुलको व्यवस्थापन, निजीको शुल्क अनुगमन, माध्यमिक तहसम्म आवास सहित निशुल्क शिक्षा, एक विद्यालय एक दलित शिक्षकको नीति लागू गर्ने जस्ता विषयहरूसङ्कल्प पत्रमा छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित