spot_img

ढोरपाटन नगरपालिका वडा नं. १ ले वडा भित्र टोल विकास संस्था निमार्ण गर्ने ।

बिनोद विश्वकर्मा,बुर्तिवाङ

ढोरपाटन नगरपालिका वडा नं. १ ले आफ्नो वडा भित्र टोल विकास संस्था निमार्ण गर्ने भएको छ ।

टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०७४, मा रहेर वडाका नागारीक बिचमा भएका समस्याको समाधान तथा पहिचाको लागि वडा कार्यालय र टोल विकास संस्थाले समन्वयकारी भुमिका रहने गरी टोल विकास संस्था निमार्ण गर्न लागेको ढोरपाटन नगरपालिका वडा नं १ का वडा सदस्य गोपाल महतले जानकारी दिए ।

वडाले गत शुक्रबार वडा भित्रका बौद्धिक वर्ग ,विभिन्न पार्टीका प्रतिनिधि समाजसेवी,अगुवा कर्मीलाई भेला गरेर संस्था निमार्णको लागि सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले टोल विकास संस्थाको सिमा निर्धारण गर्दा भुगोल,घरधुरी संख्या र जातिय सन्तुलनलाई मिलाई सडक, खोला, खोल्सा तथा सार्वजनिक स्थलहरुलाई अन्तिम बिन्दु बनाएर सिमा निर्धारण गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा समाजसेवी गुन्ज बहादुर भन्डारी,हिरालाल पौडेल,कमल भुषाल,पदम बहादुर वि.क.चुनमान दर्जी,झक प्रसाद वि.क.,हेम प्रसाद वि.क.,नर बहादुर कुमाल,सरण पाण्डे,खगीसरा पण्डे लगाएतले आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा आएका सुझावलाई वडा समितिले छलफल गरी कार्यन्वयनमा लग्ने वडा सदस्य गोपाल महतले जानकारी दिए ।

करीव ६० जना स्थानियको सहभागिता रहेको थियो । वडाले पहिलो पटक सस्था निमार्णको अभ्यास गर्न लागेको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताए ।

कार्यक्रम वडा अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता र वडा सचिव देवेन्द्र बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित