
बिनोद विश्वकर्मा ,बुर्तिवाङ
बागलुङ क्षेत्र नंं.२ (ख) का जसपाका उम्मेदवार गंगा बहादुर घर्तीले नेकपा एमालेका उम्मेदवार लक्ष्मण पुनलाई समर्थन गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन मार्फत घर्तीले केन्द्रमा पनि एमाले र जसपाको तालमेल भएको कारण पनि समर्थन गरेको बताएका थिए । घर्तीले अहिलेको चुनाव ग्याङ्ग फाईट भएको कारण पनि एमाले र जसपाले तालमेल गर्न पर्ने अवस्था सृजना भएको बताएका छन् ।
एमालेका उम्मेदवार लक्ष्मण पुनले घर्तीको समर्थनले आफ्नो जित सुनिश्चित भएको दावी समेत गरेका छन् ।