निर्वाचन जितेपछि जनताको काम जिम्मेवारी पूर्वक गर्छु , तलव भत्ता लिन्न : दोर्ण कुवंर

कात्तिक १ गते
साझा गठवन्धनबाट बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) का उमेदवार दोर्णकुमार कुवंरले मंसिर ४ को निर्वाचनमा यस क्षेत्रको विकास र समृद्धिका निम्ती आफुलाई जनताले जिताउनुको विकल्प नभएको बताउँदै सांसद भएपछि सेवा सुविधा वापत कुनैपनी तलव भत्ता नलिने प्रतिबद्धता जनाउनु भएको छ ।
आफु जनताको निम्ती काम गर्न प्रदेश सभामा जाने र जनताको समस्या , गुनासो यस क्षेत्रलाई विकास र समृद्धिमा अगाडी बढाउन जिम्मेवारी पूर्वक काम गर्ने बताउंदै तलव भत्ताको सुविधा नलिने उद्घोष गर्नुभएको हो ।
विकास निर्माण गरीवी उन्मुलन, प्रशासनिक निकायको विकास , सडक, कृर्षि, प्रर्यटन, स्वरोजगार जस्ता विकासका पूर्वाधारबाट यस क्षेत्र पछि परिरहेको छ मैले करिव १० बर्षदेखि यस क्षेत्रको विकासका निम्ती कुनै पदमा नरहंदा पनी काम गर्दे आएको छु अव पनी सेवा सुविधा नलिने गरी जनताकै काममा पाँच बर्ष तल्लिन रहने बताउँदै काम गर्ने अवसर दिन मतदातालाई आग्रह गर्नुभयो ।
धेरै काम गनुपर्ने योजना मेरो छ त्यसैले यसपटकको निर्वाचनमा जनताले जिताएर पठाएमा सँघिय सांसद संग सम्मोन्य गर्दे जनताका समस्या र आवस्यकतालाई पहिलो प्राथमिकता दिएर अगाडी बढ्ने बताउनु भयो ।
साझा गठवन्धनको तमानखोला गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे कुवंरले जिल्लाकै दुर्गम रहेको तमानखोला गाउँपालिकाको विकासमा समेत आफुलाई थप चिन्ता र चासो रहेका कारण गाउँपालिकाको सदरमुकाम सम्म पक्कि सडक निर्माण, बोङगादोभान, तमान, म्याग्दी सडक कालोपत्रे, नर्जा खुंखानी सडक व्यवस्थापन, मोटरेवल पुल निर्माण, प्रर्यटन प्रर्वधन, कृर्षि , शिक्षा र स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अगाडी बद्ने प्रतिबद्धता जनाउनु भयो ।
देशमा प्रतिगमनकारी तत्वलाई परास्त गर्न, संविधानको रक्षा, जनतालाई शुसाशन दिलाउनका निम्ती गठवन्धन हुन पुगेको बताउँदै स्थानिय , प्रदेश र संघिय सरकार भएपछि मात्रै यस क्षेत्रको विकास हुने प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित