कात्तिक १
पाँचदलिय साझा गठवन्धनको तर्फदेखि बागलुङ क्षेत्र नं. २ प्रतिनिधी सभाका उमेद्वार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशलाई प्रतिगमनकारी तत्वबाट जोगाउन, जनताको जननिर्वाचित संविधानलाई ध्वस्त पार्ने षड्यन्त्रकारी तत्वबाट जोगाउन भएको बताउँदै देशको विकास र समृद्धि गठवन्धनले गर्ने बताउनु भयो ।
राजनैतिक रुपले वैचारिक पृथकता हुँदा हुँदै पनी साझा मुद्धामा एकठाउँमा पाँचदल हुन पुगेको बताउँदै देशलाई विध्वसं पार्ने तत्वबाट जोगाएर प्रदेश र सँघमा गठवन्धनको सरकार वनेको बताउँदै गत स्थानिय तह निर्वाचनमा समेत गठवन्धनले जित हासिल गरेको बताउंदै मंसिर ४ गते हुन लागिरहेको प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा समेत साझा गठवन्धन निर्वाचनमा होमिएको बताउनु भयो ।
अहिले सम्मको उपलब्दी गुम्न सक्ने खतरालाई मध्यनजर राख्दै गठवन्धन भएको बताउँदै देशको विकास र सुशासन र मार्ग प्रसस्त पार्नका निम्ती गठवन्धन अवको कम्तिमा पाँच बर्ष सम्म रहने बताउनु भयो ।
देशका अधिकांस ठाउँमा गठवन्धनले जित हासिल गर्ने बताउँदै बागलुङका ४ प्रदेश सभा र २ प्रतिनिधी सभामा समेत सानदारका साथ जित हासिल गर्ने घोषणा गर्नुभयो । क्षेत्र नं. २ का जनताका समस्या, यहाँको विकास र समृद्धिका निम्ती आफुहरुले धेरै काम गर्न बाँकी रहेको बताउँदै शिक्षा, स्वास्थ, सडक, मोटरेवल पुल, कृर्षि, रोजगार जस्ता महत्वपूर्ण विषयलाई आफु र प्रदेश सभा (ख) का उमेद्वार जुझारु युवा दोर्ण कुमार कुवँरले मिलेर विकास गर्ने प्रतिबद्धता जनाउनु भयो । शिक्षा क्षेत्रमा केही काम भएको छ । सडक पूर्वाधार विकासका काम पनी कतिपय निर्माणका चरणमा छ न अझैपनी यहाँका समस्यालाई आफुहरुले मिलेर सम्वोधन गरीने बताउनु भयो । तमानखोला गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दे मन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
प्रतिगमनको अन्त्य संविधानको रक्षा र देश विकासका निम्ती गठवन्धनको विकल्प छैन मन्त्री पौडेल

