
असोज २६ गते बुर्तिबाङ
पाँचदलिय साझा गठवन्धन क्षेत्र नं. २ बागलुङको आगामी मंसिर ४ गते हुने प्रदेश सभा र सँघिय सभा निर्वाचन तयारी व्यापक रुपमा अगाडी बढाएको छ ।
निर्वाचनलाई भव्य सभ्य र सानदार रुपमा सफल पार्दे प्रतिगमनको अन्त्य, लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताको जर्गेना साथै यस क्षेत्रको विकासका निम्ती आफना उमेद्वारलाई विजयी गराउन मंगलबार उमेद्वार सहित दलिय प्रतिनिधीको बैठकले निर्वाचनलाई सफल पार्न विभिन्न रणनितीक योजना अगाडी बढाएको हो ।
गठवन्धनको तर्फदेखि सँघिय सभा निर्वाचन क्षेत्र नं. २ बागलुङका उमेद्वार माननिय शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल, क्षेत्र नं. २ प्रदेश सभा (क) का उमेद्वार जित बहादुर शेरचन, प्रदेश सभा (ख) तर्फका उमेद्वार दोर्णकुमार कुवँर सहित पाँच दलका नेता तथा जिम्मेवार व्याक्तिको उपश्थितीमा बैठक बस्दै निर्वाचन तयारी विषयक छलफल र योजना तय गरीएको हो ।
नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र , राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको विचमा व्यापक छलफल गर्दे साझा उमेद्वारलाई विजयी गराउन सबै तह र तप्काबाट सक्रिय पुर्वक लाग्ने, निर्वाचन प्रचार प्रसार, निर्वाचन, परिचालन, सम्पर्क कार्यालय स्थापना, चियापान कार्यक्रम लगाएतका विषयलाई तत्काल अगाडी बढाउने, जनताको निम्ती काम गर्न सक्ने र महत्वपूर्ण आवस्यकताका विषयलाई घोषणा पत्रको रुपमा लिएर जाने लगाएका विषयमा छलफल गर्दे विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरीएको हो ।
पाँचदलीय गठवन्धन प्रतिगमनको अन्त्य र राष्ट्रियताको रक्षा, लोकतन्त्र र संविधानको जर्गेनाका निम्ती रहेका कारण निर्वाचनलाई शानदार रुपमा जित आफनो पक्षमा लिने गरी अगाडी बढ्ने साझा निर्णय भएको हो ।