क्षेत्र नं. २ बागलुङबाट उमेद्वारी दिएका ३ जनाको मनोनय दर्ता खारेज

असोज २३ गते
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फदेखि क्षेत्र नं. २ बागलुङबाट प्रदेश सभा र प्रतिनिधी सभामा मनोनयन दर्ता गराएका ३ जनाको मनोनयन दर्ता खारेज भएको छ ।
प्रतिनिधी सभामा मनोनयन दर्ता गराएका अञ्चल शाही, प्रदेश सभा (क) तर्फ संकर खरेल र प्रदेश सभा (ख) तर्फ मनोनयन दर्ता गराएका शान्ता कुमारी चन्दको मनोनय दर्ता खारेज भएको हो । गत स्थानिय तहमा उमेद्वारी दिएका तर निर्वाचन आयोगमा जरिवाना नतिरेका कारण उनिहरुको उमेद्वारी दर्ता खारेज भएको हो ।

कम्प्युटर सिस्टममा इन्ट्रि गर्दा जरिवाना नतिरेको देखिएपछी मनोनयन दर्ता खारेज भएको निर्वाचन सहायक अधिकृत ऋषिराम रिजालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित