निर्वाचनलाई मर्यादित बनाउन ढोरपाटनमा निर्वाचन अधिकृतद्धारा सर्वदलीय बैठक

छविलाल पाण्डे ÷असोज २२
आइतबार हुने प्रदेश तथा सँघिय सभा निर्वाचनको मनोनयन दर्ता तथा निर्वाचन आचार संहिताको विषयमा शनिवार निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका २ मा सर्वदलीय सर्वपक्षिय छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका निम्ती भोली उमेद्वारले मनोनयन दर्ता गर्दे छन । बिहान १० देखि सांझ ५ बजेसम्म मनोनयन दर्ताको समय रहेको र मनोनयन दर्ता देखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म उमेद्वार तथा दलले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विषयमा निर्वाचन अधिकृत वाबुराम पाण्डेले प्रस्ट पार्दे निर्वाचनलाई मर्यादित, भयरहित ,अनुसाहित रुपमा सम्पन्न गर्न सवैले आफनो कर्तव्य पालना गर्नुपर्ने बताउनु भयो ।
निर्वाचनमा सहभागि हुन मनोनयन गर्दा पालना गर्नुपर्ने प्रकृया , निर्वाचन प्रचार प्रसारको समयमा उमेद्वार तथा दलले पालाना गर्नुपर्ने नियन तथा नियम उल्लंघन गरेमा हुने जरिवाना तथा सजायका वारेमा समेत निर्वाचन अधिकृत पाण्डेले प्रस्ट पार्नुभयो ।
कार्यक्रमका अवसरमा निर्वाचन सहायक अधिकृत ऋषिराम रिजाल ,इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख ,नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, नेपाल स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।
यसपटक क्षेत्र नं. २ बागलुङ प्रदेश र सँघिय निर्वाचनको मनोनयन दर्ता र मतगणना यसपटक ढोरपाटन नगरपालिका २ बुर्तिबाङ, कुत्थाप्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित