बुर्तिबाङ राईजिङ युवा क्लवको २० औँ बार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेलाको शुक्रबार औपचारिक उद्घाटन ।

बिनोद विश्वकर्मा बुर्तिबाङ
बुर्तिबाङ राईजिङ युवा क्लवको २० औँ बार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेलाको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।
गत मंगलबार बाट सुरु भएको कार्यक्रमको आज औपाचारिक रुपमा नेपाली काँग्रेस बागलुङ जिल्ला सभापति तथा बागलुङ जिल्ला क्षेत्र नं २ ख का गठवन्धनका तर्फबाट प्रत्यासी जित बहादुर सेरचनले प्रमुख अतिथिकोे रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सेरचनले आफु चुनावको मैदानमा रहेको हुदा जनता सङ्ग भोट माग्दै गर्दा जनताको धेरै समस्या रहेको र समस्याको समाधान गर्छु भन्दा जनतालाई पत्यार नलाग्ने भन्दै गर्दा गरिवी बेरोजगारी समस्या धेरै रहेको र त्यासलाई समाधान गर्न जनताले त्यस्तो व्याक्ति छनौट गर्नु पर्ने बताउनु भयो ।

निर्वाचन जितेर गए पछि फर्किएर गर्ने कामको योजना नबनाए जनताले नपत्याउने बताउनु भयो । कार्यक्रममा थप बोल्दै सेरचनले यो मुलुकमा अहिले ४० लाख युुवा बैदेशिक रोजगारमा जान बाध्य भएका छन् र अव ५० लाख युवा बिदेशिना बाध्य हुन सक्ने खतरा बढेकाले मञ्चमा उभिएर ठुलाठुला कुरा गर्ने सबै सचिन अवाश्यक रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेस केन्द्रीय माहाधिवेसन प्रतिनिधि तथा बागलुङ क्षेत्र नं २ ख का गठवन्धन बाट प्रत्यासी दोर्ण कुमार कुवँरले आफु यस क्षेत्रको जनताको समस्या संग प्रत्यक्ष रुपमा चिने जानेको हुदा समस्या समाधन गर्न लाई पत्यासी भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रमा प्रदेश २ ख का का स्वातन्त्र उम्मेदवार नर बहादु गुरुङ ,क्षेत्र नं २ का स्वातन्त्र उम्मेदवार तुल्सीराम अर्ययाल,क्षेत्र नं २ ख का ज स पा बाट उम्मेदवार गंगा बहादुर घर्ती, समानुपातिक उम्मेदवार दिलमायाँ पौवी, लगायतले क्लवको लागि सुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका उप प्रमुख धन बहादुर कायत ,निसीखोला गाउँपालिका प्रमुख सुर्य बहादुर घर्ति, तमानखोला गाउपालिका प्रमुख जोकलाल बुढा ,गलकोट नगरपालिकाकी पुर्व उप प्रमुख रेनुका काउछा, समाजसेवी देवेन्द्र कुमार घर्ति लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममाको बीचमा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधिको बीचमा भएको मैत्रिपुर्ण भलिबल प्रतियोगिता निसीखोला गाउँपालिकाका जनप्रतिनिधिले जित हातपारेका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष समशेर विश्वकर्माको अध्यक्षता कल्वका कोषाध्यक्ष मिथुन विश्वकर्माको स्वागत र कलाकार राजेस बर्देवाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कल्वका पुर्व अध्यक्षलाई प्रमुख अतिथि द्धारा दोसल्ला र माला लगाएर अतिथसम्मान गरिएको थियो ।
कल्वले खुल्ला पुरुष भलिवल प्रतियोगिता,महिला भलिवल प्रतियोगिता,सरायँनाच प्रतियोगिता,सामुहिक नृत्य,एकल नृत्य तथा रस्साकस्सा प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेकोमा छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img