ढोरपाटन समाज युकेद्वारा भोटेकोशी बाढी पीडितलाई राहत वितरण ।

ढोरपाटन समाज युकेद्वारा रसुवाको भोटेकोशीमा आएको बाढी पीडितका परिवारलाई आइतबार राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । रोजगारीको सिलशीलामा युकेमा रहेका नेपालीहरुको सहयोगमा आज एक कार्यक्रमकाबिच बागलुङको बुर्तिबाङमा राहत वितरण गरिएको हो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका नागरिकका परिवारलाई राहत वितरण गरिएको हो । रसुवाको अपर त्रिशुली हाइड्रोपावर २१६ मेगावाट, ड्यामसाइड, हाकुवेशीमा कार्यरत भइ बेपत्ता भएका तमानखोला गाउँपालिकाका पदम बहादुर घर्तिको श्रीमति मनकुमारी घर्तिमगरलाई, इन्द्रकुमार बि.कको श्रीमति दालमाया रसाइलीलाई, विष्णु घर्ति मगरको श्रीमति बिनिता बि.क., भीम बहादुर छन्त्यालको जेठान तेजिन्द्र छन्त्याल, खडक छन्त्यालको छोरा विश्वास छन्त्याल, सञ्जय सिर्पालीको बुवा श्याम बहादुर सिर्पाली, दलप्रसाद बुढाको छोरी मनिका बुढा, लाता कामीको ठूलो बाबा बिमल गोतामेलाई, भीम बहादुर बि.क.को छोरा शान्त सिर्पाली, ढोरपाटन नगरपालिका वडा नं. ९ मसुरी घर भई बेपत्ता भएका तुल बहादुर सुनारको दाइ मुदराज बि.क.र ढोरपाटन नगरपालिका ४ का भेजेन्द्र घर्ति मगरको श्रीमति देविना घर्ति मगरलाई गरी ११ जनालाई जनही ५० हजार रुपैयाँका दरले राहत वितरण गरिएको हो ।

 


कार्यक्रममा ढोरपाटन समाज युकेका अध्यक्ष लाल बहादुर छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । बाढी पीडितका लागि आलो घाउमा थोरै भएता पनि मलम पट्टी गर्ने उद्देश्यले युकेमा कार्यरत नेपाली दाजुभाइको सहयोगमा रकम नेपालमा पठाएर सहयोग गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । आफ्नो गाउँ ठाउँका युवाहरु परिवार पाल्ने सपना बोकेर रोजगारी खोज्दै रसुवा पुगेको तर रसुवाको बाढीले उनीहरुको ज्यानसँगै सपना पनि बाढीसँगै बगेकोप्रति दुःख व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा उपस्थित तमानखोला गाउँपालिकाका कार्यपालिका सदस्य हिक्मत जक्तपुरीले आफुहरु प्रभावित क्षेत्र रसुवामा बेपत्ता नागरिकको खोजीमा गएता पनि कुनै सूचना प्राप्त गर्न नसकेर घरमा फर्किएको बताउनुभयो । पीडामा परेका नागरिकलाई युकेमा बसोबास गरेर पनि आफ्नो ठाउँका नागरिकलाई परेको समस्यामा सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । राहत पाएको रकमलाई आफ्नो छोरा छोरीको भविष्यलाई उज्ज्वल बनाउनका लागि सही ठाउँमा सदुपयोग गर्न आग्रह गर्नुभयो । हाइड्रोपावरमा काम गर्न गएका नागरिकहरु बेपत्ता भएकाले कम्पनी मार्फत् बेपत्ताहरुको छोरा छोरीको भविष्यका लागि उचित राहत उपलब्ध गराउन समन्वयकारी भुमीका सरकारले खेल्न सक्नुपर्ने बताउनुभयो ।


बुर्तिबाङमा सहजीकरण गर्नुहुने नर बहादुर गुरुङले पनि सयोग गरेकोप्रति ढोरपाटन समाज युकेका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिनुभएको छ भने राहत पाएका पीडित परिवारले पनि हार्दिक आभार व्यक्त गरेका छन् । कार्यक्रममा जाल बहादुर छन्त्याल, गंगा बहादुर छन्त्याल, पीडितका परिवार, पत्रकार लगायतको उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रमको सञ्चालन समाजका सचिव जीत बहादुर छन्त्यालले भर्चुअल माध्यमबाट युकेबाट नै गर्नुभएको थियो भने बुर्तिबाङमा सञ्चालन भने समाजसेवी नर बहादुर गुरुङले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img