नियमित १५ औँ महाधिवेशन गर्ने पक्षमा रहेको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सम्पर्क कार्यालयको आज एक कार्यक्रमकाबिच बुर्तिबाङमा उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली कांग्रेस बागलुङ जिल्ला कार्य समितिका सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले रुख चिह््न र चारतारे झण्डा अदालतमा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको नियमित १५ औँ महाधिवेशनको बागलुङ क्षेत्र नं. २ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्नेक्रममा यस्तो बताउनुभएको हो । रुख चिह््न चारतारे झण्डा न हाम्रो पक्षमा छ न कुनै अरुको पक्षमा छ यो दुईवटै पक्षमा नभएकाले यो कुरा नेपाली कांग्रेसले बुझ्नुपर्ने बताउनुभएको छ । अहिले महाधिवेशन गरेका गगन समूह पक्षको हातमा पनि रुख चिह््न र चारतारे झण्डा नभएको बताउनुभयो । आफुहरु नियमित महाधिवेशनको पक्षमा भएको बताउनुभयो ।
नेपाली कांग्रेस पार्टी विपी कोइरलाले स्थापना गरेको पार्टी, गणेशमान सिंहले अगाडि बढाएको पार्टी र किसुनजीले नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्नुभयो । गणतन्त्र नेपालमा ल्याउने र राजाबिहीनको नेपाल कल्पना गिरीजाप्रसाद कोइरलाले गरेको अरुकोहीले नगरेको र फेसबुकमा धेरै आउनेहरुले गरेको होइनन्, गिरीजाबाबुले गणतन्त्रको कुरा नगरेको भए नेपालमा गणतन्त्र नै आउदैनथ्यो भन्नुभयो । नेपाली कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन गर्नुपर्छ भन्ने दुई खेमा भएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशन ठिक की नियमित महाधिवेशन ठिक भन्ने कुरा बुझेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विशेष महाधिवेशन हुने बेला आफुहरुले नियमित महाधिवेशन गरौँ, नेपालको अहिलेको अवस्था ठिक छैन, जेनजीको मुभमेन्टमा शेर बहादुर देउवामाथि आक्रमण भएको समयमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरौँ भन्दा एक थरी पक्षका साथीहरु नमानेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस पार्टी कमजोर हुने भएकाले आफुहरु विशेष महाधिवेशनको पक्षमा नरहेको बताउनुभयो । गगन समूहमा अहङ्कार, दम्भ भएको र महाधिवेशन गरेर अगाडि बढिराखेको तर पार्टी एकताको पक्षमा नरेहेको आरोप लगाउनुभयो । यो पार्टी कुनै एक व्यक्तिको नभई गाउँमा काम गर्ने किसान, मजदुर, व्यापारी, युवा, महिला, जनजाति, दलित, मुस्लिम तथा तराइमा बस्ने थारु ल्गायत सम्पूर्णको पार्टी भएको बताउनुयो ।
त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बोल्दै विपी कोइरालाको विचार, सिद्धान्त र आदर्शबाट प्रेरित भएर नेपाली कांग्रेसमा आबद्ध भएको बताउनुभयो । कांगेस पार्टी कसैको निजी कम्पनी नभइ सबैको साझा पार्टी भएको बताउनुभयो । पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढेमा मात्र आगामी निर्वाचनमा वडा देखि प्रदेशसम्म सफलता प्राप्त गर्न सकिने बताउनुभयो । नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ति, बागलुङ क्षेत्र नं. २ प्रदेश सभा ख का सभापति मेषलाल शर्मा, क्षेत्र नं. २ प्रदेश ख का उपसभापति इन्द्र बहादुर मल्ल, जिल्ला सदस्य नहकुल कुँवर, मोहन बस्नेत निसीखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चन्द्रसिंह रामजली, ६ का अध्यक्ष हेम बहादुर बुढा, महाधिवेशन प्रतिनिधि शैलेश घर्ति लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो । कार्यक्रमको अवसरमा ¥यालीसहित बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रम बागलुङ क्षेत्र नं. २ प्रदेश सभा ख का सभापति मेषलाल शर्माको अध्यक्षता र धिरेन्द्र घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो । नियमित महाधिवेशन पक्षधर वा देउवा पक्षले मंसिरको २१ देखि २३ गतेसम्म काठ्माडौँमा नियमित १५ औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ भने गगन समूहको नेपाली कांग्रेसले १५ औँ केन्द्रिय महाधिवेसन आगामी आइतबारदेखि काठमाडौँमा नै गर्दैछ ।

















