नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ को प्रदेश सभापतिमा छन्त्याल बिजयी ।

बिहीबार सम्पन्न नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट  बागलुङ क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ को प्रदेश सभापतिमा ढालेन्द्र छन्त्याल बिजयी हुनुभएको छ । छन्त्यालले ३७४ मतमा २३८ मत लिइएर आफ्ना प्रतिस्पर्धि हेमराज जैसी र खेगेन्द्रमान पुनलाई पछाडि पार्दै निर्वाचित हुनुभएको हो । हेमराज जैसीले ८५ मत र खगेन्द्रमान पुनले ३३ मत प्राप्त गरेको नेपाली कांग्रेसले जनाएको छ । १८ मत बदर भएको थियो । सभापतिमा चयन हुनुभएका छन्त्याले पार्टी संगठनलाई थप सुदृढ गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीयस्तरमा पार्टीको संगठन विस्तारसँगै जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img