ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले विपी कोइरालाको विचार, सिद्धान्त र आदर्शबाट प्रेरित भएर नेपाली कांग्रेसमा आबद्ध भएको बताउनुभयो । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को सम्पर्क कार्यालयको बुर्तिबाङमा उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कांगेस पार्टी कसैको निजी कम्पनी नभइ सबैको साझा पार्टी भएको बताउनुभयो । पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढेमा मात्र आगामी निर्वाचनमा वडा देखि प्रदेशसम्म सफलता प्राप्त गर्न सकिने बताउनुभयो । नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । पुरानोलाई स्वीकार नगर्ने नयाँलाई मात्र प्रोत्साहन गर्ने अवस्था भएको तर कांग्रेसमा सिस्टम विधिको कुरा हुनुको साथै अग्रज नेताहरुको योगदानको पनि कदर गर्न सिक्नुपर्ने बताउनुभयो । राणा शासन, पञ्चायती व्यवस्था र राजाहरुलाई ढलाउनका सडक सङ्घर्ष, जेलनेल भोगेका अग्रज नेताहरुले गरेको योगदान इतिहासमा छर्लङ्ग भएकाले अग्रज नेताहरुलाई सम्मान गर्दै लाने र युवाहरुलाई नेतृत्वमा पु¥याउनका लागि आफुहरु लागि परेको बताउनुभयो । देउवा पक्षका नेताहरु पार्टी फुटाउन लागे भनेर गगन पक्षका कांग्रेसका मान्छेले अफवाह फैलाएको आरोप लगाउनुभयो । संविधान लोकतन्त्रलाई बचाउनका लागि कांग्रेससँगको एकतालाई बलियो बनाउनुपर्छ भनेर आफुहरु लागि परेको बताउनुभयो ।
नियमित महाधिवेशन पक्षधरको वडा अधिवेशन शनिवारदेखि सुरु हुन लागेको हो भने केन्द्रिय महाधिवेशन आगामी मंसिरको २१ देखि २३ गतेसम्म काठ्माडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

















