नियमित १५ औँ महाधिवेशन गर्ने पक्षमा रहेको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सम्पर्क कार्यालयको शुक्रबार एक कार्यक्रमकाबिच बुर्तिबाङमा उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली कांग्रेस बागलुङ जिल्ला कार्य समितिका सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले रुख चिह््न र चारतारे झण्डा अदालतमा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको नियमित १५ औँ महाधिवेशनको बागलुङ क्षेत्र नं. २ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्नेक्रममा यस्तो बताउनुभएको हो । रुख चिह््न चारतारे झण्डा न हाम्रो पक्षमा छ न कुनै अरुको पक्षमा छ यो दुईवटै पक्षमा नभएकाले यो कुरा नेपाली कांग्रेसले बुझ्नुपर्ने बताउनुभएको छ । अहिले महाधिवेशन गरेका गगन समूह पक्षको हातमा पनि रुख चिह््न र चारतारे झण्डा नभएको बताउनुभयो । आफुहरु नियमित महाधिवेशनको पक्षमा भएको बताउनुभयो ।
नेपाली कांग्रेस पार्टी विपी कोइरलाले स्थापना गरेको पार्टी, गणेशमान सिंहले अगाडि बढाएको पार्टी र किसुनजीले नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्नुभयो । गणतन्त्र नेपालमा ल्याउने र राजाबिहीनको नेपाल कल्पना गिरीजाप्रसाद कोइरलाले गरेको अरुकोहीले नगरेको र फेसबुकमा धेरै आउनेहरुले गरेको होइनन्, गिरीजाबाबुले गणतन्त्रको कुरा नगरेको भए नेपालमा गणतन्त्र नै आउदैनथ्यो भन्नुभयो । नेपाली कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन गर्नुपर्छ भन्ने दुई खेमा भएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशन ठिक की नियमित महाधिवेशन ठिक भन्ने कुरा बुझेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विशेष महाधिवेशन हुने बेला आफुहरुले नियमित महाधिवेशन गरौँ, नेपालको अहिलेको अवस्था ठिक छैन, जेनजीको मुभमेन्टमा शेर बहादुर देउवामाथि आक्रमण भएको समयमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरौँ भन्दा एक थरी पक्षका साथीहरु नमानेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस पार्टी कमजोर हुने भएकाले आफुहरु विशेष महाधिवेशनको पक्षमा नरहेको बताउनुभयो । गगन समूहमा अहङ्कार, दम्भ भएको र महाधिवेशन गरेर अगाडि बढिराखेको तर पार्टी एकताको पक्षमा नरेहेको आरोप लगाउनुभयो । यो पार्टी कुनै एक व्यक्तिको नभई गाउँमा काम गर्ने किसान, मजदुर, व्यापारी, युवा, महिला, जनजाति, दलित, मुस्लिम तथा तराइमा बस्ने थारु लगायत सम्पूर्णको पार्टी भएको बताउनुयो । नियमित महाधिवेशन पक्षधरको वडा अधिवेशन शनिवारदेखि सुरु हुन लागेको हो भने केन्द्रिय महाधिवेशन आगामी मंसिरको २१ देखि २३ गतेसम्म काठ्माडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

















