दिलीप टोमटाको खोजतलासको माग गर्दै दलित अधिकारकर्मीको टोली डेलिगेसनमा

लोकेन्द्र निरासी, बुर्तिबाङ ।

एक महिनादेखि बेपत्ता निसीखोला गाउँपालिका वडा नं। १ हर्पेका दिप टोमटा ९दिलीप० को खोजतलास र थप अनुसन्धानको माग गर्दै शुक्रबार ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा दलित अधिकारकर्मीहरुको टोली डेलिगेसन गएको छ ।

गत असोज ३ र ४ गते पनि उक्त घटनामा प्रहरी प्रशासनबाट प्रभावकारी रुपमा खोजतलास र अनुसन्धान हुन नसकेको भन्दै निसीखोला दलित सञ्जालको अगुवाईमा दलित अधिकारकर्मीहरुले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ, ईलाका प्रशासन कार्यालय बुर्तिबाङ र निसीखोला गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

निसीखोला गाउँपालिका वडा नं १ हर्पे निवासी दिलीप टोमटा गत भाद्र १६ गते देखी बेपत्ता भएको तर एक महिना बितिसक्दा समेत फेला नपरेको कारण अनुसन्धान प्रभावकारी हुनुपर्ने भन्दै दोस्रो चरणको कार्यक्रम अन्तरगत दलित अधिकारकर्मीहरुको टोलीले गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा डेलिगेसन गएको हो ।

टोमटा गत भाद्र १६ गते बेलुकी ८ बजेको समयमा घरबाट निस्केर छिमेकी साथीहरु जीवन बि।क र नारायण बि।क।को घरमा गएको र त्यहाँबाट निसीखोला गाउँपालिका १ की अर्को गाउँकी कुँवर थरकी आफ्नी प्रेमिकालाई भेट्न जान्छु भनेर साथीहरुबाट निस्किएको र त्यँही समयदेखि उनी बेपत्ता भएको बताइएको छ ।

लामो समयसम्म स्थानीय रुपमा परिवारजन र आफन्तहरुले खोज तलास गर्दा टोमटा फेला नपरे पछि प्रहरी प्रशासनमा खोजतलास गरी पाउँ भनी परिवारका सदस्यले तत्काल लिखित निवेदन दिएका थिए । टोमटा रातको समयमा साथीहरुबाट छुटिएर केटी साथीले बोलाएको छ भनी गत भाद्र १६ गते राती करिब ११ बजेको समयमा त्यहाँबाट गएको भन्ने जानकारी अनुसन्धानमा खुलेको र टोमटाको फेसबुक आइडीबाट परिवारजनले चेक गर्दा युवतीले बोलाएको र भेट्न गएको फोन तथा म्यासेन्जरमा कुराकानी भएको प्रमाणबाट समेत खुलेको जनाइएको छ । साथै मोबाईल फोनको कल डिटेलबाट समेत सो कुरा पुष्टि हुन गएको बताइएको छ । निज टोमटासङ्गै विद्यालयमा अध्ययन गर्ने कुवँर थरकी ती युुवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको छ ।

दिलीप टोमटा दलित समुदायको व्यक्ति भएको र गैरदलित समुदायकी युवतीसंगको पे्रम सम्बन्धकै कारणले उक्त घटना घटेको हुन सक्ने भन्दै यस विषयमा प्रहरीले गहिरो अनुुसन्धान गरिनु पर्ने माग राख्दै दलित संघसंस्था र दलित अधिकारकर्मीहरुले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । तर महिना दिन बितिसक्दा समेत घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन ।

शुक्रबार दलित अधिकारर्मीहरुसंग कुरा गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश कुमार शर्मा अधिकारीले घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको र छिटै सत्य तथ्य बाहिर आउने बताउनु भयो । फेसबुक आइडी, म्यासेन्जर, कल डिटेल लगायत आवश्यक अन्य स्रोतहरुबाट समेत अनुसन्धान भइरहेको र थप अनुसन्धानको लागि दिलीप टोमटाकी प्रेमीका भनिएकी ती युवती र अन्य शंकास्पद व्यक्तिहरुलाई समेत जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाइएको अधिकारीले बताउनु भयो ।

डेलिगेसन टोलीमा निसीखोला गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष कुबिर वि.क. पत्रकार एवं दलित अधिकारकर्मी लोकेन्द्र सुनार, दलित अधिकारकर्मीहरु अशोक वि.क. रोशन वि.क., संजय सुनार, विष्णु वि.क. विराज वि.क., संचारकर्मी सुमन सुनार, योगेन्द्र विश्वकर्मा, विनोद विश्वकर्मा, लोक बहादुर विश्वकर्मा, एबी खाती, लगायत थुप्रै दलित अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

घटनाको छिटोभन्दा छिटो सत्य तथ्य अनुसन्धान नगरिए आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाइने दलित अधिकारर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित