असोज १८ गते
ढोरपाटन नगरपालिका २ तारिखेतमा वस्दै आउनुभएका खिममायाको दिनचर्या झिनीया रोटी बनाएर वित्दछ । घरमा खाली गफिएर विताउने समय उहाँले झिनीया बनाउने, विक्री गर्ने र मनग्य आम्दानी गर्नेमा वित्छ । घर्तीले झिनीया रोटी बेचेर बार्षिक तिनलाख बढि आम्दानी गर्दे आउनु भएको छ । विगत ५ बर्षदेखि घरमै झिनीया बनाउन थाल्नुभएका खिममायाले उत्पादन गरेको झिनीयाले पछिल्लो समय ग्राहकको मन जित्दै गएको हो ।
निसीखोला,तमानखोला,वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका नागरीकले खिममायाले तयार पारेको झिनीया घरमै पुगेर खरिद गर्ने गर्दछन । श्रीमान रोजगारीको सिलसिलामा दुबैमा हुनुहुन्छ घरमा ४ जना बच्चा छन सबै बच्चा दिउँसो विद्यालय जान्छन तर साँझ विहान आफुसंगै झिनीया बनाउनमा सहयोग गर्दे आइरहेका छन उहाँले भन्नुभयो । श्रीमानको कमाई बचत गर्न सकिएको र आफुले गरेको मिहिनेतले घरखर्च, बालबच्चको पढाइएमा सहयोग पुगेको छ गतबर्ष तिनलाख रुपैयाँ बराबरको झिनीया बेच्नुभएका उहाँले यसबर्ष त्यो भन्दा बदि मुल्यको विक्री गर्ने गरी दशै तिहार लक्षित झिनीयाको चाङ तयार भइसकेको हो । एकलाख रुपैँयाको लागनीबाट ३ लाख पचास हजार रुपैयाँ सम्मको आम्दानी गर्न सकिने उहाँ बताउनु हुन्छ । काम सजिलो लगानी कम र लगानी डुब्ने सम्भावना समेत कम भएका कारण आफु यो व्यवसायमा लागेको उहाँले बताउनु भयो ।
केहि वर्ष पहिले विशेष गरी तिहार पर्वमा झिनीया खरिद हुने गरेकोमा पछिल्लो समयमा अन्य समयमा समेत ग्राहकको रोजाइमा परेपछि झिनीयाले बजार पाएको छ प्रति दर्जन एक सय रुपैयाँमा विक्री गर्न सकिने ग्राहकका लागी सस्तो र छिटो बनाउन सकिने खाजाको रुपमा रहेका कारण झिनीयाको माग बढेको पाइन्छ ।
बुर्तिबाङ क्षेत्रमा झिनियाको व्यापार बद्दो, बार्षिक तिनलाख बढि आम्दानी गर्दे खिममाया

