
बिनोद विश्वकर्मा
निसीखोला दलित सञ्जाल द्धारा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ ज्ञापन पत्र बुझाएको छ ।
निसीखोला गाउँपालिका वडा नं १ निवासी दिप टोमटा (दिलिप) गत भाद्र १६ गते देखी बेपत्ता भएको तर १९ दिन बितिसक्दा समेत फेला नपरेको कारण निसीखोला दलित सञ्जालको ध्यानाकार्षण भएको भन्दै सोमबार प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
टोमटा गत भाद्र १६ गते बेलुकी ८ बजेको समयमा घरबाट निस्केर छिमेकी साथीहरु जीवन बि.क र नारायण बि.क.को घरमा गएको त्यहाँ बाट निसीखोला गाउँपालिका १ की प्रेमिकालाई भेट्न जान्छु भनेर निस्किएको र त्यँही समय देखी उनी बेपत्ता भएको हुन् ।
“स्थानिय रुपमा परिवार र आफन्तहरुले खोज तलास गर्दा टोमटा फेला नपरे पछि प्रहरी र प्रशासनमा खोज तलास गरी पाउँ भनि परिवारका सदस्यले तत्काल लिखित निवेदन समेत प्रशासनमा दिएका थिए । टोमटा रातको समयमा साथीहरु सङ्ग बाट छुट्टिएर केटी साथीले बोलाएको छ भनि रातको ११ बजेको समयमा त्यहाँ बाट गएको भन्ने जानकारी अनुसन्धानमा खुलेको र टोमटाको फेसबुक आइडीबाट परिवारजनले चेक गर्दा युवतीले बोलाएको र भेट्न गएको फोन तथा म्यासेन्जरमा कुराकानि भएको प्रमाण बाट समेत खुलेको साथै मोबाईल फोनको कलडिटेल बाट समेत सो कुरा पुष्टि हुन गएको छ । निज टोमटा सङ्गै अध्यान गर्ने कुवँर थरकी ती युुवति बिच प्रेम सम्बन्ध खुल्न आएको छ” ज्ञापन पत्रमा भनिएको छ ।
टोमटा दलित समुदायको भएको र गैरदलित समुदायको युवति सङ्गको पे्रम सम्बन्धकै कारणले उक्त घटना घटेको हुन सक्ने भन्दै यस विषयमा प्रहरीले गहिरो अनुुसन्धान गर्न समेत माग गरेको छ । प्रहरीले टोमटाको प्रेमीका भनिएकी युवतिलाई सोधपुछ गर्दा उक्त घटनाको भोलिपल्ट युवतिले टोमटा संग भएका फोन म्यासेन्जरमा भएका कुराकानि डिलेट गरी मोबाईल समेत फुटेको बताएकी छन् ,ति युवतिले यसरी प्रमाण नष्ट गर्नुको रहस्य के हो ? यसको प्रहरी किन अनुसन्धान गर्न सकेन भन्दै प्रश्न समेत ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
हस्तान्तरण पश््चात बोल्दै निसीखोला दलित सञ्जालका अध्यक्ष रिम बहादुर बि.कले घटनालाई प्रहरी प्रशासनले वेवास्ता गरेमा आन्दोलनका कार्यक्रमलाई अगाडी बढाउने बताए ।
ज्ञापन पत्र बुभ्mदै ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायव निरीक्षक ईश्वर दुलालले घटनाको बारेमा अनुसन्धान चलिरहेको र यस ज्ञापन पत्रलाई जिल्लामा पु¥याउने बताउनु भएको छ । निसीखोला दलित सञ्जालले यस बाहेक ईलाका प्रशासन कार्यलय हुदै जिल्ला प्रशासन कार्यालय बागलुङ, निसीखोला गाउँपालिका कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने सञ्जालका अध्यक्ष रिम बहादु बि.कले जानकरी गराए ।