निसीखोलाका एक युवा ६ दिन देखि सम्पर्क विहिन

बुर्तिबाङ ÷भाद्र २१ गते
बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ हर्पेका १९ बर्षिय एक युवक गत भाद्र १६ गतेदेखि परिवारबाट सम्पर्क विहिन बनेका छन ।
स्थानीय दुर्गे टोमाटाको छोरा दिलिप टोमाटा ६ दिनदेखि सम्पर्क विहिन वनेका परिवारका सदस्यको भनाई छ । घरदेखि साँझ ८ बजेतिर साथीकहाँ जान्छु भनी हिँडेका दिलिप विभिन्न ठाउँमा खोजी गर्दा समेत सम्पर्कमा आउन नसकेको निजकी दिदी हिमला टोमटाले बताइन ।
देवीस्थान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनी एकाएक सम्पर्क विहिन वनेपछी परिवारलाई निकै चिन्ता भएको र प्रहरी सहित सबैसंग खोजी कार्यको लागी अपिल गरेको हिमलाले बताइन ।
गहुँगोरो वर्ण, ५ फुट ३ इन्च उचाई, निलो ट्रयाकको ज्याकेट, कालो टिसर्ट, जिन्सको पाइन्ट र सेतो जुत्ता लगाएर हिँडेका आफनो छोराको खोजी गरी जानकारी प्राप्त भएमा ९८६७६९९०४० मा सम्पर्क गरीदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित