spot_img

नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापती गुरुङद्धारा पार्टि परित्यागको घोषणा

बुर्तिबाङ भाद्र ३० गते
नेपाली काँग्रेस पार्टीमा लामो समय योगदान पु¥याएका ढोरपाटन नगरपालिका १ का नर बहादुर गुरुङले आफु आवद्ध रहँदै आएको पार्टिबाट साधारण सदस्य समेत नरहने गरी पारित्याग गरेको घोषणा गरेका छन ।
विद्यार्थी राजनिती हुँदै २०५९ देखि २०६४ सालसम्म क्षेत्रीय सभापती समेत भएका गुरुङ पार्टिको एक सक्रिय कार्यक्रताको रुपमा काम गर्दे आएका थिए ।
गुरुङ पछिल्लो समय पार्टीले आफनो कुनै मुल्यांकन गर्न नसकेको , पार्टि भित्रै निती सिद्धान्तको खिल्ली उढाउँदै गुट –उपगुट मौलाएको ,योगदान क्षमताका आधारमा नेता कार्यक्रतालाई समेत व्यवस्थापन गर्न सक्ने नेतृत्व नहुनु र गठवन्धनका कारण पार्टिमा लामो समय सम्म योगदान गरेका नेता कार्यकर्ताको लोकतान्त्रीक पद्धती अनुसार योगदानको कदर नहुने देखेपछि पार्टीमा असन्तुष्ट रहँदै आएका थिए । आफुहरुले काँग्रेसपार्टिलाई थप मजबुद बनाउन पार्टिकै सक्षम व्याक्ति निर्वाचनमा उठाउनु पर्ने माग राख्दा समेत त्यसको सुनुवाई नभएपछि आफुलाई चित्त नबुझेकै कारण पार्टीबाट बाहिर निस्कीएको बताए ।
केहि दिन पहिले आफुले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन अन्र्तगत प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका गुरुङ विहिबार पार्टि परित्याग गरेको पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दे आफु नेपाली काँग्रसको कुनै पद तथा साधारण सदस्य समेत नरहने गरी पार्टि परित्याग गरेको घोषणा गरेका हुन । आफुले प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित