वडिगाडमा शिक्षकहरुका लागी उत्प्रेणात्मक कार्यशाला गोष्ठी

बुर्तिबाङ ÷भाद्र २१ गते
वडिगाड गाउँपालिकाको आयोजनामा शिक्षकहरुका लागी सोमबार उत्प्रेणात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अन्र्तगत रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताका निम्ती क्षमता विकास र उत्प्रेणात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले वोल्दै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भइरहेको र वर्तमान परिपेक्षमा शिक्षण सिकाईमा नविनतम विकास भएको र उत्प्रेणात्मक सिप र ज्ञानले शिक्षकलाई थउ शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, सामाजिक विकास समितीका सम्योजक दिपेन्द्र के.सी. , वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आर्चायको मन्तव्य रहेको कार्यक्रम शिक्षा अधिकृत पूर्ण बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यसैगरी मंगलबार कक्षा १० का विद्यार्थीका निम्ती उत्प्रेणात्मक कार्यशाला र बुधबार कक्षा ९ र १० का विद्यार्थी विच हाजीरी जवाफ प्रतियोगिता सञ्चालन गरीने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित