spot_img

चालकको लापरवाहीले बुर्तिबाङमा भयानक बस दुर्घटना ः एक जना घाईते, लाखौँ मुल्यको भौतिक क्षेती

बुर्तिबाङ भाद्र २४
बुर्तिबाङ बजारमा शुक्रबार विहान करिब ९ बजे बा ३ ख ९१८० नम्वरको अनियन्त्रित रुपमा भएको बस दुर्घटनाले लाखौँ मुल्यको भौतिक सम्पतीको क्षेती हुनुका साथै बजारमा सवारीका कारण हुने सुरक्षामा चुनौती दिएको छ ।
बुर्तिबाङ बसपार्कदेखि चलाइएको बस एकाएक अनियन्त्रीत भएपछि सडक छेउँमा रोकी राखिएका ग १ च ७६९ र लु २ च ४७५४ नम्वरका दुई पिकअप जिप, ध १ ज ८७७ नम्वरको १ ट्याक्सी, १ रुकुटर र ध १ प ९५०८ नम्वरको १ मोटरसाइकलमा क्षेति पुर्याउँदै स्थानियले पसलमा विक्रीका लागी राखेको तरकारी, फलफुल, कपडा पूर्ण रुपमा नष्ट हुनुका साथै एक घरमा क्षेती भएको छ घटनाकै कारण बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली. का कर्मचारी विरबहादुर कुवँर घाइते हुनुभएको छ । कुवँरलाई थप उपचाका लागी मणिपाल अस्पत्ताल रिफर भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीको भनाई छ ।
अत्याधिक भिडभाड हुने बुर्तिबाङ बसपार्क देखि परिवर्तन चोक सम्म करिव ३ सय मिटर अनियन्त्रीत रुपमा गुडेको बस कल्पना फलफुल पसल भएको घरमा ठोकिएपछि मात्रै नियन्त्रमा आयो घर पूर्ण रुपमा क्षती भएको छ । सयौँ मानिस ओहोर दोहोर गर्दे गरेको सडकमा एक्कसी अनियन्त्रीत रुपमा बस आएको थाहा पाएपछि सडकमा हिँडेका यात्रु भागाभाग गरेर ज्यात त जोगाउन सफल भए तर सवारीका साधन , पसल र घरमा गरी लाखौँ मुल्यको क्षेती हुने गरी बस दुर्घटनाले असुरक्षाको चुनौती दिलायो । बसमा चालक थिए वा सहचालक अझै एकिन भएको छैन । दुर्घटना पश्चात सवारी चलाएका व्याक्ति फरार रहेको र खाजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । कतिपयलाई सामान्य चोट समेत लागेको छ ।
कसरी भयो त घटना ः
इलाका प्रहरी कार्यालय बुर्तिबाङको ठिक अगाडी बसपार्क देखि एकजना व्याक्तिले बस चलाएर बसपार्कदेखि मुनिको ओरालो तर्फ ल्याए तव बसमा व्रेक नलागेकै कारण ओरालो सडकमा अनियन्त्रीत भयो इलाका प्रहरी कार्यालय अगाडी एकजना अशक्त व्याक्ति घस्रिएर हिँडेको देखेपछि उनलाई बचाउनकै लागी बस सिधै ओरालो मोडीयो जवकी बस कुनै हालतमा ति बस चलाएका व्याक्तिले रोक्न सकेनन् ओरालोमा रप्तारमा गुड्यो र सिधै घरमा ठोकीएर बस रोकीएको पाइएको छ ।  प्रत्यक्ष दर्सीको भनाई  अनुसार बसमा चालक नभएर हेल्फर रहेको बताइएको छ बस चलाएका उनि दुर्घटना पश्चात बस रोकिएपछि बसबाट निक्लीएर भागेको बताइएको छ । प्रहरीले  यस विषयमा चालकको खोजी अनुसन्धान भइरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित