spot_img

“जनताले प्रदेशको,केन्द्रको र स्थानिय सरकारको मात्र आशा गरेर हुदैन आफ्नो ठाउँको विकासको लागि आफै अगाडी बढ्नु पर्छ, सांसद शाही ।

बिनोद बिश्वकर्मा बुर्तिबाङ
गण्डकी प्रदेश मामिला सभापति तथा बागलुङ क्षेत्र नं २ (ख) का सांसद खिमविक्रम शाहीले जनताले आफ्नो ठाउँ बनाउन प्रदेशसरकारको तथा पालिकाको मात्र आशा राखेर मात्र विकास नहुने बताउनु भएको छ ।

निसीखोला गाउँपालिका वडा नं ४ स्थित बृहस्पति युवा क्लवले आयोजना गरेको तिज बिशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद शाहीले यस्तो बताउनु भएको हो । सांसद शाहीले आफ्नो ठाउँको विकास गर्नको लागि सोही ठाउँको जनता चनाखो भएर काम गर्नु पर्ने बतानु भयो ।

“जनताले प्रदेशको,केन्द्रको र स्थानिय सरकारको मात्र आशा गरेर हुदैन आफ्नो ठाउँको विकासको लागि आफै अगाडी बढ्नु पर्छ ”सांसद शाहीले भन्नुभयो । कार्यक्रममा थप बोल्दै शाहीले संघ र प्रदेशसभाको चुनाव नजिकिएको हुदा जनताले आफुलाई अनुकुल सांसदलाई जिताउने कुरामा बिश्वास व्याक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित