
साउन २५ गते
ढोरपाटन नगरपालिका ५ बुढाथोक नजिकै गयराती खसेको पहिरोले करिव एक घण्टा भुजिखोला थुनेको हो । सोमबार रातको करिव ८ः३० बजेतिर खसेको पहिरोले स्थानिय कृषकको खेत पुर्नुका साथै खोला थुनिदा केहि समय ताल वन्यो र स्थानिय बासिन्दालाई तहसनहस भागाभाग सम्म बनायो त्यसको प्रभाव नजिकैको बुर्तिबाङ बजार सम्म प¥यो ।
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सडक देखि करिव एकसय मिटर माथिदेखि खसेको उक्त पहिरो अत्याधिक ढुँगा सहित भएका कारण खोलानै थुनियो १ घण्टापछि विस्तारै थुनिएको भाग क्रमश फुटेर खोलाले गति लिएका कारण अन्य क्षती हुन नपाएको स्थानियको भनाइ छ ।
पहिरोका कारण बुर्तिबाङ –ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ । सोमबार दिनभर पानी परेको थिएन पहिरो जान सक्ने सम्भावना अझै छ खसेको पहिरो समेत खोलाले बगाएको छैन भारि बर्षात हुँदा नदि टटिय क्षेत्रमा अझै खतरा हुन सक्ने स्थानियको भनाई छ ।