spot_img

ढोरपाटन २ मा चितुवाले एकै रातमा सखाप पा¥यो एकसय असी कालिज

साउन २४

ढोरपाटन नगरपालिका २ मा आइतबार कालिज फार्ममा चितुवा पस्दा एकै रातमा एकसय असी कालिज नस्ट गरेको छ ।
ढोरपाटन नगरपालिका २ सलामकोटमा तुल्सिराम कँडेलले सञ्चालन गरेको सानो स्वर्ग पँक्षि पालन फार्ममा अण्डा दिइरहेका र भाले जातका १८० कालिज चितुवाले नस्ट गरेको सञ्चालक कँडेलले बताए ।
फार्मको जालि टोडेर पसेको चितुवाले केहि मात्रामा कालिज खाएको र केहि मारेर नस्ट गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङले तयार पारेको मुचुल्का अनुसार करिव चारलाख रुपैयाँ बराबरको क्षेति भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित