एसईई परीक्षाको ग्रेडवृद्धि ः उत्तरगंगा मा विमा ८ सय ३२ बिद्यार्थी सहभागी ।।

बिनोद बिश्वकर्मा बुर्तिबाङ
माध्यामिक शिक्षा परिक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा पहिलो दिन सम्पन्न भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो । यसैबीच ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक बिद्यालयमा पनि पहिलो दिनको परिक्षा सम्पन्न भएको छ ।
पश्चिम बागलुङका ४ पालिकाका बडिगाड गाउँपालिकाका २ बिद्यालय बाहेक ३२ बिद्यालयको परिक्षार्थिहरुले परिक्षा दिएका छन् । पहिलो दिन ७ वटा बिषयका ८ सय ३२ बिद्यार्थी सहभागि भएका थिए । आईतबार पनि ९ वटा विषयका ५ सय ६० परिक्षार्थी सहभागी हुने उत्तरगंगा माध्यामिक बिद्यालयका प्रध्यानध्यापक ईश्वरी पौडेलले जानकारी दिनु भयो ।

बिहान ८ बजेदेखी परिक्षा सञ्चालन हुने भने पनि अनलाईन प्रश्नपत्र व्यावस्थापनको लागि बिद्युतमा समस्या भए पश््चात भन्डै लिल्लाभर डेड घण्टा ढिला गरी सञ्चालन भएको प्रा अ पौडेलले बताउनु भयो ।
ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् । बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा सम्पन्न भएको छ ।
ग्रेड वृद्धि परीक्षाका लागि कार्यालयले ५ भदौसम्म आवेदन दिन आव्हान गरेको थियो। एसइईको नतिजा ११ साउन २०७९ मा सार्वजनिक भएको थियो। परीक्षा ९ वैशाख २०७९ देखि सञ्चालन भएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img