सेवा प्रवाह, विकास निर्माण र विषयगत शाखाको प्रगति (बुँदागत विवरण)
प्रशासन तथा योजना शाखा
- रु. ३३ लाख ४५ हजार ७८ रुपैयाँ ७५ पैसा राजस्व संकलन।
- वडा नं. १–६ तथा गाउँपालिका कार्यालयबाट नियमित राजस्व संकलन।
- १६ नयाँ व्यवसाय दर्ता तथा ६२ व्यवसाय नवीकरण।
- १२ नयाँ संस्था दर्ता तथा १४ संस्था नवीकरण।
- प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका १४ स्थायी कर्मचारी नियुक्ति।
- ९ रिक्त पदमा करार कर्मचारी पदपूर्ति।
- संगठन तथा व्यवस्थापन (O&M Survey) सम्पन्न तथा गाउँसभाबाट स्वीकृत।
- जनप्रतिनिधि तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन।
- २४ स्थायी कर्मचारीको PIS दर्ता।
- नीति, योजना, कार्यक्रम तथा बजेटको GESI परीक्षण सम्पन्न।
- गाउँपालिकाका ६ स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न।
- मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम तथा न्यायिक समितिको इजलास व्यवस्थापन सुदृढ।
- भू–उपयोग क्षेत्र वर्गीकरण कार्य सम्पन्न।
योजना तथा अनुगमन
- चालु आर्थिक वर्षमा १३९ योजना सञ्चालन।
- ९ ठेक्का योजना (७ सम्पन्न, १ निर्माणाधीन, १ सम्झौता अन्त्य)।
- १५ कोटेसन योजना सबै सम्पन्न।
- ११५ उपभोक्ता समिति योजना (१०६ सम्पन्न, ८ सम्झौता नभएका, १ फिर्ता)।
- ५ लाखभन्दा कम लागतका योजना वडा स्तरबाट तथा बढी लागतका योजना गाउँपालिका स्तरबाट नियमित अनुगमन।
- बोङ्गादोभान–बोगालबानी–बोरापाट सडकको DPR तयार।
पूर्वाधार विकास
- १०,५३३ मिटर नयाँ सडक ट्र्याक निर्माण।
- ७,६६३.२७ मिटर सडक स्तरोन्नति।
- ५६१ मिटर नाली निर्माण।
- ६ वटा कल्भर्ट निर्माण।
- बोङ्गादोभान–बोगालबानी–बोरापाट सडकमा ढलान, पक्की नालीसहित स्तरोन्नति जारी।
- गाउँपालिका प्रशासनिक भवन तथा वडा नं. ३ र ६ का वडा कार्यालय भवन निर्माण सम्पन्न।
- वडा नं. १ स्थित जनता माविको ४ कोठे भवन र शौचालय निर्माण।
- ७६ धारा तथा ५ खानेपानी ट्याङ्की निर्माण।
- ४ सार्वजनिक ट्रस तथा भवन निर्माण।
- २ भवन मर्मत।
- ११ विद्यालयमा मर्मत तथा व्यवस्थापन कार्य सम्पन्न।
शिक्षा, युवा तथा खेलकुद शाखा
- तमानखोला गाउँपालिका कप अन्तर्गत ५ खेल विधाका प्रतियोगिता सम्पन्न।
- १७ विद्यालयका ३२५ खेलाडी सहभागी।
- शिक्षकका लागि २ दिने EMIS तालिम।
- ५ विद्यालयका ३०३ विद्यार्थीबीच अतिरिक्त क्रियाकलाप।
- १ जनालाई उच्च शिक्षा छात्रवृत्ति।
- ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति।
- स्थानीय पाठ्यपुस्तक परिमार्जन तथा वितरण।
- सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र बालविकास सहजकर्तालाई शिक्षक झोला, विद्यार्थीलाई होमवर्क डायरी वितरण।
- विद्यालयमा प्रोजेक्टर, ल्यापटप, स्मार्ट बोर्ड, डेस्कटप कम्प्युटर वितरण।
- आधारभूत विद्यालयमा इन्टरनेट जडान गरी प्रविधिमैत्री शिक्षा प्रवर्द्धन।
महिला, बालबालिका तथा समाजकल्याण शाखा
- १० महिलालाई तरकारी खेती तालिम तथा बीउ वितरण।
- १० महिलालाई ३० दिने बुटिक तालिम तथा मेसिन वितरण।
- १० महिलालाई ३५ दिने सिलाइ–कटाइ तालिम, ५ जनालाई सिलाइ मेसिन।
- १८ एकल महिलालाई १८ वटा बाख्रा वितरण।
- अपाङ्गता भएका व्यक्तिका लागि १५ दिने मुढा बनाउने तालिम।
- १०९ ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण तथा पौष्टिक आहार वितरण।
- १३ आमा समूहलाई सम्मान।
- ६ नयाँ अपाङ्गता परिचयपत्र वितरण (कुल ७६ जना)।
- लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान।
- दलित तथा आदिवासी जनजाति सशक्तीकरण कार्यक्रम सञ्चालन।
स्वास्थ्य शाखा
- तमानखोला आधारभूत अस्पतालमा डिजिटल एक्स–रे सेवा सञ्चालन।
- गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा।
- स्वास्थ्य शिविर तथा नसर्ने रोग स्क्रिनिङ कार्यक्रम सञ्चालन।
पशु सेवा शाखा
- २३ पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान।
- डेरी उद्योग प्रवर्द्धनका लागि आवश्यक सामग्रीमा अनुदान।
- ३ कृषि तथा पशुपालन फार्मलाई गाई/भैँसी प्रवर्द्धन अनुदान।
- १०,५४४ पशुमा विभिन्न रोगविरुद्ध खोप।
कृषि विकास शाखा
- माटो परीक्षण प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरिद।
- ५०% अनुदानमा ५ कृषि फर्मलाई कम्बाइन मिल।
- वडा नं. ६ मा १ मिनी टिलर तथा १,७७६ मिटर पाइप वितरण।
- वडा नं. ४ मा प्रमाणित आलुको बीउ वितरण।
- तरकारी बालीमा रोग नियन्त्रणसम्बन्धी प्रदर्शन कार्यक्रम।
- कृषकलाई मौसमी तथा बेमौसमी तरकारी खेती तालिम तथा बीउबिजन वितरण।
- ४ कृषक समूह गठन, ८८ सदस्यलाई जैविक खेती तालिम।
- २ व्यावसायिक कृषक र ६ कृषि फर्मलाई ५०% अनुदान।
रोजगार शाखा
- वैदेशिक रोजगारीबाट फर्किएका १८ जनालाई च्याउ खेती तालिम।
- रोजगार संवाद मञ्चमार्फत ३५ जनाको श्रम स्वीकृति।
- १७ रोजगार योजना सम्पन्न।
- २८ करार कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध।
- १८ स्थानमा करिब ५०० जनालाई सुरक्षित वैदेशिक रोजगार अभिमुखीकरण।
- फर्किएका २० जनालाई पुनः अभिमुखीकरण।
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा
- सबै वडामा Biometric Verification सम्पन्न।
- रु. ७ करोड २१ लाख ३८ हजार २६१ सामाजिक सुरक्षा भत्ता वितरण।
- जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्धविच्छेदका ५५७ घटना दर्ता।
- ४०४ वटा घटना दर्ता प्रतिलिपि जारी।
तमानखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

















