साउन ७ गते
उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं . ८ सिकारु खोला बस्ने ५४ वर्षिय राम बहादुर बिक मृत फेला परेका छन ।
घरदेखी अन्दाजी ८ सय मिटर दक्षिण ढोरपाटन नगरपालिका वडा नं . ९ स्थित उतरगंगा नदीमा आफुले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका बिक सोमबार बिहान मृत फेला परेका हुन ।
बिक खोलामा बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका ९ डिजाको काठे पुलस्थित उतरगंगा खोलाको बिच भागमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राज कुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।










