ढोरपाटनका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको बिदाइ ।

 

साउन १ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीलाई मङ्गलबार बिदाई गरिएको छ ।

२०७९ असोज ५ गते ढोरपाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका ज्ञवालीको अर्थ मन्त्रालय अन्तरगत महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएसँगै नगरपालिकाले मङ्गलबार एक कार्यक्रमका बिच बिदाई गरेको हो ।

दुई महिना पहिलेनै सरुवाको पत्र आएपनि नगरपालिकामा आर्थिक वर्षको अन्त्य तर्फ रहँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत बिहिन हुने अवस्था आएपछि गत आर्थिक वर्षको कार्यसम्पादन सकेर सरुवा हुनुभएको हो ।

बिदाई कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली एक कुशल व्यक्ति रहेको बताउँदै उहाँ आएपछि नगरपालिकाको प्रशासनिक व्यवस्थापन धेरै राम्रो हुँदै गएको बताउँदै यहाँबाट सरुवा भएर गएपनि आगामी कार्यकालको सफलताको कामना व्यक्त गर्नू भयो ।

२२ महिना सम्म ढोरपाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका ज्ञवालीले कर्मचारी व्यवस्थापन देखि आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरेको स्थानीय नागरिकको भनाई छ । मङ्गलबार नै नगरपालिकामा कार्यरत इन्जिनियर सन्तोष पौडेललाई बिदाई गरिएको छ ।

ज्ञवालीको सरुवा सँगै प्रमुख प्रशासकीय अधिकृत विहीन  नगरपालिका 

ढोरपाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।

हाललाई सिनियर तहको कर्मचारी नभएका कारण निमित्तको भरमा शिक्षा शाखा प्रमुख गणेश रावललाई जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ । प्रमुख प्रशासकिय अधिकृतको व्यवस्था हुने झण्डै एक महिना लाग्ने सक्ने बताइएको हो । 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img