Home Blog Page 80

ढोरपाटन नगरपालिकाको १५ औँ नगरसभा विहीबार सकियो ।

0

बुर्तिबाङ असार २७ गते बिहीबार

ढोरपाटन नगरपालिकाको १५ औँ नगरसभा विहीबार सम्पन्न भएको छ ।

गत असार ७ गते आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम र बजेट लिएको नगरपालिकाले विहीबार आर्थिक विधेयक माथिको प्रस्तावलाई पारित गर्दे नगरसभा सम्पन्न गरेको हो । ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित नगरसभामा लेखा समिति सदस्य गोपाल महतले प्रस्तुत गर्नुभएको आर्थिक विवरण माथि सभामा छलफल भई सभाबाट पास गरेसँगै सभा सम्पन्न गरिएको हो ।

आर्थिक प्रतिवेदन अनुसार पछिल्लो आर्थिक वर्षमा नगरपालिकामा बेरुजु रकम विगतको तुलनामा घट्दै गएको, आन्तरिक कर्मचारी बढि राखिएका कारण विकास बजेटको भार पाँच देखि छ करोड सम्म कर्मचारी व्यवस्थापनमा खर्च भएको पाइएको छ ।

आर्थिक विधेयक माथि छलफलको प्रस्ताव माथि कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै नगरपालिकामा स्वास्थ्य र शिक्षा तर्फ कर्मचारी कम हुँदै सबैभन्दा बढि भार कर्मचारी व्यवस्थापनमा रहेको बताउँदै यसबर्ष देखि कुनै पनि क्षेत्रमा आवश्यकता भन्दा बढि कर्मचारी भए कम गर्ने र अति आवश्यक रहेको स्थानमा थप गर्ने गरी आवश्यक तयारी गरिएको बताउँदै सबै वडामा पुगेर अनुगमन गरिने बताउनु भयो ।

कार्यवाहक मेयर कायतले आर्थिक विधेयक माथिको प्रस्तावलाई छलफलमा लिएपनि कुनैपनि नगर सदस्यले प्रतिकृया नजनाएपछि उक्त प्रस्ताव सभाबाट पारित गरिएको हो । त्यस्तै नगरसभाले विनियोजन विधेयक पास गरिसकेको थियो ।

ढिक्का बजेट लिएको पालिकाले वडा गत योजनाको सिलिङ अनुसार चाँडै तयारी पुरा गरेर रातो किताब निकाल्ने गरी आवश्यक तयारी गरिरहेको जनाइएको छ । सभाको अवसरमा चालु बर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको छ ।

सम्मान प्राप्त गर्नेमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, सूचना अधिकारी दिपक विश्वकर्मा, सहायक लेखापाल प्रतीक घर्ति, कार्यालय सहयोगी संगिता भुसाल र बोम बहादुर कुमाललाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।

वडा नम्बर ९ का अध्यक्ष खिम बहादुर घर्तिको स्वागत, हिरालाल खनालको सञ्चालनमा सम्पन्न भएको हो । 

बागलुङको तितौरेमा घर पुरिँदा एक जनाको मृत्यु

0

बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा एक जानको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

घरमा एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको बागलुङ नगरपालिका–७ का अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो ।

विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको उहाँको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “उहाँ घरमा एक्लै बस्दै आउनु भएको थियो, राति ठूलो पानी प¥यो, घरमाथिबाट एक्कासी पहिरो झर्दा पुरिनु भएछ, विहान छिमेकीले थाहा पाएपछि बल्ल हामीले जानकारी पायौँ, अहिले प्रहरीसहित हामीहरु जाँदै छौँ, रातको समयमा हुँदा पहिरोले पु¥यो, उहाँको घर वरपर खास्सै बस्ती छैन, तत्कालै उद्धारसमेत हुन पाएन ।”

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड गल्कोटमा अवरुद्ध

0

असार २६ बागलुङ

अविरल वर्षाका कारण सडक माथिबाट आएको लेदो सहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी झाँक्रीस्थानमा सडक माथिदेखि पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

सडकमा लेदोसहितको पहिरो आउँदा गए रातीदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहे पनि केही समय लाग्ने उनले बताए ।

लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङसहित पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटदेखि पोखरा काठमाडौँ जाने यातायातका साधन ठप्प भएका छन् । पहिरोकै कारण काठामाडौँदेखि आएका रात्री बससमेत बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।  वर्षा निरन्तर भएका कारण सडक सुचारु गर्न कठिनाई भएको छ ।

पहिरोकै कारण कालिगण्डकी करिडोर पनि ५ दिन देखी अवरुद्ध भएको छ । बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोका कारण करिडोरसँगै दक्षिण बागलुङ जोड्ने अन्य सडक पनि अवरुद्ध भएका छन् ।

ढोरपाटन सिकार आरक्षको राजश्वमा बृद्धि ।

0

बुर्तिबाङ असार २४ गते

ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व सङ्कलनमा वृद्धि हुँदै गएको छ । विशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्यक बर्ष सिकार खेल्ने पर्यटकको सँखया वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य वृद्धि हुँदै जाँदा राजश्वमा वृद्धि हुन थालेको हो । ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ ।

दुई सिजनमा हन्टिङको निम्ती टेन्डर आव्हान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ । बैशाख र असोज महिनामा सिकार याम सुरु हुँदै गर्दा नाउर र झारलको सिकार भएको हो । विशेष गरी ८ वटा कम्पनी दर्ता भई उक्त कम्पनी मार्फत सिकारीले टेन्डर मार्फत सिकार खेल्ने गरेका हुन । विदेशीका निम्ती सिकार शोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका बन्य जन्तुको सिकार हुँदै आएको छ ।

गत आर्थिक बर्षमा कुल ३ करोड ४८ लाख राजश्व सङ्कलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा राजश्व वृद्धि गर्न सफल भएको हो । चालु आर्थिक बर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट , पर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख ,काठ दाउरा र नदीजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्यान्ड हुँदै गर्दा हेली कप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड ६२ लाख ३० हजार राजश्व सङ्कलन हुन सफल भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकृत मन्दिप पँगेनीले बताउनु भयो ।

आवाज मन्दिप पँगेनी सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन । प्रत्यक पाँच वर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक वर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताउनु भयो । सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन ।

प्रत्यक पाँच बर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक बर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १९ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताउनु भयो ।

ढोरपाटनकी मिनाको सुत्केरी पछि अवस्था जटिल बन्दै गएपछि हेली मार्फत उद्धार ।

0

असार २४ गते बुर्तिबाङ

सुत्केरी पछि जटिल स्वास्थ्य समस्या देखिएपछि ढोरपाटन नगरपालिका ५ की मिना बिकलाई थप उपचारका लागी हेलिकोप्टर मार्फत काठमान्डौ रिफर गरिएको छ ।

आइतबार साँझ सुत्केरी बेथा लागेपछि बुर्तिबाङ स्वास्थ्य केन्द्र आएकी २८ बर्षिया मिनाको गर्भमा रहेको बच्चा चल्न छोडेपछि स्वास्थ्य कर्मीको टिमले मृत अवस्थामा बच्चा रातिनै निकाल्न सफल भएपनि आमाको अवस्था जटिल बन्दै गएपछि थप उपचारका निम्ती काठमान्डौ पठाइएको जनस्वास्थ्य निरीक्षक केशव थापाले बताउनु भयो ।

आमाको प्रेसर अत्याधिक कम भएपछि यहाँ प्रारम्भिक उपचार गरिएको र उहाँको अवस्था जटिल हुँदै जान थालेपछि पोखराबाट हेली मगाउने तयारी गर्दे गर्दा मौसमले साथ नदिएपछि काठमाण्डौबाट हेली मगाएर सोमबार साँझ मात्रै उद्धार गरिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख नविन्द्र ढकालले बताउनु भयो । 

सोमबार बिहान देखि स्थास्थ्यमा थप जटिल समस्या आउन थालेपछि उद्धार गरिएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत र स्वास्थ्य कर्मीको  पहल गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरको सक्रियतामा राष्ट्रपती महिला उत्थान जिविको पार्जन सुधार कार्यक्रम अन्तगत हेली मगाइएको जनाइएको छ ।


गृह मन्त्रालय मार्फत नेपाली सेनाको हेलिकप्टर मगाएर सुत्केरी महिलाको साँझपख मात्रै उद्धार गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

 

लायन्स क्लब अफ ढोरपाटन द्वार वृक्षारोपण कार्यक्रम । 

0

बुर्तिबाङ असार २२ गते 

लायन्स क्लब अफ ढोरपाटनले सप्ताहव्यापी कार्यक्रम अन्तरगत ढोरपाटन नगरपालिका २ सेरामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

लायन बर्ष २०२४÷०२५ को साप्ताहिक सर्भिस कार्यक्रमअन्तरगत विभिन्न प्रजातिका बिरुवा रोपन गरिएको हो ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको नेतृत्वमा लायन्स क्लबका निवर्तमान अध्यक्ष राम प्रसाद आर्चाय लागएत पदाधिकारी, स्थानीय टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर क्षेत्री लगायत पदाधिकारी, भालुमारे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर कुवँर लगायत पदाधिकारी, कृषि समुह, बाल विकास केन्द्र लगायतको उपस्थिति मा वृक्षारोपण गरिनुका साथै स्थानीय समुदायको  अपनत्व रहने गरी रोपन गरिएको विरुवा लाई सबैले संरक्षण र जर्गेना गर्ने गरी अपनत्व लिन आग्रह गरिएको हो । 

वातावरणीय पर्यावरणलाई जोगाउनु सबैको दायित्व भएका कारण खाली भूभागमा बिरुवा रोपन गर्ने, त्यसको संरक्षण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै आगामी दिनमा सेवा भाव, समाजमा जनचेतना मूलक कार्यक्रम सँगै वातावरणीय क्षेत्रमा काम गर्ने गरी आफूहरू अगाडि बढिएको क्लब अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रममा जिल्ला वन कार्यालय बागलुङबाट घाँस प्रजाति र फलफूल प्रजातिका बिरुवा लिएर करिब एक सय बिरुवा रोपिएको हो । विभिन्न सामाजिक कार्यक्रम सक्रिय भूमिका निर्वाह गर्दे आएको क्लबले जुलाई ७ तारिखमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम तय गरेको छ ।

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका बिचमा ढोरपाटन नगरपालिकाको शैक्षिक अन्तरकृया ।

0

 असार १८ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाले मङ्गलबार सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको बिचमा शैक्षिक अन्तरकृया कार्यक्रम गरेको छ ।

ढोरपाटन नगरपालिकामा कुल ५८४ विद्यार्थीले परिक्षा दिएकोमा १४४ जना अर्थात २४.६५ प्रतिशत विद्यार्थी उर्तिण भएपछि शैक्षिक गुणस्तरको सम्बन्धमा चासो बदन थालेको हो

गत एसईई परीक्षामा ढोरपाटन नगरपालिका स्थित सामुदायिक विद्यालयको नजिता कमजोर देखिएपछि विद्यालयको अवस्था सँगै आगामी दिनमा शिक्षाको गुणस्तर उकास्न कसरी सकिन्छ भन्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख गणेश रावलले बताउनु भयो ।

नगरपालिकाले शिक्षा क्षेत्रमा पर्याप्त मात्रामा लगानी गर्दा समेत सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा सबै पक्षको कमजोरी रहेको बताउँदै अबका दिनमा सबैले अपनत्व लिने गरी जिम्मेवार बनाएर अगाडि बढिने ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

शिक्षाको गुणस्तर वृद्धि नहुनुमा विद्यालयमा रहेको समस्या के हो र आपसमा दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने भएका कारण वास्तविक समस्याको समाधान निकाल्नका निम्ती यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी सँगै स्थानीय जनप्रतिनिधि र सरकारको समेत उत्तिकै भूमिका रहने भएका कारण निरन्तर शिक्षाको विषयमा समीक्षा गर्ने, अझै प्रभावकारी हुने गरी कार्यक्रम ल्याउने र जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो भूमिका सक्रिय पूर्वक निभाउने गरी अगाडि बढाइने बताउँदै लगानी र जिम्मेवारी अनुसार परिणाम नदेखिएको खण्डमा कारवाही प्रकृया समेत अगाडि बढाउने गरी नगरपालिकाले तयारी अगाडि बढाएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

नगरपालिका भरका ५३ वटा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको उपस्थिति रहेको कार्यक्रममा विद्यालयको अवस्था, चुनौती समस्या र अवसरका विषय सँगै आगामी दिनमा सुधार गरेर जानुपर्ने विषयका सन्दर्भमा विद्यालयका प्रधानाध्यापकले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन ।

ढोरपाटन नगरपालिका सामाजिक विकास समिति संयोजक नवीन शेरचनको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, सामाजिक विकास समिति संयोजक नवीन शेरचन र शिक्षा शाखा प्रमुख गणेश रावलले विद्यालयको अवस्था र सुधारका सन्दर्भमा प्रश्न र जिज्ञासा राख्नुभएको थियो ।

कतिपय विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुमा कोभिड पछिको सबै विद्यार्थीलाई साना कक्षामा पास गराउनुपर्ने बाध्यता, अभिभावकको चासो कम हुनु, चेतनाको अभाव जस्ता कारण पनि शिक्षामा परिणाम नआएको बताएका हुन ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली,वडा अध्यक्ष लगायतको आतिथ्यता रहेको कार्यक्रम ज्ञानेन्द्र प्रसाद सापकोटाले सहजिकरण गर्नुभएको थियो । नतिजा

निसीखोला २ ले गर्‍यो अन्तर जातीय विवाह गर्ने जोडी सम्मान र विद्यार्थीलाई स्टेसनरी वितरण ।

0

असार १८ गते बुर्तिबाङ

निसीखोला गाउँपालिका वडा नम्बर २ ले सोमबार एक कार्यक्रमका बिच अन्तर जातीय विवाह गर्ने जोडी र ७ वटा सामुदायिक विद्यालयका ४२ जना विद्यार्थीलाई स्टेसनरी सहित सम्मान गरेको छ ।

वडा नम्बर २ को आर्थिक बर्ष २०८०÷८१ को कार्यक्रम अन्र्तगत वडाभरि अन्तर जातीय विवाह गरेका जोडी सहित आर्थिक रुपमा कमजोर रहि पढाईबाट बञ्चित रहेका तथा अति विपन्न परिवारका ४२ जना बालबालिकालाई स्टेसनरी ले सम्मान गरिएको हो ।

विशेष गरी दलित समुदाय र अन्य जाती बिच विवाह गरेका ६ जोडीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । समाजमा अझै पनि जातीय भेदभाव र छुवाछुत व्याप्त रहेको सन्दर्भमा त्यसलाई चिर्न र अन्तरजातीय विवाह गर्दे गर्दा समाजले हेर्ने दृष्टिकोणलाई चिर्नका निम्ती र सकारात्मक सन्देश दिने उद्देश्य स्वरुप सम्मान कार्यक्रमको आयोजना गरिएको वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।

२०७२ सालको संविधानमा निदृष्ट गरेको जातीय छुवाछुत अन्त्यका निम्ती समाजबाटै सकारात्मक स्पमा अगाडि बढ्नुपर्दछ भन्ने मान्यता अनुसार अन्तर जातीय विवाह गरेका जोडीलाई समाजले पनी सम्मान गरोस्उहाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप एक कार्यक्रमका बिच सम्मान गरिएको अध्यक्ष बिकको भनाई छ । अन्तरजातीय विवाहमा सम्मान भएका जोडीले वडा कार्यालयले यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेको धन्यबाद व्यक्त गर्दे समाजमा अझै पनि बाँकी रहेको जातीय छुवाछुत र भेदभावका निम्ती सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।

सहभागि छमकला बराल मगरले बोल्दै भन्नुभयो आफूले दलित सँग विवाह गर्दे गर्दा सुरुवाती चरणमा समाजकै कारण केही असहज भएपनि अहिले सुन्दर सन्सार बिताईरहेको बताउनु भयो । मानिस मानिस एकै भएको र जात केबल पुरुष र महिलाको मात्र रहेको बताउँदै सचेत मानिसबाट समाजमा हुँदै आइरहेको जातीय छुवाछुत र भेदबाद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमबार आयोजित कार्यक्रममा वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता,गण्डकी प्रदेशका पूर्व सांसद खिम विक्रम शाही, वडा अध्यक्ष, सामाजिक अगुवा, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । सहभागिले यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै वडा नम्बर दुई लाई धन्यबाद ज्ञापन गरेका हुन । दलित महिला सचेतना कार्यक्रमको समेत आयोजना गरेको वडाले हक अधिकार संगै भेदभाब र छुवाछुत गर्दा हुने कानुनी पाटो र त्यसको अवस्था लगाएतका विषयमा समेत जानकारी गराइएको थियो । 

प्रभा माध्यमिक विद्यालय द्धारा एसईई परीक्षामा उर्तिण विद्यार्थीलाई सम्मान ।

0


असार १७ बुर्तिबाङ

जिल्लाको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयले एसईई परीक्षामा उर्तिण विद्यार्थीलाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीले उर्तिण विद्यार्थीलाई सम्मान गर्दे थप शैक्षिक सफलताको कामना गरिएको हो ।

निसीखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा गण्डकी प्रदेश निवर्तमान सांसद खिम विक्रम शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै शाहीले प्रभा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा अझै अगाडि बढ्नुपर्ने बताउँदै उर्तिण विद्यार्थीको शैक्षिक सफलताको कामना गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका निसीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपानेले बोल्दै विद्यालयको शैक्षिक गुणस्तर उकास्न अझै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताउँदै शिक्षा गुणस्तर वृद्धि नभएसम्म देशको विकास नहुने बताउनु भयो ।

शिक्षामा राज्यले गरिरहेको लगानीलाई परिणाम मुखी बनाउन सरोकारवाला सबै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज आर्चायले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो , कार्यक्रममा विद्यार्थी संगै उत्कृष्ट नजिता ल्याउन सफल विषयगत शिक्षकलाई सम्मान गरिएको थियो । पश्चिम बागलुङमा ३.७८ जिपिय लिएर प्रभा माविका हिमाल परियारले सर्वाेकृत्ट अँक ल्याएका हुन ।

तमानखोला गाउँपालिका ४ लाम्मेलामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ।

0

बुर्तिबाङ असार १६ गते

बागलुङको तमानखोला गाउँपालिकाको आयोजनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ४ को लाम्मेलामा सम्पन्न भएको छ । प्रत्यक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दे आएको पालिकाले आर्थिक बर्ष २०८०÷०८१ को तेश्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई गरेको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका शाखा प्रमुख लगायत स्थानीय करिब ३ सय जना नागरिकको सहभागिता रहेको कार्यक्रममा स्थानीय नागरिकले सक्रिय पूर्वक आफ्नो मनमा लागेका गुनासो, सुझाव र जिज्ञासा राखेका हुन ।

करिब देड दर्जन नागरिकले राखेको धारणामा विशेषगरी कृषि, पर्यटन, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी, सडक, जलविद्युत आयोजना लगायतका विषय प्राथमिकतामा रहेका थिए ।

सहभागिबाट उदिम बहादुर छन्त्याल, दिल बहादुर सिर्पाली, जग बहादुर छन्त्याल, जसिन्द्र सिर्पाली, विष्णु सिर्पाली, दिलमती हर्मल, मनोज सिर्पाली, तेजेन्द्र सिर्पाली, ख बहादुर हर्मेल, टेकमाया सिर्पाली लगायतले आफ्नो प्रश्न, जिज्ञासा र गुनासो व्यक्त गरेका थिए ।

 

तमानखोला ४ मा रहेको सरस्वती आधारभुत विद्यालयमा ४ को भवन निर्माणमा भौतिक गुणस्तर कम भएको, ४ नम्बर वडाका केही बस्तीमा सडक सञ्जाल पुग्न नसकेको, खानेपानी, पुल आवश्यक रहेको , पालिकामा भौतिक गुणस्तर वृद्धि रहेपनि एसईई परीक्षाको नतिजाकमजोर आएका कारण शैक्षिक गुणस्तर सुधार हुन नसकेको, पालिकामा बजेट बेरुजु देखिनुका कारण, पालिकामा भएको खाजा खर्चको अवस्था लगायतका विषयमा स्थानीयले धारणा राखेका थिए ।

स्थानीय खानी सञ्चालन गर्नमा ध्यान दिनुपर्ने, तमानखोला र म्याग्दीको सिमानामा पर्ने पर्यटकीय सोले क्षेत्रमा सिमा विवाद समाधान गर्नुपर्ने, पुराना जीर्ण हुँदै गएका भौतिक संरचनामा ध्यान दिनुपर्ने लगायतका विषयमा नागरिकले सक्रिय रुपमा धारण, राखेका हुन ।

कार्यक्रममा सहभागि बाट उठेका जिज्ञासा, प्रश्न र गुनासोको सन्दर्भमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, प्राविधिक अर्जुन कुमार यादब, वडा सचिव महेन्द्र कँडेल, शिक्षा शाखा प्रमुख दुर्गा दत्त घिमिरे, कृषि शाखा प्रतिनिधि लगायतले प्रस्ट पार्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जवाफ दिँदै तमानखोला गाउँपालिकाले शैक्षिक क्षेत्रमा सबैभन्दा बढि लगानी गर्दे गर्दा पनि अझैसम्म शैक्षिक गुणस्तर माथि उठ्न नसकेको बताउँदै अबका दिनमा परिणाम मुखी शिक्षा क्षेत्रको गुणस्तर वृद्धि हुने गरी सबै सक्रिय पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

भौतिक गुणस्तर राम्रो हुँदै गर्दा शैक्षिक गुणस्तरमा पालिकाले मात्र ध्यान दिएर नपुग्ने बताउँदै शिक्षक, अभिभावक र विद्यार्थी समेत जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो । शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन समीक्षात्मक रुपमा अगाडि बढ्न आवश्यक रहेको प्रस्ट पार्नुभयो ।

त्यस्तै पालिकाले १४ लाख खाजामा खर्च गर्यो भन्ने सहभागीको प्रश्नको जवाफ दिँदै पालिकाले १ वर्षमा खाजा खर्चमा मात्रै १४ खर्च नगरेको बताउँदै विभिन्न क्षेत्रमा भएका प्रशासनिक खर्च, तालिम, लगायतमा भएको खर्चलाई एकै ठाउँमा जोड्न नहुने बताउँदै पालिकामा सामाजिक सञ्जालमा आएको जस्तो तथ्यांक नरहेको बताउनु भयो ।

पालिकाले खर्चमा मितव्ययिता अपनाइरहेको बताउँदै बेरुजु विभिन्न किसिमका हुने बताउँदै बेरुजुलाई कम गर्न पालिका सक्रिय रुपमा लगीरहेको बताउनु भयो । तमानखोला गाउँपालिकाले छुवाछुत अन्त्यका निम्ति विभिन्न प्रयास गरिरहेको बताउँदै छुवाछुत जन्य कृयाकलाप रोक्न आम मानिस सचेत हुनुपर्ने बताउँदै हालसम्म पालिकामा छुवाछुत जन्य गतिविधिका विषयमा कुनै उजुरी नपरेको बताउँदै यस्ता गैर कानुनी काम कसैले गरे सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गर्दे छुवाछुत अन्त्यका निम्ति संघीय सरकारले नै तदारुकता नदेखाउँदा सम्म त्यसलाई स्थानीय सरकारको पहलले मात्र पूर्णता पाउन नसक्ने बताउनु भयो ।

त्यस्तै प्रर्यटयिक क्षेत्रमा देखिएको सिमाना विवादको विषयमा अन्तरगत जिल्ला बिच सम्मोन्य आवश्यक रहेका कारण आवश्यक सम्मोन्य भइरहेको बताउनु भयो । सरस्वती आधारभुत विद्यालयमा विद्यालय भवन निर्माणमा कम गुणस्तर रहेको स्थानीय प्रश्नका सन्दर्भमा प्राविधक अर्जुन कुमार यादवले जवाफ दिँदै प्राविधिक स्टेमिट अनुसार काम गुणस्तर रुपमा सम्पन्न भएको र उपभोक्ता समितिले सो भन्दा बढि गरेको काम गुणस्तर हिन रहेको बताउँदै समितीले गरेको काम प्रभावकारी नहुनुमा स्वयम् विद्यालय, व्यवस्थापन समिती, उपभोक्ता समितिले ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यस्तै सहभागिले राखेका वडागत रुपमा सडक, खानेपानी, स्थानीय समस्याका सन्दर्भमा वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले बोल्दै नागरिकका आशा, अपेक्षा बमोजिम योजनाको छनौट, वर्गीकरण गर्दे विकास निर्माणका काम भइरहेको बताउँदै विकास निर्माण, र समाजमा रहेका विकृति, विसंगति न्यूनिकरणका निम्ति सबै नागरिकको भूमिका समेत महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले आर्थिक बर्ष २०८०÷०८१ को बजेट, कार्यक्रम र योजना र गाउँपालिकाले गरेका महत्वपूर्ण कामको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको स्वागत, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।