ढोरपाटन सिकार आरक्षको राजश्वमा बृद्धि ।

बुर्तिबाङ असार २४ गते

ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व सङ्कलनमा वृद्धि हुँदै गएको छ । विशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्यक बर्ष सिकार खेल्ने पर्यटकको सँखया वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य वृद्धि हुँदै जाँदा राजश्वमा वृद्धि हुन थालेको हो । ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ ।

दुई सिजनमा हन्टिङको निम्ती टेन्डर आव्हान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ । बैशाख र असोज महिनामा सिकार याम सुरु हुँदै गर्दा नाउर र झारलको सिकार भएको हो । विशेष गरी ८ वटा कम्पनी दर्ता भई उक्त कम्पनी मार्फत सिकारीले टेन्डर मार्फत सिकार खेल्ने गरेका हुन । विदेशीका निम्ती सिकार शोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका बन्य जन्तुको सिकार हुँदै आएको छ ।

गत आर्थिक बर्षमा कुल ३ करोड ४८ लाख राजश्व सङ्कलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा राजश्व वृद्धि गर्न सफल भएको हो । चालु आर्थिक बर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट , पर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख ,काठ दाउरा र नदीजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्यान्ड हुँदै गर्दा हेली कप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड ६२ लाख ३० हजार राजश्व सङ्कलन हुन सफल भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकृत मन्दिप पँगेनीले बताउनु भयो ।

आवाज मन्दिप पँगेनी सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन । प्रत्यक पाँच वर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक वर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताउनु भयो । सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन ।

प्रत्यक पाँच बर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक बर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १९ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित