बुर्तिबाङ असार २२ गते
लायन्स क्लब अफ ढोरपाटनले सप्ताहव्यापी कार्यक्रम अन्तरगत ढोरपाटन नगरपालिका २ सेरामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन बर्ष २०२४÷०२५ को साप्ताहिक सर्भिस कार्यक्रमअन्तरगत विभिन्न प्रजातिका बिरुवा रोपन गरिएको हो ।
लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको नेतृत्वमा लायन्स क्लबका निवर्तमान अध्यक्ष राम प्रसाद आर्चाय लागएत पदाधिकारी, स्थानीय टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर क्षेत्री लगायत पदाधिकारी, भालुमारे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर कुवँर लगायत पदाधिकारी, कृषि समुह, बाल विकास केन्द्र लगायतको उपस्थिति मा वृक्षारोपण गरिनुका साथै स्थानीय समुदायको अपनत्व रहने गरी रोपन गरिएको विरुवा लाई सबैले संरक्षण र जर्गेना गर्ने गरी अपनत्व लिन आग्रह गरिएको हो ।
वातावरणीय पर्यावरणलाई जोगाउनु सबैको दायित्व भएका कारण खाली भूभागमा बिरुवा रोपन गर्ने, त्यसको संरक्षण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै आगामी दिनमा सेवा भाव, समाजमा जनचेतना मूलक कार्यक्रम सँगै वातावरणीय क्षेत्रमा काम गर्ने गरी आफूहरू अगाडि बढिएको क्लब अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा जिल्ला वन कार्यालय बागलुङबाट घाँस प्रजाति र फलफूल प्रजातिका बिरुवा लिएर करिब एक सय बिरुवा रोपिएको हो । विभिन्न सामाजिक कार्यक्रम सक्रिय भूमिका निर्वाह गर्दे आएको क्लबले जुलाई ७ तारिखमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम तय गरेको छ ।