Home Blog Page 81

गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न तमानखोला गाउँपालिकाले अनुदान दिने ।

1

असार १३ गते बुर्तिबाङ

तमानखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषलाई प्रोत्साहन स्वरुप नगद अनुदान उपलब्ध गराउने भएको छ ।

गत असार १० गते प्रस्तुत गाउँपालिकाको निती तथा कार्यक्रममा रैथाने जातका गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदान स्वरुप सम्मान गर्ने उद्देश्य सहित पाँच लाख बजेट समेत विनियोजन गरेको छ ।

बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराएका ले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन यस्तो कार्यक्रम लिइएको तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो । गाउँघरमा गोरु लोपउन्मुख हुन थालेपछि आधुनिक टेलर बढ्दै गएको पाइन्छ ।

कृषि उत्पादनको वृद्धि गर्न, रोजगारीको सृजना गर्न र पर्याप्त मल उत्पादन गर्न समेत गोरु पालन व्यवसाय राम्रो रहेको भन्दै गाउँपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिने गरी यसवर्ष कार्यक्रम ल्याएको हो ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएका ले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको अध्यक्ष बुढाले बताउनु भयो ।

मिनी टेलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको र गोरु पाल्दा वातावरणीय रुपमा समेत फाइदा स्थानीयको भनाई छ ।

निसीखोला गाउँपालिका स्तरीय खेलकुद विकास समितिको सार्वजनिक सुनवाई कार्यक्रम ।

0

 असार १२ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका स्तरीय खेलकुद विकास समिति द्धारा सार्वजनिक सुनवाई गर्दे गाउँपालिका अध्यक्ष कपको आयव्यय विवरण सार्वजनिक गरेको छ ।

बुधबार निसीखोला गाउँपालिका कार्यालयको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गर्दे गत बैशाख १ देखि ६ गतेसम्म भएको गाउँपालिका अध्यक्ष कप कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । खेलकुद विकास समिति अध्यक्ष राजमान बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष कप तथा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम वडा नम्बर १ को देविस्थान माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन व्यवस्थापनका निम्ति निसीखोला गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ । समितिका अध्यक्ष राजमान बूढा द्धारा प्रस्तुत विवरणमा कुल १६ लाख ६४ हजार ८ सय २७ रुपैयाँ खर्च भएको पाइएको छ । कार्यक्रम प्रस्तावना भन्दा बढि अन्य विविध खर्च भएका कारण कुल १ लाख ६४ हजार ८ सय २७ रुपैयाँ रकम घाटा हुन पुगेको अध्यक्ष बुढाले बताउनु भयो ।

भलिबल  खेलतर्फ ४ लाख ५१ हजार, तेक्वान्डो तर्फ १ लाख १० हजार, अन्य कार्यक्रम तर्फ २ लाख ७९ हजार अफिसियल तर्फ १ लाख ५० हजार, साउन्ड सिस्टम र टेन्ट तर्फ १ लाख ७० हजार रुपैयाँ खर्च भएको पाइएको छ । त्यस्तै अन्य विभिन्न शीर्षकमा खर्च गरेको समितिले व्यवस्थापकीय क्षेत्रमा बढि रकम खर्च भएको जनाइएको हो । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउँदै देविस्थान युवा क्लब लगायत विभिन्न सहयोगी दातालाई धन्यबाद दिँदै आगामी दिनमा थप व्यवस्थित रुपमा अगाडि बढिने बताउनु भयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, नेपाली कांग्रेसको तर्फदेखि चेतराम पौडेल, नेकपा एमाले प्रतिनिधि भूमिराज घर्ती, नेकपा माओवादी केन्द्र प्रतिनिधि भीम घर्ती, राजमो प्रतिनिधि थमन घर्ती , देविस्थान युवा क्लब अध्यक्ष भरत पुन लगाएले बोल्दै खेलकुद विकास समितिले आफूले गरेको कार्यक्रमको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेकोमा राम्रो पक्षको सुरुवात भएको बताउँदै मेला महोत्सवलाई अझै व्यवस्थित गर्न फजुल खर्चमा मितव्ययिता ल्याउनुपर्ने, कार्यक्रममा पुरस्कार राशि कम गरेर भएपनि खर्चलाई व्यवस्थित गरिनुपर्ने, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्दे गर्दा कृर्षि, लघु उद्यम जस्ता महत्वपूर्ण वस्तुलाई बजारीकरणमा टेवा पुग्ने गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, उपाध्यक्ष प्रेम बहादुर घर्ती, गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गर्दे गर्दा समग्र निसीखोला गाउँपालिकाको खेलकुद सँगै कला संस्कृति, भेष भुसाको संरक्षण र सम्र्वधनमा टेवा पुग्ने बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रममा युवाहरूको सक्रियता आवश्यक रहने बताउनु भयो ।

आफ्नै विद्यालयमा कम्प्युटर सिक्दै देविस्थान मा.वि.का एस.ई ई.को नतिजा कुरेर बसेका विद्यार्थीहरू

0

बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङदेखि करिब ५ किलोमिटर पश्चिममा रहेको निसीखोला गाउँपालिका १, देविस्थान मा.वि.मा एस.ई.ई. दिएर बसेका विद्यार्थीहरू नतिजा पर्खदै कम्प्युटर सिक्दै गरिरहेका छन् । उनीहरूले एस.ई.ई. दिएपछि फुर्सदको समयलाई कम्प्युटर सिक्नमा प्रयोग गरिरहेका छन् । विद्यालयले बिहानको समयमा विद्यार्थीहरूलाई कम्प्युटर सिकाइरहेको कुरा विद्यालयका प्रधानाध्यापक झग बहादुर क्षेत्रीले जानकारी गराउनु भयो । कम्प्युटर सिक्नका लागि बुर्तिबाङ बजारलगायत अन्यन्त्र जानुपर्ने र बढी रकम खर्च गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्नका लागि विद्यालयमै कम्प्युटर सिकाउन थालिएको हो । विद्यार्थीहरूले उत्साहजनक रूपमा कम्प्युटर सिकिरहेको तथा विद्यालयमै कम्प्युटर सिक्न पाइने भएपछि अभिभावकहरूले पनि केही राहत महसुस गरेको कुरा विद्यालयका शिक्षक तथा कम्प्युटर प्रशिक्षक दिपक घिमिरेले बताउनुभयो । हाल विद्यालयमा २५ जना विद्यार्थीहरूले कम्प्युटर सिकिरहेका छन् । स्मरण रहोस् अघिल्लो वर्ष पनि विद्यालयले एस.ई.ई. दिएर बसेका ५५ जना विद्यार्थीहरूलाई निशुल्क रूपमा कम्प्युटर शिक्षा प्रदान गरेको थियो ।

एस.ई ई.को नतिजा पर्खदै, कम्प्युटर सिक्दै देविस्थान मा.वि.का विद्यार्थीहरू

तमानखोला गाउँपालिका पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा ।

0

 असार ११ गते बुर्तिबाङ

तमानखोला गाउँपालिकालाई मंगलबार पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।

पालीकामा सम्पूर्ण प्रकृया पुरा गरी १६ महिना देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूलाई पाउनुपर्ने सबै खोपको मात्रा पुरा गरेपछि पालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ तेस्रो संसोधन २०७७ अनुसार आवश्यक खोप तालिका अनुसार सबै खोपको मात्रा बालबालिकालाई दिलाउन सफल भएसँगै गाउँपालिका अध्यक्षद्वारा ब्यानर वाचन गरेर पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नुभएको हो । पालिका भर रहेका ६२६ जना बालबालिकालाई पूर्ण खोपको मात्रा पुरा गरिएका हो । वडा गत तहमा घोषणा अभियान सँगै असार १० गते पालिकालाई घोषणा गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायत कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिले ब्यानरमा हस्ताक्षर गरेर प्रतिबद्धता सहित घोषणा गरेका हुन ।

त्यस्तै पालिकाले शतप्रतिशत गर्भवती महिला नजिकैको स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने संस्थामा शतप्रतिशत वृद्धि भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएसँगै पालिका घोषणाको तयारीमा रहेको पाइएको छ । 

पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना बनाउन सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दे यसलाई दिगो बनाउन सबैले साथ दिनुपर्नेमा गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।

निसीखोला गाउँपालिका बजेट ४७ करोड : “बन,जलश्रोत,संस्कृति,पर्यटन र कृषि–सभ्य समुन्नत, सुखि र समृद्ध निसि बनाउने लक्ष्य ।

0

असार ११ गते बुर्तिबाङ

निसीखोला गाउँपालिकाको सोमबार भएका १४ औँ गाउँसभाबाट बजेट ४७ करोड १० लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

“ बन, जलश्रोत ,संस्कृति ,पर्यटन र कृषि –सभ्य समुन्नत , सुखी र समृद्ध निसि”भन्ने मुख्य नारालाई प्राथमिकता दिँदै विभिन्न लक्ष्यलाई पुरा गर्ने गरी निती कार्यक्रम तथा बजेट प्रस्तुत गरेको पालिकाले स्थानीय पर्यटकीय क्षेत्रको विकास, कृषिको विकास र विस्तार सँगै रोजगारीको सृजना गर्ने र नागरिकलाई आत्मनिर्भर बनाउन लोकल मदिराको ब्रान्डिङ गरी व्यवसायिक बनाउन प्रदेश सरकार सँग सम्मोन्य गर्दे अगाडि बढ्ने लक्ष्य लिइएको छ ।

भांगो खेतीलाई विस्तार गर्न कार्यविधि बनाएर अगाडी बढ्ने, कृर्षि, मौरीपालन, तेलहन खेतीलाई उत्पादन वृद्धिका निम्ति आवश्यक कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ती द्धारा प्रस्तुत निती कार्यक्रममा उल्लेख गरिएको छ । बाँदरको आतंक रहेको निसीखोलामा अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय र प्रदेशको साझेदारीमा कृषि हेरालोको व्यवस्था गर्ने उल्लेख गरिएको हो ।

त्यस्तै पालिकाले जेष्ठ नागरिक हेरचाह केन्द्रको व्यवस्थापन मार्फत ज्येष्ठ नागरिकको हित प्रर्वद्धन गर्ने , न्यायिक क्षेत्रलाई थप व्यवस्थित बनाइने, बजार अनुगमनलाई नियमित गर्ने उल्लेख गरिएको हो । अर्नाकोटमा रहेको खानेपानी समस्या समाधानका निम्ति प्रदेश र संघ सरकार संघ सम्मोन्य गर्दे साझेदारीको विकास गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीद्वारा प्रस्तुत गरिएको बजेट वक्तव्य अनुसार वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट ९ करोड १४ लाख, राजश्व बाँडफाँडबाट १० करोड ६९ लाख, सशर्त अनुदान चालु तर्फ २ करोड २० लाख ६६ हजार ६ सय, समपूरक अनुदान ६५ लाख,सशर्त अनुदान पुँजिगत १० लाख, त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान १ करोड १४ लाख ४३ हजार, राजश्व बाँडफाँड ७१ लाख २ हजार, समपुरक अनुदान ६० लाख, बिशेष अनुदान ४० लाख रहेको पाइएको छ ।

त्यस्तै गाउँपालिका तर्फ सञ्चित कोष बाट अनुमानित १ करोड १० लाख, आन्तरिक आय ५० लाख ५० हजार ५ सय रुपैयाँ रहेको पाइएको हो । गाउँसभाबाट अर्थसम्बन्धी विधेयक, बजेट तथा कार्यक्रम संगै निती कार्यक्रम प्रस्तुत गरिएको हो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ती, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षा कर्मी लगायतको उपस्थिति रहेको थियो ।

तमानखोला गाउँपालिकाको निती कार्यक्रम प्रस्तुत :लघु उद्यम देखि कृषि उत्पादनलाई प्राथमिकता ।

0

असार १० गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले सोमबार आर्थिक बर्ष २०८१÷०८२ को निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

“सुखी र समान, समुन्नत तमान” भन्ने मूल नारा सहित पालिकाले आगामी वर्षको निती कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिका अध्यक्ष जोक लाल बुढाले प्रस्तुत गर्नुभएको निती कार्यक्रममा गाउँपालिकाको विकास अव आर्थिक उर्पाजन र रोजगारी सँग रहेको आसय सहित लघु उद्यमका कार्यक्रमलाई प्रोत्साहन, बजारीकरण, सीपमुलक तालिम सँगै लघुउद्यमीलाई सम्मान गर्ने निती लिइएको छ । त्यस्तै पालिकाले कृषकको विकास, बजारीकरण, र उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन र सम्मान गर्न उत्पादनका आधारमा नगद अनुदानलाई प्राथमिकता दिएको हो ।

कृषकको उत्पादन साथमा तमानखोला गाउँपालिकाको अनुदान हातमा भन्ने नारा सहित उत्पादित रैथाने जातका तरकारी, फलफूल, खाध्यान्ह , पशुपक्षीको उत्पादन, अनुदान, तालिम सँगै बजारीकरणमा पालिकाले साथ दिने भएको हो ।

गाउँपालिकाले पालिका भित्रै दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरू लाई रोजगारको सृजना गराउने उद्देश्य स्वरुप १ जना पालिका भित्रका विद्यार्थीलाई एम.बि.बि. एस अध्ययनका लागी पूर्ण छात्रवृत्तिका व्यवस्था गर्ने, १ जना सिभिल इन्जिनियर पढ्ने विद्यार्थीको लागी १ लाख छात्रवृत्ति सँगै गरिब जेहेन्ददार विद्यार्थीका लागी गरिब जेहेन्ददार छात्रवृत्ति कोषलाई निरन्तरता दिने उल्लेख गरिएको छ । त्यस्तै धौलागिरी बहुमुखी क्याम्पस र निसीभुजी जनता क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका १÷१ जना गरिब जेहेन्ददार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको हो ।

प्रविधि यूक्त, बालमैत्री शिक्षा, गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार तमानखोला विकासको चार आधार भन्ने मान्यतालाई आत्मसाथ गर्दे सामुदायिक विद्यालयको शैक्षिक भौतिक गुणस्तर उकास्न पालिकाले महत्वपूर्ण कार्यक्रम लिएको हो ।

प्रत्यक घरघरमा खानेपानीको व्यवस्था गर्ने, हल गोरु पाल्ने कृषकलाई सम्मान गर्ने, गाउँपालिका भित्रका सबै सडक सञ्जाल १२ महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने, पर्यटन प्रर्वद्धन सँगै पालिका भित्रका खेलाडीको विकास क्षमता प्रस्फुटन सँगै सम्मान र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्य स्वरुप गाउँपालिका कप सञ्चालन गर्ने निती कार्यक्रममा उल्लेख गरिएको हो ।

स्वास्थ्य क्षेत्रको विकास सँगै असहाय, विपन्न परिवारको निम्ति निः शुल्क स्वास्थ्य बीमा, जेठ नागरिक सम्मान साथै दतिल, महिला र जनजाति लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नका निम्ति कार्यक्रम र बजेट बिनियोजन गरिएको हो ।

पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद सँगै विकास निर्माणलाई प्राथमिकता दिएको हो ।

तमानखोला गाउँपालिकाको निती कार्यक्रम: लघु उद्यम देखि कृषि उत्पादनलाई प्राथमिकता ।

तमानखोला गाउँपालिकाको बजेट ३१ करोड ६२ लाख ।

0

बुर्तिबाङ असार १० गते
बागलुङको तमानखोला गाउँपालिकाले सोमबार आर्थिक बर्ष २०८१÷०८२ को लागी ३१ करोड  ६२ हजार २५ हजार रुपैयाँ बराबरको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाको दोश्रो गाउँसभाको ५ औँ अधिवेशनबाट गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा क्षेत्रगत रुपमा सामाजिक विकास तर्फ ४ करोड ३२ लाख ५ हजार ६ सय, आर्थिक विकास तर्फ ९७ लाख, ६६ हजार ६ सय , पूर्वाधार विकास तर्फ ३ करोड ९२ लाख ५० हजार, वन वातावरण तथा विपद ३५ लाख ५८ हजार ३ सय र सुशासन तथा संस्थागत विकास तर्फ ३५ लाख  गरी कुल ९ करोड ७४ लाख ८० हजार ५ सय विनियोजन भएको छ ।
स्वास्थ्य तर्फ १ करोड १९ लाख शिक्षा युवा तथा खेलकुद तर्फ २ करोड ४० लाख, सडक तथा यातायात तर्फ ६० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३५ ला रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

विनियोजित बजेट मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ६ करोड ९६ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ७ करोड १२ लाख, संघीय सशर्त अनुदान ११ करोड ६६ लाख ९५ हजार, विशेष अनुदान १ करोड ६० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७० लाख ८६ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ३५ लाख ८० हजार, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख विशेष अनुदान ४० लाख र पालिकाको आन्तरिक राजश्वबाट ३८ लाख संकलन हुने अनुमानित बजेट प्रस्तुत गरिएको हो । 
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न ८ बुँदै प्रस्ताव सर्वसहमती बाट पारित गरिएको छ । 

कार्यक्रममा लेखा समिति संयोजक मन कुमारी बुढाथोकीबाट प्रस्तुत भएको लेखा सम्बन्धी प्रतिबेदन, न्यायिक समिति संयोजक हिराकुमारी छन्त्यालद्वारा न्यायिक समितिको प्रतिबेदन, गाउँपालिकाको आर्थिक ऐन २०८१, विनियोजन ऐन २०८१, आर्थिक बर्ष २०८१÷८२ को निती कार्यक्रम, बजेट कार्यक्रम, आर्थिक बर्ष २०७९÷०८० को बेरुजु नियमित सम्बन्धमा, निर्णय तथा खर्च अनुमोदन र पूर्ण खोप दिगोपना घोषणा सम्बन्धी प्रस्ताव सभाबाट पास गरिएको हो । कार्यक्रममा गाउँसभा सदस्य, पूर्व जनप्रतिनिधि, कर्मचारी, पत्रकार, लगायतको उपस्थिति रहेको थियो । 

तमानखोलामा निःशुल्क स्वास्थ्य शिविर ।

0

असार ८ गते बुर्तिबाङ
बागलुङको तमानखोलामा शुक्रबार निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाको आयोजना ,गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग तथा ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयरमेड , लायन्स क्लब अफ तमानखोलाको व्यवस्थापकिय सहयोगमा महिलारोग सम्बन्धी निः शुल्क शिविर तमानखोला आधारभुत अस्पत्तालमा सम्पन्न भएको हो ।

महिलाहरुको स्वास्थ्य सम्बन्धी समस्यालाई लक्षित गर्दे सञ्चालित शिविरमा २ सय ६८ जना नागरिकले सेवा लिएका छन ।
महिला रोग विशेषज्ञ र रेडियोलोजिष्ट द्धारा महिलाको पाठ्यघरको चेकजाँच, महिला रोग सम्बन्धी चेकजाँच तथा उपचार गरिएको हो ।
सिविरमा ६६ जना महिलाकोे पाठेघरको मुखको जाँच, ५ जना पाठ्ेघर खस्ने समस्या भएका महिलाको रिङ राखेर व्यवस्थापन गरिएको र उनिहरुको अप्रेशन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । त्यस्तै दुई जना पित्त थैलिमा पट्ठरी भएको पाइएको १ जनाको मृगौलामा पट्ठथरी, कलोजोमा जुका परेका २ जना रहेको पाइर्एको छ । अन्यको सामान्य स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको हो । चेकजाँच गराइएका र गम्भिर समस्या रहेका विरामीको थप उपचारका निम्ती अगडाी बढ्न आग्रह गरिएको हो ।

उद्धघाटन सत्रको कार्यक्रम तमानखोला गाउँपालिका अध्यक्ष जोकला बुढाको अध्यक्षता, गण्डकी मेडिकल कलेजका हार्डजोर्नी बिशेषज्ञ तथा प्रमुख डा रविन्द्र श्रेष्ठ, तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत ईश्वरलाल शाक्य, जनप्रतिनिधी लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रम स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले सञ्चालन गर्नुभएको हो ।

शिविरबाट सेवा लिन पाएसंगै स्थानीय नागरिकले खुसि व्यक्त गर्दे घर नजिकैबाट निःशुल्क सेवा लिन पाउँदा आफुहरु खुसी भएको बताएका छन ।