गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न तमानखोला गाउँपालिकाले अनुदान दिने ।

असार १३ गते बुर्तिबाङ

तमानखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषलाई प्रोत्साहन स्वरुप नगद अनुदान उपलब्ध गराउने भएको छ ।

गत असार १० गते प्रस्तुत गाउँपालिकाको निती तथा कार्यक्रममा रैथाने जातका गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदान स्वरुप सम्मान गर्ने उद्देश्य सहित पाँच लाख बजेट समेत विनियोजन गरेको छ ।

बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराएका ले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन यस्तो कार्यक्रम लिइएको तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो । गाउँघरमा गोरु लोपउन्मुख हुन थालेपछि आधुनिक टेलर बढ्दै गएको पाइन्छ ।

कृषि उत्पादनको वृद्धि गर्न, रोजगारीको सृजना गर्न र पर्याप्त मल उत्पादन गर्न समेत गोरु पालन व्यवसाय राम्रो रहेको भन्दै गाउँपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिने गरी यसवर्ष कार्यक्रम ल्याएको हो ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएका ले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको अध्यक्ष बुढाले बताउनु भयो ।

मिनी टेलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको र गोरु पाल्दा वातावरणीय रुपमा समेत फाइदा स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  1. न्युजमा मात्र आधारित नहोस कार्यान्वयन पनि हुनु पर्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित