तमानखोला गाउँपालिका पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा ।

 असार ११ गते बुर्तिबाङ

तमानखोला गाउँपालिकालाई मंगलबार पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।

पालीकामा सम्पूर्ण प्रकृया पुरा गरी १६ महिना देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूलाई पाउनुपर्ने सबै खोपको मात्रा पुरा गरेपछि पालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ तेस्रो संसोधन २०७७ अनुसार आवश्यक खोप तालिका अनुसार सबै खोपको मात्रा बालबालिकालाई दिलाउन सफल भएसँगै गाउँपालिका अध्यक्षद्वारा ब्यानर वाचन गरेर पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नुभएको हो । पालिका भर रहेका ६२६ जना बालबालिकालाई पूर्ण खोपको मात्रा पुरा गरिएका हो । वडा गत तहमा घोषणा अभियान सँगै असार १० गते पालिकालाई घोषणा गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायत कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिले ब्यानरमा हस्ताक्षर गरेर प्रतिबद्धता सहित घोषणा गरेका हुन ।

त्यस्तै पालिकाले शतप्रतिशत गर्भवती महिला नजिकैको स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने संस्थामा शतप्रतिशत वृद्धि भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएसँगै पालिका घोषणाको तयारीमा रहेको पाइएको छ । 

पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना बनाउन सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दे यसलाई दिगो बनाउन सबैले साथ दिनुपर्नेमा गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित