Home Blog Page 82

ढोरपाटन नगरपालिका १ ले बहिष्कार गर्‍यो १५ औँ नगरसभा ।

0


ढोरपाटन नगरपालिकाले शुक्रबार १५ औँ नगर सभाबाट निती कार्यक्रम तथा बजेट ल्याउँदै गर्दा वडा नम्बर १ ले सभामा सहभागिता नजनाई बहिष्कार गरेको छ । आफ्नो वडामा पर्याप्त बजेट बिनियोजन नगरिएको र वडा सदस्यले समेत विरोध जनाएपछि आफूहरू नगर सभामा उपस्थित हुन नसकेको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताउनु भयो । वडा नम्बर १ जनसङ्ख्याको दृष्टिकोणले बढि रहेको र जनअपेक्षा बढि हुँदै गर्दा र वडा नम्बर १ बाट सबै भन्दा बढि राजश्व संकलन हुँदै गर्दापनि संकलित राजश्वको ८० प्रतिशत बराबर पनि वडालाई वार्षिक बजेट विनियोजन नभएका कारण १ नम्बर वडाका सबै जनप्रतिनिधिको सहमतिमा आफूहरू सभामा उपस्थित हुने नसकिएको अध्यक्ष छन्त्यालले बताउनु भयो । उता ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले चित्त नबुझेको कुरामा छलफल र बहस मार्फत अगाडि बढ्नुपर्नेमा सभा बहिष्कार गरेर बस्नु अनुचित रहेको बताउनु भयो । 

ढोरपाटन नगरपालिकाको बजेट ६८ करोड ।

0


असार ७ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को कुल अनुमानित बजेट ६८ करोड ८ लाख ५० हजार ५ सय रुपैयाँ रहेको छ ।

शुक्रबार आयोजित नगरपालिकाको १५ औँ नगर सभामा नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रस्तुत गर्नुभएको नगरपालिकाको बजेट वक्तव्यमा २०८१ माथि प्रस्तुत विवरण अनुसार पालिकाले उक्त परिणाममा बजेट ल्याएको हो ।
चालु तर्फ ४२ करोड २५ लाख ९७ हजार ५ सय र पूँजीगत खर्चतर्फ २५ करोड ८२ लाख ५३ हजार कायम रहने गरि बजेटको निर्धारण गरिएको हो ।

जसमध्ये पालिकाको चालु आवमा मौज्दात हुने अनुमानित रकम ५० लाख, संघीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण बाट प्राप्त हुने समानीकरण अनुदान ९ करोड ९२ लाख, संघीय सरकारबाट बाट प्राप्त हुने विशेष अनुदान ५० लाख, संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदान ४० करोड १६ लाख ५ सय, प्रदेश सरकार अन्र्तगत सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण समानीकरण अनुदान १ करोड २४ लाख ४३ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख, प्रदेशबाट राजश्व बाडँफाँड शीर्षकमा अनुदान ९५ लाख ७ हजार, नगरपालिकाको आन्तरिक आय मालपोत सहित २ करोड ७५ लाख अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

त्यस्तै नगरपालिका व्यय चालु तर्फ १५ करोड ५७ लाख, पुँजीगत तर्फ १० करोड ३५ लाख ५० हजार, संघीय सरकार सशर्त अनुदान चालु तर्फ २६ करोड १८ लाख ९७ हजार ५ सय विनियोजन गरिएको हो । त्यस्तै संघीय सरकार सर्शत अनुदान पुँजीगत तर्फ १३ करोड ९७ लाख ३ हजार, विशेष अनुदान ५० लाख, प्रदेश सरकारबाट विशेष अनुदान ४० लाख, प्रदेशबाट समपूरक अनुदान ६० लाख, नगरपालिका समपूरक कोष ५० लाख रुपैयाँ विनियोजन गरिएको हो ।


नगरपालिकाले लिएको निती कार्यक्रम तथा बजेट सभाबाट पास भएसँगै आगामी असार २७ गते बस्ने सभाले विनियोजन विधयक र अर्थ सम्बन्धी विधयक पारित गरेर अगाडि बढ्ने कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । सबै वडाबाट योजना र कार्यक्रमको अन्तिम डाटा तयार पारेर २७ गते पास गर्ने तयारी रहेको जनाइएको हो । 

ढोरपाटन नगरपालिकाको निती तथा कार्यक्रम: कृषि उत्पादनमा सहयोग देखि बजारीकरणमा जिम्मेवारी लिइने ।

0

असार ७ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाको १५ औँ नगर सभा शुक्रबार सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम अन्तरगत नगरपालिकाले विभिन्न महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकता दिने गरि निती तथा कार्यक्रम प्रस्तुत गरेको हो । 

नगरपालिकाले कृषि क्षेत्रको माध्यमबाट मात्र रोजगारी सँगै आत्मनिर्भर बन्न सकिने मान्यतालाई प्राथमिकता दिएको हो । पालिकाले कृषलाई प्रोत्साहन गर्दे उनीहरू लाई त्यहीँबाट आत्मनिर्भर बनाउने उद्देश्य स्वरुप कृषि पर्यटन अन्तरगत कोसेली घर तथा कृषि फर्म स्टे कार्यक्रम सञ्चालनका निम्ति प्राथमिकता दिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजार सम्म पु¥याउन सहयोग गर्ने र कृषकलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उत्पादनका आधारमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्य लिएको पाइएको छ । 

वडा नंं ६,७,८ र ९ लाई आर्गनिक कृषि उत्पादन क्षेत्र घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाउने, साना व्यवसायिक कृषि उद्योग स्थापना गर्ने, कृषि तथ्यांक संकलन गरी कृषि प्रोफाइल तयार गर्ने, स्थानीय स्तरमा उत्पादित कृषि र मसलेदार बस्तुको प्रर्वद्धन गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ । ४० रोपनी क्षेत्रफलमा फलफूलका बिरुवा विस्तार गर्ने, सिँचाइको व्यवस्था गर्ने लगायतका कार्यक्रम पालिकाले कृषि क्षेत्रमा लिएको छ । पशुपन्छी तर्फ रैथाने जातका पशुपन्छी संरक्षण कार्यक्रम अगाडि बढाउने, पशुपन्छीको न्यनतम मूल्य निर्धारण गरेर बजारीकरणमा सुनिश्चता गर्न पहल गर्ने, निशुल्क कृषि तथा पशु बिमा कार्यक्रम अगाडि बढाउन पहल गरिने लगायतका कार्यक्रम समावेश गरिएको छ । 

पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न पर्यटकीय स्थलको जानकारी सहित मार्गनिर्देशिका प्रकाशित गर्ने, पदयात्रा, ट्रेकिङ, साइकल यात्रा जस्ता गतिविधिलाई प्राथमिकता दिने, पालिका भित्रका ताल तलैया, रिखुवा महखोलाको झरना प्रर्वद्धन तथा संरक्षण गरिने उल्लेख गरिएको छ । सामाजिक विकास तर्फ नगरपालिकाले सबै बालबालिकाहरूका लागी गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षाको अवसर सुनिश्चित गर्ने, उत्तर गँगा माध्यमिक विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पठन पाठन गराउनका निम्ति बजेट विनियोजन गरि कार्यक्रम अगाडि बढाउने, निसीभुजी जनता क्याम्पसको शैक्षिक गुणस्तर उकास्न र व्यवस्थापन गर्न आवश्यक बजेट तथा कार्यक्रम अगाडि बढाउने उल्लेख गरिएको छ । 

स्वास्थ्य तर्फ बोबाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य केन्द्र स्तरको स्वास्थ्य सेवा सहित स्तरोन्नति गर्ने, नगर भित्रका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिलाई लक्षित गर्दे निः शुल्क स्वास्थ्य परिक्षण र औषधि उपचार गरिने निती कार्यक्रममा उल्लेख छ । अशक्त, अपांगता भएका र दीर्घरोगीका निम्ति निः शुल्क स्वास्थ्य बीमा गर्ने, सञ्चार सूचना तथा प्रविधि कार्यक्रम अन्र्तगत नगरपालिकाको सूचना प्रविधिमैत्री बनाउने, डिजिटल प्रोफाइलको रुपमा विकास गर्ने, स्थानीय सञ्चार माध्यमको संस्थागत क्षमता विकास अभिवृद्धिमा सहयोग गर्ने, स्थानीय सञ्चार माध्यमसँग सहकार्य गरी नगरका सूचना ,लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रसारण गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ । 

नगरपालिकाले उद्योग तथा वाणिज्य, पर्यटन, श्रम तथा रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति तथा सम्वर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, सडक तथा यातायात, उद्यम विकास, संस्थागत विकास सेवा प्रवाह र सुशासन जस्ता कार्यक्रमलाई निती कार्यक्रममा समावेश गरिएको हो ।

तमानखोला गाउँपालिकाले विद्यार्थीलाई कुलत तथा दुर्व्यसनीबाट जोगाउन सचेतना फैलाउँदै ।

0

 असार ६ गते

बागलुङको तमानखोला गाउँपालिका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ति कुलत तथा दुर्व्यसनी विरुद्धको सचेतना मूलक सडक नाटक प्रर्दशनी कार्यक्रम सञ्चालन गरिएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, पोखरा थ्रिएटरको प्रस्तुती तथा इलाका प्रहरी कार्यालय बुर्तिबाङको समन्वयमा जनजागृर्ति माध्यमिक विद्यालय र शान्ति माध्यमिक बिधालय खुङ्खानीमा कुलत तथा दुर्व्यसनी विरुद्धको सचेतना मूलक सडक नाटक प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै  धनगौज्वति माध्यमिक विद्यालयमा कार्यक्रम भएको  गाउँपालिकाले जनाएको हो । सानै उमेरमा संगत र लहलहैमा लागेर विद्यार्थीहरू कुलत जस्ता नकारात्मक दुर्व्यसनीमा फस्न सक्ने अवस्थालाई मध्यनजर राख्दै विद्यार्थी समयमै नै सचेत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

विशेष गरि कक्षा ८ देखि १० सम्म पढ्ने बालबालिका कुलत र दुर्व्यसनीमा फस्ने बताउँदै उक्त समयमा विद्यार्थी समेत सचेत बन्नुपर्ने र विद्यालय देखि अभिभावकले उनीहरूको आनीबानी र व्यवहारमा निगरानी राख्नुपर्नेमा वक्ताहरूले जोड दिएका हुन ।

तमानखोला गाउँपालिकाले प्रत्यक बर्ष सचेतना मूलक कार्यक्रम गर्दे आइरहेको पाइएको छ । जनजागृर्ति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष धुव्र शेरचनको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, जिल्ला सम्मोन्य समिति सदस्य , वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, वडा नम्बर १ का थम बहादुर रोका, कार्यपालिका सदस्य हिकमत जक्तपुरी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिक, जनजागृति माविका प्रअ वेद बहादुर बुढा लगायतले मन्तव्य राख्दै कुलत र लागुपर्दाथ दुर्व्यसनले व्यक्ति , परिवार र समाजमा धेरै नकारात्मक असर गरिरहेको बताउँदै त्यसको न्यूनिकरणका निम्ति सबैले ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रम शिक्षक गीता भुसाल खरेलले सञ्चालन गर्नुभएको हो । त्यस्तै वडा नम्बर ५ को शान्ति  माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिला जंग छन्त्यालको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा अध्यक्ष हिरा बहादुर सिर्पाली लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो ।

तमानखोला गाउँपालिकाको ३ वटा वडा पूर्ण संस्थागत सुत्केरी सुनिश्चत र पूर्ण खोप वडा घोषणा ।

0

बुर्तिबाङ असार ३ गते
बागलुङको तमानखोला गाउँपालिकाको ३ वटा वडा पूर्ण संस्थागत सुत्केरी सुनिश्चत घोषणा र पूर्ण खोप वडा दिगोपना कायम रहेको घोषणा गरिएको छ ।
गाउँपालिकाको वडा नं.४,५ र ६ लाई क्रमश पूर्ण संस्थागत सुत्केरी सुनिश्चत गरिएको वडा पूर्ण खोप दिगोपना कायम रहेको घोषणा गरिएको हो ।

वडा नं. ४ मा असार २ गते ,वडा नं. ५ मा आज र वडा नं. ६ मा जेठ ३२ गते घोषणा गरिएको छ ।
आर्थिक बर्ष २०८०÷८१ को तथ्याँक अनुसार वडा नं. ४ मा १९ जना, वडा नं. ५ मा १८ जना र वडा नं. ६ मा १३ जना सबै जना आमाहरु स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको र बालबाबालिका दक्ष स्वास्थ्य कर्मिबाट जन्मिएका र उक्त वडाहरुमा कुनै पनी महिला घरमा सुत्केरी नभएपछि पालिकाले एक कार्यक्रमका विच पूर्ण संस्थागत सुत्केरी सुनिश्चत घोषणा र पूर्ण खोप वडा दिगोपना कायम रहेको घोषणा गरिएको हो ।
३ वटै वडामा नेपाल सरकारको तालिका अनुसार १५ महिना भित्र पाउनु पर्ने खोपको मात्रा पुरा गरेका कारण पूर्ण खोप वडा दिगोपना कायम रहेको घोषणा गरिएको छ ।
तिनवटै वडामा भएका कार्यक्रममा सम्बन्धीत वडाका अध्यक्षको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको विशिष्ठ आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, जनप्रतिनिधी, कर्मचारी, स्थानीय बासीन्दा लगाएतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी जोकलाल बुढाले बोल्दै जनताको आवस्यक र समस्यामा गाउँपालिका नजिक रहेर काम गरिरहेको बताउँदै सबैको चेतनाका कारण पूर्ण संस्थागत सुत्केरी सुनिश्चत गरिएको वडा पूर्ण खोप दिगोपना कायम रहेको घोषणा भइरहेको बताउँदै यस्ता महत्वपूर्ण लक्ष्यलाई पुरा गर्न र दिगो बनाउन अझै सबैको साथ आवस्यक रहेको बताउनु भयो ।

पालिकामा रहेका नागरिकको स्वास्थयका दृष्टिकोणले पालिकाले क्रमिक रुपमा स्वास्थ्य क्षेत्रको विकास गरिरहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्ष लगाएतको मन्तव्य रहेको थियो ।
पालिकालाई यहि असार १० गते पूर्ण खोप पालिका घोषणा र आगामी बर्ष पूर्ण संस्थागत सुत्केरी सुनिश्चत घोषणा गर्ने लक्ष्य लिइएको गाउँपालिका स्वास्थय शाखा सम्योजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

निसीको भल्कोटमा गरियो भूमे पुजा

0

असार २ गते बुर्तिबाङ

बागलुङ निसीखोला गाउँपालिका ५ र ६ का स्थानीयले शनिबार भुमे पुजा अर्थात – नाखा पुजा गरेका छन । मगर समुदायको चर्चित पर्वको रुपमा रहेको भूमे पुजा निसीखोला गाउँपालिका अन्र्तगत निसी र भल्कोटका मगर समुदाय र दलित समुदायले मनाएका हुन । 

प्रकृतिको पुजा गरेमा कृषकले लगाएको अन्नबाली सप्रने, रोग व्याधि नलाग्ने, बाढी पहिरो हुरीबतास लगायत प्राकृतिक विपदबाट जोगिनका निम्ति परापूर्व कालदेखि नै यसरी नाखा पुजा गर्ने गरिएको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्यमान घर्तीले बताउनु भयो । गाउँ नजिकै रहेको भूमि बराह, सिद्ध बराहको पूजा गर्ने गरिन्छ । 

भूमे भन्ने शब्द भूमि अर्थात् जमिनबाट अपभ्रम्सित भएर आएको हो  खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन् हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ।  

बालीनालीमा कीरा नलागोस्, बाढीपहिरोले नोक्सान नगरोस् भनेर भूमि, वनजंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ। मगर समुदायको मुख्य पर्व माघेसङ्क्रान्ति हो, त्यसपछिको पर्व भूमे नै हो। पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको बताइन्छ । 

 समितीको अध्यक्ष तथा तिलाचन युवा क्लबका उपाध्यक्ष बलिभद्र बूढा मगर का अनुसार खेतीपाती गर्दा केही कीरा फट्याङग्रा पनि मरेका हुन सक्छन्। त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ

भूमे पर्वमा मगर समुदायका मूल झाँक्री सहित एक दर्जन झाँक्री  तालमा ताल मिलाएर घण्टी वन्य जन्तुका पखेटा, नाच्छन्। भूमे पूजा भूमिको पुजा हो। गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई जमिन पूजा भनछन लगाएको अन्नबाली राम्रो होस। अन्न को सह सन्टुष्ठी,छिटो नसकिने,कम्तीले पनि धेरै समय पुग्ने होस भनेर भुमिका देवता लाई मान्ने पुजा भुमे थान त्यो समयमा अहिले को मन्दिर जस्तो भव्य नभएर मात्र पातलो खाल को छपनी चेप्टो ढुँगा २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुने गर्दछ। भुमे पुजा बालीनाली मा कीरा नलागोस्, असिना पानी ले नबिग्रोस्

 उत्पादन भएको अन्नको सह होस, अन्नले खान पुगोस भनेर भूमिलाई पूजा गरेको हो । यसका आफ्नै विधिहरू छन अझै चलन मा छन । आफ्नो चलन अनुसार पूजा गरिन्छ र यसको संरक्षणका निम्ति निसीखोला गाउँपालिकाले समेत आवश्यक पहल गरिरहेको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।  

 नजिकै एउटा बाख्रीलाई डोरीले बाँदे दिनभर राखिन्छ जसलाई स्थानीयले धजा अछेता सहित आफ्नो परिवार र खेतीपाती तथा प्रकृतिको विपद नआओस् भन्ने कामना सहित भाकल गर्दर्छन । वनमा पाइने धजापातमा राखेर बाख्राको घाँटीमा दिनभर झुण्डयाउने चलन छ । बाख्रालाई साँझपख विधिपूर्वक झाँक्रीले पुजा अर्चना गरेर बलि दिने चलन रहेको हो ।

छाङ चढाउनु यो पुजा को युनिकता हो। युवाहरूले जौ बाट बनाइएको छाङ मिचेर रस बनाउँछन् त्यसलाई खाने र चढाउने चलन रहेको छ । यो पुजा गर्दा जोख हेरेर झाँक्रीले बन बार्ने चलन पनि रहेको छ । बन बार्दाको दिन कसैले पनि जङ्गल मा गएर दाउरा घाँस गर्न पाउदैन। बन बारेमा र घरघरमा पुगेर झाँक्रीले ढेङग्रो बजाएर भुत प्रेत भएको खण्डमा भगाउने भन्ने चलन रहेको पाइन्छ । 

 यो दिन बिहानै घोक कटुवाल कराउने सबैले सुन्ने गरी सामूहिक सार्वजानिक सन्देश ठुलो स्वर मा कराएर सुनाउने गरिनछ । झाँक्रीले सामूहिक रुपमा विभिन्न विधिबाट आफ्नो कार्य गरिरहेको अवस्थामा सबैलाई हसाउँने र रमाइलो गर्नका निम्ति खुकुई बनाउने गरिन्छ । शरीर भरि कमेरो र मुखमा कालो मासो बनाएर काठको लिंग सहित उफ्रिँदै र अरुलाई विभिन्न अश्लिलता गतिविधि मार्फत रमाइलो देखाउने गर्दछन् ।

यस्तो पर्व आफ्नो पुर्खाहरू देखिनै सुरुवात भएको र आफूहरूले निरन्तरता दिइँदै गएको मुख्य झाँक्री बिर्खमान बुढाले बताउनु भयो । विशेष गरी बूढा मगर समुदायले मनाउने उक्त पर्वमा स्थानीय घर्ती मगर, दतिल समुदायको समेत उपस्थिति रहँदै आएको पाइएको छ ।

 यसलाई जर्गेना गर्न र पुराना संस्कृति लोप हुन नदिनाका वडा कार्यालय मार्फत संरक्षणमा ध्यान दिइएको वडा सदस्य रविन्द्र घर्ती मगरले बताउनु भयो । 

यस्ता पुराना कला र संस्कृति सँग जोडिएको विषयलाई सबैले जर्गेना गर्नुपर्ने र प्रकृतिको पुजा गर्नु आफैमा राम्रो रहेका कारण नयाँ पीडितलाई समेत कला, संस्कार र संस्कृतिको जर्गेना गर्नमा पुस्तान्तरण आवश्यक रहेको स्थानीयको भनाई छ । 

निसीखोलाको भल्कोटमा गरियो भुमे पुजा अर्थात (नाखा पुजा )

0

 

असार २ गते बुर्तिबाङ

बागलुङ निसीखोला गाउँपालिका ५ र ६ का स्थानीयले शनिबार भुमे पुजा अर्थात – नाखा पुजा गरेका छन । मगर समुदायको चर्चित पर्वको रुपमा रहेको भूमे पुजा निसीखोला गाउँपालिका अन्र्तगत निसी र भल्कोटका मगर समुदाय र दलित समुदायले मनाएका हुन । 

प्रकृतिको पुजा गरेमा कृषकले लगाएको अन्नबाली सप्रने, रोग व्याधि नलाग्ने, बाढी पहिरो हुरीबतास लगायत प्राकृतिक विपदबाट जोगिनका निम्ति परापूर्व कालदेखि नै यसरी नाखा पुजा गर्ने गरिएको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्यमान घर्तीले बताउनु भयो । गाउँ नजिकै रहेको भूमि बराह, सिद्ध बराहको पूजा गर्ने गरिन्छ । 

भूमे भन्ने शब्द भूमि अर्थात् जमिनबाट अपभ्रम्सित भएर आएको हो  खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन् हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ।  

बालीनालीमा कीरा नलागोस्, बाढीपहिरोले नोक्सान नगरोस् भनेर भूमि, वनजंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ। मगर समुदायको मुख्य पर्व माघेसङ्क्रान्ति हो, त्यसपछिको पर्व भूमे नै हो। पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको बताइन्छ । 

 समितीको अध्यक्ष तथा तिलाचन युवा क्लबका उपाध्यक्ष बलिभद्र बूढा मगर का अनुसार खेतीपाती गर्दा केही कीरा फट्याङग्रा पनि मरेका हुन सक्छन्। त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ

भूमे पर्वमा मगर समुदायका मूल झाँक्री सहित एक दर्जन झाँक्री  तालमा ताल मिलाएर घण्टी वन्य जन्तुका पखेटा, नाच्छन्। भूमे पूजा भूमिको पुजा हो। गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई जमिन पूजा भनछन लगाएको अन्नबाली राम्रो होस। अन्न को सह सन्टुष्ठी,छिटो नसकिने,कम्तीले पनि धेरै समय पुग्ने होस भनेर भुमिका देवता लाई मान्ने पुजा भुमे थान त्यो समयमा अहिले को मन्दिर जस्तो भव्य नभएर मात्र पातलो खाल को छपनी चेप्टो ढुँगा २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुने गर्दछ। भुमे पुजा बालीनाली मा कीरा नलागोस्, असिना पानी ले नबिग्रोस्

 उत्पादन भएको अन्नको सह होस, अन्नले खान पुगोस भनेर भूमिलाई पूजा गरेको हो । यसका आफ्नै विधिहरू छन अझै चलन मा छन । आफ्नो चलन अनुसार पूजा गरिन्छ र यसको संरक्षणका निम्ति निसीखोला गाउँपालिकाले समेत आवश्यक पहल गरिरहेको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।  

 नजिकै एउटा बाख्रीलाई डोरीले बाँदे दिनभर राखिन्छ जसलाई स्थानीयले धजा अछेता सहित आफ्नो परिवार र खेतीपाती तथा प्रकृतिको विपद नआओस् भन्ने कामना सहित भाकल गर्दर्छन । वनमा पाइने धजापातमा राखेर बाख्राको घाँटीमा दिनभर झुण्डयाउने चलन छ । बाख्रालाई साँझपख विधिपूर्वक झाँक्रीले पुजा अर्चना गरेर बलि दिने चलन रहेको हो ।

छाङ चढाउनु यो पुजा को युनिकता हो। युवाहरूले जौ बाट बनाइएको छाङ मिचेर रस बनाउँछन् त्यसलाई खाने र चढाउने चलन रहेको छ । यो पुजा गर्दा जोख हेरेर झाँक्रीले बन बार्ने चलन पनि रहेको छ । बन बार्दाको दिन कसैले पनि जङ्गल मा गएर दाउरा घाँस गर्न पाउदैन। बन बारेमा र घरघरमा पुगेर झाँक्रीले ढेङग्रो बजाएर भुत प्रेत भएको खण्डमा भगाउने भन्ने चलन रहेको पाइन्छ । 

 यो दिन बिहानै घोक कटुवाल कराउने सबैले सुन्ने गरी सामूहिक सार्वजानिक सन्देश ठुलो स्वर मा कराएर सुनाउने गरिनछ । झाँक्रीले सामूहिक रुपमा विभिन्न विधिबाट आफ्नो कार्य गरिरहेको अवस्थामा सबैलाई हसाउँने र रमाइलो गर्नका निम्ति खुकुई बनाउने गरिन्छ । शरीर भरि कमेरो र मुखमा कालो मासो बनाएर काठको लिंग सहित उफ्रिँदै र अरुलाई विभिन्न अश्लिलता गतिविधि मार्फत रमाइलो देखाउने गर्दछन् । 

यस्तो पर्व आफ्नो पुर्खाहरू देखिनै सुरुवात भएको र आफूहरूले निरन्तरता दिइँदै गएको मुख्य झाँक्री बिर्खमान बुढाले बताउनु भयो । विशेष गरी बूढा मगर समुदायले मनाउने उक्त पर्वमा स्थानीय घर्ती मगर, दतिल समुदायको समेत उपस्थिति रहँदै आएको पाइएको छ ।

 यसलाई जर्गेना गर्न र पुराना संस्कृति लोप हुन नदिनाका वडा कार्यालय मार्फत संरक्षणमा ध्यान दिइएको वडा सदस्य रविन्द्र घर्ती मगरले बताउनु भयो । 

यस्ता पुराना कला र संस्कृति सँग जोडिएको विषयलाई सबैले जर्गेना गर्नुपर्ने र प्रकृतिको पुजा गर्नु आफैमा राम्रो रहेका कारण नयाँ पीडितलाई समेत कला, संस्कार र संस्कृतिको जर्गेना गर्नमा पुस्तान्तरण आवश्यक रहेको स्थानीयको भनाई छ । 

तमानखोला ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा ।

0

बुर्तिबाङ जेठ ३२ गते

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ६ लाई शुक्रबार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । कुनै समय बागलुङ जिल्लामै भौगोलिक रुपमा दुर्गम रहेको उक्त वडाका सबै गर्भवती महिलाहरू अस्पतालमा पुगेर सुत्केरी हुन थालेपछि वडालाई एक कार्यक्रमका बिच संस्थागत सुत्केरी वडा घोषणा तथा पूर्ण खोप वडा सुनिश्चित गरिएको हो ।

स्वास्थ्यका बारेमा ज्ञान राख्ने, विभिन्न समयमा हुने सचेतना मूलक कार्यक्रम र पालिकाले गरिरहेको स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका आधारमा तमानखोला गाउँपालिका प्राय शतप्रतिशत महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन थालेपछि पालिकाले क्रमिक रुपमा सबै वडालाई संस्थागत सुत्केरी वडा घोषणा घोषणा गर्न थालेको हो ।

यस आर्थिक वर्षमा १३ जना महिला सुत्केरी भएकोमा सबै स्वास्थ्य संस्थाबाटै सुत्केरी भएको र १ वर्षमुनिका सबै बालबालीका र आमाको अवस्था समेत राम्रो रहेको पाइएको छ । पालिका भर एकवर्षमा जम्मा एकजना महिला मात्रै घरमा सुत्केरी हुनुभएको स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

शुक्रबार आयोजित घोषणा सभालाई तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाले सम्बोधन गर्दे महिला दिदीबहिनी आफै सचेत हुँदै जानु र घर परिवारले समेत राम्रो साथ दिएका कारण स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुँदै गर्दा आमा र बच्चाको ज्यान सुरक्षित हुनुका साथै मातृ तथा शिशु

मृत्युदरमा शून्यता हुँदै गएको बताउनु भयो । अध्यक्ष बुढाले भन्नुभयो यो जस तमानखोला गाउँपालिका सँगै स्वास्थ्य शाखा, जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवीमा सँगै स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । तमानखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो लगानी गरिरहेको बताउँदै प्रत्यक वर्थिङ सेन्टरमा सुत्केरी प्रतिक्षा घर निर्माण गरी सुत्केरीलाई खान बस्न सहितको व्यवस्था गरिएको बताउँदै सबै नागरिकको पहुँच पुग्ने गरी टोल बस्तीमा समेत स्वास्थ्य इकाई निर्माण गरिएको बताउनु भयो ।

वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो । त्यस्तै शुक्रबारै वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडा नं. ४ र ५ लाई यसै आर्थिक वर्षमा संस्थागत सुत्केरी वडा घोषणा गर्ने र आगामी बर्ष पालिकालाई संस्थागत सुत्केरी पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

संयोजक छन्त्यालले कार्यक्रमको औचित्य, संस्थागत सुत्केरी वडा घोषणा गर्नुको कारण र आगामी चुनौतीका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । गाउँपालिकामा यस आर्थिक बर्षमा ६ सय २३ जना १६ देखि ५९ महिनाका बालबालिकालाई पूर्ण खोप लगाएको छ ।

खोपको मात्रा पुरा गर्ने बालबालिकाको संख्या समेत शतप्रतिशत पुग्न थालेपछि पूर्ण खोप पालिका घोषणाको तयारी समेत अगाडि बढाइएको हो । आयोजित कार्यक्रम वडा सचिव गरिमा हर्मेलले सञ्चालन गर्नुभएको थियो ।

निसीखोलामा भएको निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविरबाट ५० नागरिकले देखे आँखा ।

0

जेठ ३१ गते बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिका ३ मा सञ्चालित निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर बिहीबार सम्पन्न भएको छ ।

शिविरबाट ५९ आँखाको निःशुल्क रुपमा मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।गत जेठ ४ ५ र ६ गते सञ्चालन गरिएको निःशुल्क आँखाको चेकजाँच शिविरमा आँखाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्नेमा छनौट भएका बिरामीको आँखाको शल्यक्रिया मार्फत उपचार गरिएको हो ।

कुल १ हजार ३ सय नागरिकको आँखाको चेकजाँच गर्दा ५९ आँखामा लागेको मोतियाबिन्दुको पहिचान गरि गत जेठ २९ गतेदेखि शल्यक्रिया मार्फत उपचार गरिएको थियो । सहभागि मध्ये ९ जनाको दुबै आँखा र ४१ जनाको एक मात्र आँखाको निःशुल्क रुपमा मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो ।

निसीखोला गाउँपालिका र कर्मफ्लाईट्स फाउन्डेसन नेपालको संयूक्त आयोजनामा सञ्चालित शिविरमा धौलागिरी आँखा अस्पताल बागलुङ,बुर्तिबाङ स्वास्थ्य केन्द्र, हिमालय आँखा अस्पतालको प्राविधिक तथा ग्रामीण स्वास्थ्य सुधार परियोजना फेयरमेड र विवाईसी बागलुङको समेत सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गराइएका नागरिकहरूले लामो समय देखि बन्द रहेको आँखा खोलिदिएकोमा निसीखोला गाउँपालिका, कर्मफलाईट्स फाउन्डेसन लगायत सहयोगी सम्पूर्ण टिमलाई आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यक्रम ल्याउन सुझाब दिएका छन ।

गाउँपालिका र कर्मफलाईट्स मार्फत गत जेठ ४,५ र ६ गते गरिएको निः शुल्क स्वास्थ्य शिविर आँखा जाँच तथा मोतिया बिन्दुको शल्यक्रिया गरी २ हजार ५ सय ९० जना नागरिकले सेवा लिएका हुन । शिविरबाट आर्थिक रुपमा विपन्न तथा रोग लुकाएर बस्दै आएका निसीखोला गाउँपालिका र छिमेकी पालिकाका नागरिकले घरछेउकै शिविरबाट सेवा प्राप्त गरेका हुन ।

विहीबार शिविरको समापन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले निसीखोला गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई महत्वपूर्ण स्थान दिएर लगानी गरिरहेको बताउनु भयो ।

पालिकाले दुई आर्थिक वर्षमा गरि सबै नागरिकलाई निः शुल्क स्वास्थ्य बीमाको दायरामा ल्याएको, नागरिकलाई पायक पर्ने गरि विभिन्न स्थानमा स्वास्थ्य संस्थाको व्यवस्था गरिएको र एम्बुलेन्स सेवा मार्फत अशक्त, जेष्ठ नागरिक र अति विपन्नलाई निशुल्क सेवा प्रवाह गर्दे आइरहेको बताउनु भयो ।

निः शुल्क स्वास्थ्य शिविर गत वर्षपनि सञ्चालन गरिएको र यसवर्ष पनि यहाँका थुप्रै नागरिकले सेवा लिएको बताउँदै जनताको समस्या र आवश्यकतालाई प्रत्यक बर्ष पालिकाले महत्वपूर्ण कार्यक्रमका रुपमा निरन्तरता दिँदै जाने बताउनु भयो । शिविरमा निसीखोला गाउँपालिका सहित छिमेकी पालिकाबाट समेत नागरिकको उपश्थिती रहेको थियो ।

कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ती, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, बरिष्ठ डाक्टर अनिल पराजुली, कर्मफलाईट्स फाउन्डेसनका प्रमुख प्रेम बहादुर कुवँर लगायतले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यक्रमलाई सँगै हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम शिविर संयोजक तथा वडा नं. ३ का अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा भएको हो ।

संयोजक शाहीले बोल्दै शिविर सञ्चालन गर्दे गर्दा यहाँका धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएको बताउँदै निसीखोला गाउँपालिका, कर्मफलाईट्स फाउन्डेसन लगायत विभिन्न सहयोगी दाताहरूले गरेको महत्वपूर्ण भुमिकाका प्रशंसा गर्नुभयो ।  बोहोरा गाउँ स्वास्थ्य चौकी प्रमुख कासिन्द्र शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ढोरपाटन नगरपालिका द्धारा राजनैतिक दलसँग सुझाब माग ।

0

जेठ ३१ गते बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले विभिन्न राजनैतिक दलसँग सुझाब माग गरेको छ । बिहीबार पालिका कार्यालयमा यहाँ क्रियाशील राजनैतिक दलका प्रतिनिधिको उपश्थिती मा आगामी आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम आउनु अगावै दलसँग सुझाब माग गर्ने र राय सुझाबलाई निती कार्यक्रममा समावेश गर्ने लक्ष्य सहित बिहीबार सुझाव संकलन गरिएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

नगरपालिकाको समृद्धि हासिल गर्न सबैको साथ सहयोग र सुझावलाई लिएर अगाडि बढ्न आवश्यक देखिएका कारण राजनैतिक दल सँग राय मागिएको र दलबाट प्राप्त सुझावलाई ग्रहण गर्दे अगाडि बढिने कायतको भनाई छ ।

सहभागि दलका प्रतिनिधिले ढोरपाटनको विकास गर्न र जनताको समस्या आवश्यकतालाई सम्बोधन गर्नका निम्ति बढि भन्दा बढि आवश्यकताका योजनाको छनौट सँगै कृषि, उत्पादन र रोजगारीका विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा सुझाब दिएका छन ।

नेपाली कांग्रेसका विनोद भण्डारी, नेकपा एमालेबाट चिना घर्ती, माओवादी केन्द्रबाट कुलपती सापकोटा, राष्ट्रिय जनमोर्चाबाट निमलाल पाण्डे, नेकपा एकीकृत समाजबादी बाट हरिबहादुर घर्ति, नेकपाको तर्फदेखि हरिबहादुर कुवँर, नेसपा बाट शंकर कुवँर, जसपा बाट गँगा बहादुर घर्ति, नर बहादुर गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागिले ढोरपाटनको पर्यटन मार्फत विकास र आयआर्जनमा जोड्न ढोरपाटनलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने, सालझण्डी ढोरपाटन सडक व्यवस्थापनका निम्ती तदारुकताका साथ सम्बन्धित निकायमा पहल बढाउनु पर्ने, कृषि उत्पादन र बजारीकरणमा नगरपालिकाले वास्तविक कृषकको पहिचान गरी अनुदान, तालिम सँगै बजारीकरणमा सहयोग गर्नुपर्ने, खानेपानी पहुँचको अभाव रहेका बस्तीमा खानेपानीको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

त्यस्तै ढोरपाटनमा शान्ति सुरक्षाका निम्ति थप प्रहरी व्यवस्थापन गर्नुपर्ने, सिकार आरक्ष र नेपाली सेनाले नागरिकलाई ढोरपाटन जाँदै गर्दा कर तिराउने  दुख दिने गरेका कारण त्यसलाई रोक्न पहल गर्नुपर्ने सुझाब दिएका हुन ।

नियमित बजार अनुगमन, स्वास्थ्य क्षेत्रको विस्तार र विकास, निसीभुजी जनता क्याम्पसको व्यवस्थापन लगायतका क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

त्यस्तै नयाँ शहर आयोजनाको काम गुणस्तर हीन रहेको र नगरपालिका र नयाँ शहर आयोजना बिच समन्वय नभएका कारण त्यसलाई नगरपालिका मातहतमा रहने गरि व्यवस्थापन गर्न सुझाब दिएका छन । सहभागिबाट दिइएको सुझाब र सल्लाहलाई आफूहरूले आत्मसाथ गरेर अगाडि बढिने कार्यवाहक मेयर कायतको भनाई थियो ।